अपराध
छात्रा हत्यामा संलग्नताको आशङ्कामा सहपाठीसहित २ जना पक्राउ
धरानः आज बिहान उदयपुरको बेलका नगरपालिका–३ मा भएको कविता सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले कविताकै कक्षामा पढ्ने छात्रा र उनका दाजुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार बियरको बोतल र ढुंगा प्रहार गरेर हत्या गरेको देखिएको छ । पक्राउ पर्ने अर्की छात्रा १७ वर्षीया हुन् भने उनका दाजु १९ वर्षीय रहेका छन् । १९ वर्षीय किशोर भने अर्कै विद्यालयका विद्यार्थी भएको बताइएको छ ।
मृतकलाई आज बिहान फोन गरेर झिसमिसेमै विद्यालय जान बोलाउने अर्की छात्राबीच मनमुटाव रहेको र सोही मनमुटावले प्रतिशोधको रुप लिँदा दाजुको सहायतामा हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनामा प्रयोग गरिएको वियरको बोतलको टुक्रा र ढुङ्गा पनि बरामद गरेको छ । परिवारकी कान्छी छोरी कविता कम बोल्ने स्वभावकी र कसैसँग झगडा गर्ने स्वभावकी नभएको विद्यालयले जनाएको छ ।
कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान यसोदा खोला किनारमा हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
Facebook Comment
Banner
फिफा विश्वकप २०२६ : कुन टोली कुन समूहमा ?
२३औँ संस्करणको फिफा पुरुष विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदैछ।
तीन राष्ट्रले आयोजना गर्न लागेको उक्त विश्वकपमा अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा विश्वकप हुनेछ। क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा खेलहरू हुन्छ। ३९ दिने प्रतियोगितामा ४८ राष्ट्रहरूले सहभागिता जनाउँदै छन्।
३२ वर्षपछि उत्तर अमेरिकाले विश्वकप आयोजना गर्न लागेको हो। तीन देशको १६ रगंशालमा १०४ खेलहरू आयोजना हुने छन्।
फिफा विश्वकपको उद्घाटन खेल मेक्सिककाे सिटीमा रहेको एस्टाडियो एज्टेका रगंशालमा हुनेछ भने विश्वकपको फाइनल खेल अमेरिकाको न्यूयोर्कमा रहेको मेटलाइफ स्टेडियममा हुनेछ।
यस्तो छ समूह
यस पटक कुल ४८ राष्ट्रले विश्वकपमा सहभागिता जनाइरहँदा टोलीहरूलाई १२ समूहमा विभाजन गरिएको छ, जहाँ हरेक समूहमा कुल ४ टोली रहेका छन्। समूह ‘ए’मा आयोजक मेक्सिकोसहित दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिका रहेका छन्।
त्यस्तै, समूह ‘बी’मा आयोजक क्यानडा, बोस्निया हर्जगोभिना, कतार र स्विट्जरल्याण्ड रहेका छन्। समूह ‘सी’मा ब्राजिल, मोरक्को, हैटी र स्कटल्याण्ड रहँदा समूह ‘डी’मा आयोजक अमेरिका, पाराग्वे, अष्ट्रेलिया र टर्की रहेका छन्।
त्यस्तै, विश्वकप खेल्ने समूह ‘इ’मा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन्। समूह ‘एफ’मा नेदरल्याण्ड्स, जापान, स्वीडेन, र ट्युनिसिया रहेका छन् भने समूह ‘जी’मा बेल्जियम, इजिप्ट, इरान, र न्यूजील्याण्ड छन्।
त्यस्तै, समूह ‘आइ’मा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन्। समूह ‘जे’मा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन्। समूह ‘के’मा पोर्चुगल, कंगो, उज्वेकिस्तान र कोलम्बिया रहेका छन् भने समूह ‘एल’मा इङ्गल्याण्ड, क्रोएसिया, घाना र पानामा रहेका छन्।
फिफा विश्वकप २०२६ को फर्म्याट कस्तो छ?
फिफा विश्वकपमा एक समूह चरण र फाइनल अघि चार नकआउट राउन्डहरू हुने छन्। अघिल्ला संस्करणहरू भन्दा फरक नकआउटहरू राउन्ड अफ ३२ बाट सुरु हुने छ, त्यसपछि राउन्ड अफ १६, चार क्वार्टरफाइनल र दुई सेमिफाइनलहरू हुने छन्। जहाँ समूह चरणका खेलहरू जुन ११ जुन २७ सम्म हुनेछ। राउन्ड अफ ३२ का खेल जुन २८ देखि जुलाई ३ सम्म खेलिनेछ।
त्यस्तै, राउन्ड अफ १६ का खेलहरू जुलाई ४-७ जुलाईसम्म हुनेछ भने क्वार्टरफाइनलका खेलहरू जुलाई ९-११ जुलाईसम्म हुनेछ। त्यस्तै, फिफा विश्वकपको सेमिफाइनल जुलाई १४-१५ मा हुन्छ। त्यस्तै, तेस्रो टोलीका लागि खेल जुलाई १८ मा हुनेछ भने यस वर्षको फिफा विश्वकपको फाइनल जुलाई १९ मा हुनेछ।
फिफा विश्वकपको साविक विजेता अर्जेन्टिना हाे।
Banner
आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल
आज २०८३ साल वैशाख २३ गते बुधबार । जेठ कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ।
वृष : धन प्राप्ति हुने दिन छ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्त र साथीको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मन शान्त बन्नेछ। गोप्य कुरा आफूभित्र मात्र राख्नु उचित हुनेछ।
कर्कट : आफ्ना बोलीका कारण बन्न लागेको काम बिग्रिन सक्छ। सोचेर बोल्नु पर्नेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
सिंह : मन खुशी हुनेछ। सोचेका काम बन्नेछन्। शत्रु बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा हरेक काममा सफलता मिल्नेछ।
कन्या : राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्तको मौका मिल्नेछ। कृषि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
तुला : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। महत्त्वपूर्ण काम गर्नु अगाडि सामूहिक निर्णय गर्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
विश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नेपर्ने दिन छ। नयाँ खबरले मनमा उत्साह थपिनेछ। आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा मन जानेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा सम:या आइपर्न सक्छ।
मकर : दिन सामान्य छ। मन अशान्त र खटपटी बढ्ने जोखिम छ। विपक्षी साथीको आवाज चर्को बन्दै जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।
कुम्भ : मनमा खुशी मिल्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मीन : दिन राम्रो छ। विकासमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले तपाईंलाई सहयोग गर्नेछन्। खानपानमा सम:या हुँदा स्वास्थ्यमा सम:या हुनेछ।
Banner
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।
दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।
अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।
प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login