Connect with us
Advertisement

केराबारी वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

विराटचोकः केराबारी गाउँपालिका वडा नम्बर ७ को सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । वडा नम्बर ७ का अध्यक्ष नारायणकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले वडाका विभिन्न विषयका जिज्ञासा जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग राखेका थिए ।

वडावासीमार्फत् आएका जिज्ञासा र कार्यक्रममा उपस्थित सहभागीले सोधेका जिज्ञासाको जवाफ, वडाध्यक्ष राई, दलित महिला सदस्य रेखा बिक, महिला सदस्य विमला तामाङ, वडा सचिव सिर्जना तामाङ, सामुदायिक स्वास्थ्य इकाइ प्रमुख बालकुमारी चालिसेलगायतले दिएका थिए ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै वडाध्यक्ष राईले टोल विकास संस्थालाई अधिकारसम्पन्न बनाउने, शैक्षिक गुणस्तर सुधार्न विद्यालयका समस्याको बारेमा जानकारी लिई पूरा गर्न कदम चाल्ने, किसानको हितअनुकूलका कार्यक्रम सञ्चालन गर्नेलगायतका काम वडाले गर्न पहल गर्ने बताए ।

कार्यक्रममा वडा सचिव सिर्जना तामाङले चालु आर्थिक वर्षमा वडाले सम्पन्न गरेका र सम्पन्न हुन बाँकी रहेका योजनाको बारेमा जानकारी दिएकी थिइन् । चालु आर्थिक वर्षमा वडामा जम्मा ५५ लाख ८५ हजार रुपैयाँका आयोजना सम्पन्न भएको उनले जानकारी दिइन् ।

महिलाको लागि सीप विकास, नेतृत्व विकासलगायतका काम हरेक वर्ष भइरहेको वडा सदस्य विमला तामाङले बताइन् । हालै ४० जना महिलालाई सीपमूलक तालीम दिइएको उनले बताइन् ।

वडामा दलित तथा जनजातिलक्षित विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भइरहेको दलित महिला सदस्य रेखा बिकले बताइन् । उनका अनुसार न्यून आय भएका दलितहरुलाई सिलाइ मेसिन तथा आरन मेसिन वितरण गरिएको उनको भनाइ थियो । बाख्रापालन गर्ने दलित तथा गैरदलितलाई बाख्राका पाठा वितरण गर्नुका साथै वडाका महिलाहरुलाई समेटेर उद्घोषण तालीम पनि हालै दिइएको उनको भनाइ थियो ।

सेवाग्राहीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा सामुदायिक स्वास्थ्य एकाइ प्रमुख चालिसेले मन्त्रालय तथा विभागबाट आउने औषधीको स्वास्थ्य संस्थामा अभाव हुने गरेको जानकारी दिइन् । जीवनजल, सिटामोल, दमको औषधीलगायतका औषधी यस्ता औषधीमा पर्ने उनको भनाइ थियो । कुनै औषधी १ वर्षदेखि नै अभाव रहेको उनले बताइन् । गाउँपालिकाको स्वास्थ्य शाखाले खरीद गर्न नमिल्ने औषधी मन्त्रालय तथा विभागले नपठाइदिँदा समस्या हुने गरेको उनले सुनाइन् ।

कार्यक्रममा लालबहादुर बस्नेत, शेखर बराल, युवराज राई, पुण्डरी सुवेदी, टेकबहादुर थापा, महेश्वरी तामाङ, शोकबहादुर बस्नेत, पर्शुराम बराल, डम्बरु बराल, कमल चौलागाईँलगायतले जिज्ञासा राखेका थिए ।

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको आयोजनामा भएको कार्यक्रममा वडाका विभिन्न विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्था, सामुदायिक वन, खानेपानी उपभोक्ता समिति, सामुदायिक स्वास्थ्य इकाइका प्रतिनिधि तथा वडावासीको सहभागिता थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक