Connect with us
Advertisement
Advertisement

लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीले सुन्दरहरैंचाको विद्यालयमा बनाइदियो चमेना गृह

Published

on

विराटचोकः लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडी शाखाले सुन्दरहरैंचा–९ मा रहेको श्री राम आधारभूत विद्यालयमा चमेना गृह निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमका बीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सो चमेनागृहको उद्घाटन गरेका छन् । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा लायन्सका ३२५ ए वान डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज कार्की, प्रधानाध्यापक दिलराज श्रेष्ठ, लायन्सकर्मी नागेश पोखरेल, श्रमिक महिला समूह बेलबारीका अध्यक्ष नितु थापा कोइराला, चाँदनी महिला समूहका अध्यक्ष देवी पौडेल, लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष रोहित शाह लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले लायन्स र जेसीजजस्ता सामाजिक संस्थाले विकास निर्माणमा चासो दिनुका साथै सामाजिक सेवामा पनि क्रियाशील हुने गरेको बताए । पूर्व जेसीजकर्मी ढकालले सामाजिक सेवामा लाग्न पाउँदा आफूलाई पनि खुशी लाग्ने बताए । सामाजिक संस्थासँग भएको शक्ति अरुभन्दा बलियो हुने उनको भनाइ थियो ।

कार्यक्रममा लायन्स डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्की, असाइन जोन चेयर पर्सन निर्मला चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगराज कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडी वर्ष २०२१÷२२ की अध्यक्ष नीता शर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’ भन्ने मान्यताका साथ आफूले काम गरिरहेको उनले बताइन् । आफ्नो जन्म क्षेत्रमा केही काम गरौँ भनेर चमेना गृहको निर्माणमा आफूले सहयोग गरेको उनको भनाइ थियो । सरकारले विद्यालयमा दिएको दिवा खाजा खाने ठाउँको अभावमा विद्यार्थीले रुखको छहारीमा उभिएर खाजा खाएको देखेपछि आफूले चमेना गृहको कल्पना गरेर निर्माण कार्य अघि बढाएको र सबैको सहयोगमा आफू सफल भएको बताइन् ।

कार्यक्रमको सञ्चालन क्रिएटिभ लेडी वर्ष २०२१÷२०२२ की सचिव स्मृति सापकोटा भट्टराईले गरेकी थिइन् ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनप्रतिनिधिज्यूहरूलाई बधाई, शुभकामना र सल्लाह

Published

on

एनपी भण्डारी

२०७९ सालको स्थानीय तहको चुनावको अन्तिम मत परिणाम आइसकेको छ । नयाँ जोश र जाँगरसहित जनप्रतिनिधिहरू गाउँपालिका र नगरपालिका भवनका कोठाहरूमा प्रवेश गर्दै हुनुहुन्छ । सर्वप्रथम नव निर्वाचित पालिका प्रमुख, उपप्रमुख लगायत सबै जनप्रतिनिधिज्यूहरूलाई बधाई तथा पाँच वर्षे कार्यकालको धेरै धेरै शुभकामना ।

यो समय शुभकामना र बधाई बटुल्ने समय पनि होला । बधाई र शुभकामनाको थाम्नै नसक्ने गरी ओईरो लागिरहेको होला । तपाईं व्यस्त हुनुहुन्छ होला, रमाईरहनु भएको हुन सक्छ, सगुन खाँदै हुनुहोला, मन खुसी नै छ होला । तर तपाईंको जीवनको वास्तविक परीक्षा भने अब शुरु हुँदैछ भन्ने त अवश्य नै थाहा होला ।
आफ्नो गाउँ र नगरका सम्बन्धमा हजुरहरूलाई राम्रो जानकारी छैन होला त भन्नै मिल्दैन । तर कुनै एक पालिकाको बासिन्दा भएका कारण तपाईँका समयावधिमा हुने काम व्यवस्थित हुन सकून् भन्ने शुभकामना दिन मन छ । त्यसैले पुनः एकपल्ट दोस्रो शुभकामना छ ।
शुभकामनासँग चिन्ता पनि जोडिएका छन् । हाम्रो चिन्तालाई अस्वभाविक रूपमा नलिइदिनु होला । तपाईंले जीत निकाल्दै गर्दा हामीलाई पनि कौतुहलता बढेको मात्र हो । भावना छचल्किन खोजेका छन् । उब्जिएका भावना गुम्स्याएर राख्नु भन्दा समयमा नै प्रतिनिधि समक्ष सुझावको रूपमा तपाईं र दर्शक सामु राखिदिनु उचित ठान्छु । फुर्सद मिलाएर पढ्नु होला भन्ने विश्वास छ । त्यसैले हजुरहरूलाई केही बुँदागत सुझाव वा सल्लाह जे छन् राख्न चाहन्छुः

(१) तपाईं पारदर्शी बन्नुहोला भन्ने सल्लाह चढाउन मन लागेको छ । जनप्रतिनिधि पारदर्शी भएनन् भन्ने जनताका गुनासा छन् । त्यसैले, पारदर्शिताका लागि तपाईँले जतिसक्दो छिटो आफ्नो सम्पत्ति स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ । तपाईं आफैँ सार्वजनिक मानिस भइसक्नु भयो । तपाईंको सम्पत्ति कति छ भनेर जनताले थाहा पाउनुपर्छ । अनि पाँचवर्षे कार्यकाल समाप्त भएका दिन पनि सम्पत्ति सार्वजनिक गर्ने प्रतिबद्धता गर्नुपर्छ । यसबाट तपाईंले कमाउनुभयो कि जनताका सेवामा काम गर्नु भयो भन्ने कुरा जनताले तुलना गरेर हेर्न सक्नेछन् । यही बिन्दुमा चुक्नुभयो भने सुरुआत नै खल्लो हुन पुग्छ र हाम्रा शुभकामना खेर जान सक्छन् ।

(२) धेरै जनप्रतिनिधि उनका गलत र खराब सल्लाहकारले बिगारेका छन भन्ने देशव्यापी गुनासा छन् । जनताका प्रतिनिधि वरिपरि घुम्ने ठेकेदारले नेता बिगार्छन् भन्ने गुनासा बहुत छन् । त्यसैले, हाम्रो अनुरोध छ सल्लाहाकार र योजनाकार असल भन्दा असल र अब्बल भन्दा अब्बल छनोट गर्नुहोला ।
(३) तपाईंले नेतृत्व गर्ने गाउँ वा नगरले योजनाबद्ध विकास खोजेको हुनुपर्छ । त्यसका लागि गुरुयोजना महत्वपूर्ण हुनेछ । गुरुयोजना छैन भने त्यो विषय तपाईंको प्राथमिकतामा आउनुपर्छ । गुरुयोजना नै सुन्दर भविष्यका लागि राजमार्ग हो । गुरुयोजना विना व्यवस्थित विकास हुँदैन भन्ने थाहै होला । विज्ञहरू प्रयोग गरी बृहत गुरुयोजना बनाउनुहोला । यसैबाट तपाईंको नगरी अरु गाउँ नगरीसँग र संसारकै नगरहरूसँग पनि दाँजिने छ । गुरुयोजनाका लागि देशविदेशबाट सुझाव आउनेछन् । तपाईंको यो योजनाले नै आफ्नो नगरी न्युयोर्क, पेरिस, हङकङभन्दा विशिष्ट छ, उत्तम र भिन्न छ भनेर जनाउनेछ । यो विषयलाई हलुका नलिइदिनुहोला ।

(४) तपाईंले घोषणापत्रमा गर्छु भनेका कुरालाई पूरा गर्नै पर्छ । तपाईंले पूरा गर्ने वाचा पनि गर्नुभएको छ । त्यसैले घोषणापत्रका सवाललाई प्राथमिकीकरण (१,२,३) गरेर रणनीतिक र नगरको वार्षिक योजनामा ढाल्नुहोला । विपक्षीका घोषणापत्र अध्ययन गर्नु, गराउनु होला । त्यहाँ पनि राम्रा काम गर्ने भनिएका होलान् । तिनीहरूलाई पनि योजनामा समेट्नु भएमा विपक्षी पनि खुसी हुनेछन् नगर पनि राम्रो बन्दै जाला भन्ने लाग्छ ।

(५) वडाहरूको पनि पञ्चवर्षे र वार्षिक योजना बनाउन लगाउनुहोला ।
(६) दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजनामा बजेट लगाउनुहोला ।
(७) हरेक वडाका गौरव होलान्, चिनारी होलान् । वडा चिनाउने योजनामा खर्च गर्नुहोला । तपाईंले पछि कार्यकाल सकिँदै गर्दा देखिने तिनै कुरा हुनेछन् ।

(८) शिक्षा र स्वास्थ्यका कुरा होलान् तर कम्तीमा पनि वर्षमा २ ओेटा जीर्ण भएका विद्यालयलाई नमुना बनाउनुहोला । शिक्षा र शिक्षकका सवाल बुझ्नुहोला । बाल कक्षामा पढाउने शिक्षक र विद्यालयमा दरबन्दी बुझ्नुहोला । राहत र अस्थायी शिक्षक कसरी पढाउँदै छन् बुझ्नुहोला । फुङ्ग उडेका विद्यालयलाई रङ्गीन बनाउने योजना दिनुहोला ।

(९) महिला कर्मचारीलाई महिनावारीको समयमा कम्तीमा पनि महिनामा १ दिन र सकिन्छ भने २ दिन बिदा दिनुहोला । यो काम नयाँ र तपाईंको हुनेछ । महिला कर्मचारी खुसी हुनेछन् पुरुष खुसी नहुने कुरै भएन ।
(१०) नगरमा क्याम्पस भए विश्वविद्यालय बनाउने आधार दिनुहोला । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने बन्दोबस्त मिलाउनुहोला ।
(११) युवा जागेको देख्नुभएकै छ । बेरोजगार युवा र खेलकुदप्रेमी युवालाई उनीहरूको योजनाका आधारमा कार्यक्रम बनाउने गर्नुहोला । विनाधितो ऋण दिन सकिन्छ होला ।
(१२) युवा रोजगारीका लागि स्रोत जुटाउन लाग्नुहोला । तपाईंको योजना भए स्रोत भेटिन्छ । योजनै छैन भने स्रोत भेटिँदैन ।
(१३) आदिवासी जनजाति, मुस्लिम, दलित, अल्पसंख्यक, मधेसी होलान् । उनीहरूको भाषा संस्कृति संरक्षण गर्ने योजना गर्नुहोला ।

(१५) कम्तीमा पनि २ महिनामा १ पटक गाउँ तथा नगरवासीको बस्तीमा छिर्नुहोला । उनीहरू तपाईंसँग खासै धेरै केही पनि चाहँदैनन् जस्तो लाग्छ तर तपाईँलाई दुखेसो राख्न चाहन्छन् । सक्नुहुन्छ भने एकछाक जनताको घरमा खाना खाने कार्यक्रम राख्नुहोला ।
(१६) किसानलाई सबैले कपटपूर्ण, पूरा नहुने आश्वासन बाँड्छन् । तपाईंले पनि त्यही गर्नु भएको छ भने भन्नु केही छैन तर मेरो विचारमा जोत्ने जमिन किसानको पहिलो आवश्यकता माटोको परीक्षण हो । उनीहरूको माटो उनीहरूलाई नै चिनाइदिनुपर्छ । सधैँ मल र बिजन नपाएर किसान छटपटिन्छन् । कीटनाशक औषधी, बिजन र मलका कुरा सबैले गरेका छन् तर सजिलो देखिन्न । इन्डियामुखी मल छ । मल उत्पादन आफँै गर्न कतिपय नगरले गरेका छन् भन्ने सुनिएको छ । तपाईंले पनि त्यो विधि अपनाउन जरुरी छ ।
(१७) बासिन्दाले धारामा पानी झरोस् भन्ने चाहेका छन् । तपाईंको पालामा काकाकुल नगर बन्दा हामी खुसी हुनेछैनौँ शुभकामनाको अर्थ हुने छैन ।
(१८) विकासमा कुनै पूर्वाग्रह हुँदैन । यसअघि थालनी भएका दीर्घकालीन योजनाका कार्यलाई निरन्तरता दिनुहोला ।
(१९) अब्बल तर आर्थिक रुपमा कमजोर विद्यार्थीलाई लगानी गरी नगरमा डाक्टर उत्पादन गर्नुभयो भने जनताले राम्रै मान्लान् ।
(२०) अन्तराष्ट्रिय नगरसँग भगिनी सम्बन्ध स्थापना गर्नुभयो भने लगानी र नवीन तरिका आउला भन्ने लाग्छ ।
(२१) सुकुम्बासी बस्तीबाट भोट लिन निकै प्रयास गर्नुभयो नै होला । सुकुम्बासी बस्ती हँसाउने कार्यक्रम दिनुहोला । रासन कार्ड दिन सकिन्छ कि ? इन्डकसन चुलो दिन सक्नुहुन्छ कि ? कार्यक्रम बनाएर लगानीकर्ता खोज्ने हो कि ?
यी र यस्तै अरु पनि धेरै सुझाव थिए तर सबै यस पानामा नअटाउने भए । त्यसैले धेरै लेखिनँ, फेरि पनि भावना पोखिन लागेँ भने अरु सुझाव टक्र्याउँला नत्र कतै कोरेर कुनामा राखौँला । चुनाव जित्नुभएकोमा पुनः बधाई र शुभकामना छ, तपाईंको कार्यकाल सफल रहोस् । उही तपाईँको शुभचिन्तक ।

Continue Reading

Banner

मध्याह्न्नपछि हावाहुरी र मेघगर्जनसहित पानी पर्ने, प्रि–मनसुन अन्तिम चरणमा

Published

on

काठमाडौंः आज मध्याह्न्नपछि मौसम बद्ली भई देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रि मनसुन अन्तिम अन्तिम चरणमा आइपुगेको छ । यस पटकको मनसुनमा सरदरभन्दा धेरै नै पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । यस्तो छ आगामी ३ दिनको मौसमको पूर्वानुमानः

Continue Reading

Banner

बजेट सुझाव संकलनका लागि प्रदेश मन्त्री जिल्लाजिल्लामा

Published

on

विराटनगरः आगामी आर्थिक वर्षको बजेटको तयारीका लागि प्रदेश १ का मन्त्रीहरु जिल्लाजिल्लामा पुगेका छन् ।

स्थानीय तहको सुझाव र योजना संकलनका लागि मन्त्रीसहितको टोली जिल्ला जिल्लामा पुगेको हो । १३ वटा जिल्लामा मन्त्री र एउटा जिल्लामा योजना आयोगका उपाध्यक्ष गएका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार आगामी आर्थिक वर्षका लािग प्रदेश १ सरकारले ३६ अर्ब हाराहारीको बजेट ल्याउँदैछ ।

आज १४ वटै जिल्लाका सदरमुकाममा कार्यक्रम राखिएको बताइएको छ । योजना तर्जुमा छलफलमा जिल्लास्थित स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित कार्यालयका प्रमुख र सरोकारवाला सहभागी हुने भएका छन् ।

मन्त्री र योजना आयोग उपाध्यक्षसहितको टोलीले संकलन गरेको सुझावलाई प्रदेश योजना बैंकमा राखेर प्राथमिकताका आधारमा बजेट विनियोजन गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले जेठ १६ गतेबाट प्रदेशको अन्तिम तथा बजेट अधिवेशन बोलाएको छ ।

कुन जिल्लामा कुन मन्त्री पुगे ?
ताप्लेजुङः सामाजिक विकास मन्त्री राजन राई,
पाँचथरः पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बू,
इलामः योजना आयोगका उपाध्यक्ष पूर्णकुमार लोक्सम,
झापाः खानेपानी सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राई,
संखुवासभाः वन वातावरण तथा भू संरक्षण मन्त्री शेखर थापा
तेह्रथुमः सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाङ्फे
धनकुटाः उद्योग श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गाम,
भोजपुरः सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की,
सुनसरीः भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी,
मोरङः मुख्यमन्त्री राजेन्द्र राई,
ओखलढुंगाः स्वास्थ्य मन्त्री जयराम यादव,
सोलुखुम्बुः सञ्चार तथा यातायात मन्त्री उपेन्द्र घिमिरे,
खोटाङः कृषि मन्त्री झलकबहादुर मगर ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक