Connect with us
Advertisement

सुन्दरहरैंचामा बन्यो विश्वमै ज्योतिषीको पहिलो प्रशासकीय भवन, नवग्रह अध्ययन केन्द्रको रुपमा विकास गरिने

Published

on

विराटचोकः नेपाल ज्योतिष परिषद्को प्रदेश कार्यालय भवन उद्घाटन गरिएको छ । सुुन्दरहरैंचाको वडा नम्बर ५ मा रहेको भवनको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र परिषद्का संस्थापक केन्द्रीय अध्यक्ष डा. लोकराज पौडेलले संयुुक्त रुपमा उद्घाटन गरे । सो भवन विश्वकै ज्योतिषीहरुको पहिलो कार्यालयीय भवन भएको बताइएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै परिषद्का प्रदेश उपाध्यक्ष बाबुराम निरौलाले नवनिर्मित भवनसँगै रहेको जग्गामा थप भवन बनाइने बताए । ४ तले सो भवन नवग्रह अध्ययन केन्द्रको रुपमा विकास गर्ने गरी गृहकार्य शुरु गरिएको बताए । असारभित्रै सो भवनको लागि डीपीआर निर्माण गरेर काम शुरु गर्ने तयारी परिषद्को प्रदेश कार्यसमितिले गरेको उनले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर ढकालले आफ्नो कार्यकालमा सामुदायिक स्तरका ३० वटा भवन बनेको बताए । सुन्दरहरैंचाले धार्मिक, आध्यात्मिक आस्थाका कार्यक्रम र योजनाका लागि बजेट विनियोजन गर्न कुनै कञ्जुस्याइँ नगरेको बताए । भवन निर्माणका लागि १० लाख रुपैयाँ नगरपालिकाले विनियोजन गरेको उनले सुनाए । आफू तीन तिहाइ अल्पमतमा हुँदा पनि कार्यपालिकाका सबैको चित्त बुझाएर काम गरेको बताउँदै कसैले ‘नोट अफ डिसेन्ट’ लेख्नुपर्ने गरी कुनै निर्णय नगरिएको जनाए ।

परिषद्का संस्थापक अध्यक्ष डा. पौडेलले ज्योतिष परिषद्को पहिलो भवन मोरङ जिल्लामा बनेको बताउँदै भवन निर्माणको लागि जागरुक बनेको प्रदेश समितिलाई धन्यवाद दिए । परिषद्ले २०६३ सालमा सम्मेलन गर्न तत्कालीन सरकारबाट लिएपछि सुन्दरहरैंचाले परिषद्को लागि ठूलो रकम विनियोजन गरेको बताए ।

अब ज्योतिषीले पनि वडामा दर्ता भएर पान नम्बर लिएर कर तिर्ने बानी बसाल्नुपर्ने बताए । ज्योतिषीले कर नतिरेको आरोप लाग्ने गरेको जनाउँदै अब लाइसेन्स लिएर दर्ता भएर आधिकारिक रुपमा ज्योतिष पेशा अपनाउनुपर्ने गरी काम अघि बढाइरहेको उनले बताए । विश्व ज्योतिष महासंघको भवन नेपालमै बनाउने गरी काम भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा परिषद्का झापा अध्यक्ष चन्द्रमणि मगर, भोजपुर उपाध्यक्ष रमेश सुवेदी, धनकुटा अध्यक्ष हरि भण्डारी, मोरङ अध्यक्ष राजेन्द्र ढकाल, सुनसरी अध्यक्ष दधिराम बाराकोटी, केन्द्रीय सह महासचिव सीताराम सोम लुुइँटेल, केन्द्रीय सहसचिव प्रेमसागर घिमिरे, केन्द्रीय सदस्य कमल दाहाललगायतले आफ्नो भनाइ राखेका थिए ।

परिषदका प्रदेश अध्यक्ष विश्वप्रकाश लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष राम रिजाल, सुन्दरहरैंचा नगरपालिकाका लेखा प्रमुख शेखर ढकाललगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन केन्द्रीय प्रचार सचिव घनश्याम चापागाईँले गरेका थिए ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/photos/pcb.708059140638569/708058203971996/

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक