Banner
मोरङका पालिकामा निर्वाचन अधिकृतको कार्यलय स्थापना
विराटचाेक मोरङको १७ वटा पालिकामा निर्वाचन अधिकृतको कार्यलय बिहिबार स्थापना गरिएको छ । ३० गते हुने स्थानीयतह निर्वाचनकालागि विराटनगर महानगरपालिका सहित सबै पालिकामा कार्यालय स्थापना गरिएकाे निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन अधिकारीले जनाए अनुसार विराटनगरस्थित रेडक्रस भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । विराटनगर महानगरपालिकाभित्र निर्वाचनसँग सम्बन्धित सबै कामहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटै हुने अधिकारीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अरु निर्वाचन अधिकृतको कार्यालयसँग पनि समन्वय हुने छ । अन्य १६ वटा निर्वाचन अधिकृतको कार्यालय भने सम्बन्धित स्थानीय तहमै रहने छन् ।
यस अघिनै विराटनगर महानगरपालिकामा भरत लम्साल, सुन्दरहरैंचा नगरपालिकामा माधव भण्डारी, उर्लाबारीमा ओमकारप्रसाद न्यौपाने, कटहरीमा होमनाथ भट्टराई, कानेपोखरीमा गणेश नायक, केराबारीमा भानुभक्त न्यौपाने, पथरीमा खगेन्द्र सुवेदी, बेलबारीमा बालकृष्ण निरौला, मिक्लाजुङ रामकृष्ण श्रेष्ठ, लेटाङमा पुण्यप्रसाद ढकाल , सुनवर्षीमा चन्द्रमणि पोखरेल, ग्रामथानमा भोलानाथ निरौला, जहदामा पदमप्रसाद वस्ती ,धनपालथान गाउँपालिकामा टेकेन्द्रवीरजंग राणा, बुढीगंगा गाउँपालिकामा मणिराम पोखरेल, रंगेली नगरपालिकामा रामहरि शर्मा काफ्ले र रतुवामाई नगरपालिकामा राजु अधिकारीलाइ निर्वाचन अधिकृत तोकिएकाे थियाे ।
मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा सशस्त्र प्रहरीले गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक पर्ने भवन, सिसी क्यामेरा जडान, सवारीसाधन, फर्निचर, सञ्चार लगायतका सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई निर्देशन दिइसकिएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गराउन दल, उम्मेदवार तथा सरोकारवालाहरुसँग समन्वय एवम् अन्तरक्रिया गर्ने, सुरक्षालाई लिएर प्रजिअसँग समन्वय गर्ने, निर्वाचन आचारसंहिताको पालना गराउने, अनुगमन गरेर मतदानस्थलको अवस्थाका बारेमा जानकारी लिने लगायतका जिम्मेवारी मुख्य तथा निर्वाचन अधिकृतको हुने छ । त्यस्तै मतदाता नामावली प्रकासन गर्ने, उम्मेदवारको मनोनयन दर्ता, छानबिन र स्वीकृत गर्ने तथा निर्वाचनसँग सम्बन्धित सबै काम गर्ने जिम्मेवारी पनि उनीहरुको नै हो ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login