स्थानीय तह
आज र भोलि उम्मेद्वारी दर्ता, यी कागजात चाहिन्छ उम्मेद्वारी दर्ताका लागि
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज र भोलि गरी दुई दिन उम्मेदवारी दर्ताको समय रहेको छ । उम्मेदवारी दर्ताका लागि उम्मेदवार हुने व्यक्तिले विभिन्न कागजातहरु बुझाउनुपर्ने र केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । यस्तो छ प्रक्रिया र आवश्यक कागजातको विवरणः

गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा नगर कार्यपालिकाको प्रमुख, उपप्रमुख पदको लागि
१. सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम रहेका एक जना प्रस्तावक र एक जना समर्थकसहित सम्बन्धित उम्मेदवारले सहीछाप गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–१ बमोजिमको मनोनयनपत्र ।
२. उम्मेदवार हुने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
३. उम्मेदवार हुने व्यक्तिको सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा (निर्वाचन अधिकृतको कार्यालयबाट लिएको मतदाता नामावलीको उतार, मतदाता नामावलीको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि) ।
४, स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम रु १,५०० धरौटी राखेको बैंक भौचर वा नगदी रसिद । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले यसमा ५० प्रतिशत छुट पाउँछन् ।

५. बुँदा नं ४ बमोजिम धरौटी छुट पाउनको लागि आर्थिक रुपले विपन्न व्यक्ति भएमा वार्षिक पारिवारिक आय ५० हजार रुपैयाँभन्दा कम भएको भनी सम्बन्धित स्थानीय तहले गरेको सिफारिश तथा दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भए सम्बन्धित निकाय वा स्थानीय तहबाट दलित वा अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको सिफारिश ।
६. दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको स्थानीय तह निर्वाचन नियमावली, २०७३ को अनुसूची–२ बमोजिमको औपचारिक पत्र, (दलको तर्फबाट उम्मेदवारीको औपचारिक पत्र दिन अधिकार पाएको पदाधिकारीले हस्ताक्षर गरेको हुनुपर्ने र सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतलाई सम्बोधन गरेको र बोधार्थमा सम्बन्धित उम्मेदवारको नाम लेखिएको हुनुपर्ने) ।
७. नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्था वा कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा ।
८. स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१३ बमोजिमको स्वघोषणा ।
९. वारेस मार्फत् मनोनयनपत्र दर्ता गराउने भएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–१५ बमोजिमको वारेसनामा ।
गाउँपालिका वा नगरपालिकाको वडा अध्यक्ष तथा वडा सदस्य पदको लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६२ बमोजिम वडा अध्यक्षको लागि रु १,००० र वडा सदस्यको लागि रु ५०० धरौटी राखेको बैंक भौचर वा नगदी रसिद चाहिन्छ । तर महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रुपले विपन्न व्यक्तिले धरौटीबापत ५० प्रतिशत छुट पाउनेछन् ।
हाल बहालवाला जनप्रतिनिधिले फेरि उम्मेदवार बन्नका लागि राजीनामा दिएको हुनुपर्ने छ भने आफ्नो नाममा कुनै पनि बेरुजु भएको हुनु हुँदैन ।
२१ वर्ष उमेर पूरा भएको व्यक्ति मात्र उम्मेद्वार हुन योग्य हुने निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comment
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
Banner
कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login