Connect with us
Advertisement

माओवादी केन्द्रबाट सुन्दरहरैंचा– १ की वडाध्यक्ष उम्मेद्वार गोमा अधिकारी (दीपा) ले सार्वजनिक गरिन् आफ्ना प्रतिबद्धता

Published

on

विराटचोकः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि सुन्दरहरैंचाको वडा नम्बर १ मा अध्यक्षको प्रत्यासी रहेकी नेकपा माओवादी केन्द्रकी गोमा अधिकारी (दीपा) ले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक प्रतिबद्धताको पहिलो नम्बरमा उनले कृषिलाई अर्थतन्त्रको प्रमुख आधार मानेकी छिन् । दोस्रो नम्बर उद्यमशीलता विकास, तेस्रो नम्बरमा आधारभूत स्वास्थ्य, चौथो नम्बरमा स्वास्थ्य र शिक्षा, पाँचौँ नम्बरमा वन,वातावरण तथा जैविक विविधता, छैटौँ नम्बरमा भौतिक पूर्वाधार, सातौँ नम्बरमा पर्यटन तथा उद्योग र आठौँ नम्बरमा महिला सशक्तिकरणका मुद्दामा ध्यान दिने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रले वडा नम्बर १ र ११ को अध्यक्षमा महिला उम्मेद्वारलाई अघि सारेको छ ।

यस्तो छ उनको प्रतिबद्धता
(१) अर्थतन्त्रको प्रमुख आधारः कृषिमा आमूल सुधार
∙ कृषिको आधुनिकीकरणसहित रुपान्तरणका लागि भूमिको उचित व्यवस्थापन,
.सिँचाइको उचित व्यवस्था,
.कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण,
.साना मझौला किसानहरुको सहकारी सङ्गठन र समूहहरुको निर्माण,
.ठूलो परिमाणको उत्पादनसहित मूल्य अभिवृद्धि शृङ्खलामा जोड,
वडामा रहेका माछापालन, मौरीपालन, कुखुरापालन, पशुपालन, बागबानी लगायतका अन्य कृषि उत्पादनलाई विशेष अनुदानका लागि पहल,

(२) उद्यमशीलताको विकास–रोजगारीको विस्तार
▪ वडाका बेरोजगारहरुको सूची तयार गरी बेरोजगार लक्षित उत्पादनका कार्यक्रमहरु शुरु गरिने,
सीपमूलक तालिम, परियोजना वा प्रमाण–पत्र धितो राखी सहुलियत ऋणको व्यवस्थाको लागि स्थानीय तहसँग सहजीकरण गरिने, उत्पादन वृद्धि र बजारीकरणको निम्ति प्रोत्साहित गरिने,

(३) आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता
निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि
∙ आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने,
∙ हरैँचा नगर अस्पतालको स्तर वृद्धिका लागि विशेष पहल गरिने,
∙ आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउन ११० प्रकारका औषधी निःशुल्क वितरण गरिने,
वडाका सुत्केरी महिलाहरुको लागि विशेष सुत्केरी प्याकेज कार्यक्रम लागू गरिने,
. सम्बन्धित घरमा नै गएर नवजात शिशुहरुको जन्मदर्ताको व्यवस्था गरिने,
∙ विशेषज्ञ सेवाको लागि स्थानीय तहको समेत सहभागितामा प्रत्येक वर्ष विपन्न पारिवारका १०० जनालाई निःशुल्क स्वास्थ्य बीमा सेवाको प्रबन्ध गरिने,

(४) शिक्षा तथा खेलकुद
.निःशुल्क र गुणस्तरीय विद्यालय शिक्षा
∙ संविधानमा उल्लेख भए बमोजिम आधारभूत तह अनिवार्य र माध्यमिक तह (१२ कक्षासम्म) निःशुल्क शिक्षाको व्यवस्था गरिने,
∙ दरबन्दी अनुसार शिक्षकको व्यवस्था गरिने,
∙ वडाका सबै विद्यालयलाई भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोड्ने व्यवस्था मिलाइने,
. हरैँचा खेल मैदानलाई रङ्गशालाको अवधारणामा विकसित गरिने,
. पचाम खेल मैदानको स्तरोन्नति गरिने,
. वडामा रहेका खेलाडीहरुको लगत सङ्कलन गरी उनीहरुको क्षमता विकास गर्ने, प्रशिक्षण गर्ने, सम्मान गर्ने लगायतका काम गर्ने,

(५) वन, वातावरण तथा जैविक विविधता
▪ प्रदुषण नियन्त्रण, हरियाली प्रवद्र्धन र फोहोरमैला व्यवस्थापनको लागि स्वच्छ वातावरण अभियान चलाइने,
. लोहोन्द्रा खोला उत्खननलाई व्यवस्थित बनाउने, साथै बर्सेनि हुने बाढी कटानको लागि संघ तथा प्रदेशसँग समन्वयकारी भूमिका खेल्ने,
– एक घर १० फलफूल बिरुवा कार्यक्रम चलाइने,

(६) भौतिक पूर्वाधारः वातावरण मैत्री पूर्वाधार, दिगो विकासको आधार !
.सबै मौसममा यातायात चल्न सक्ने सडकको निर्माणको लागि पहल गरिने साथै मुख्य तथा सहायक सडकहरुको स्तरोन्नति गरिने,
∙ सबै वडावासीको घरमा विद्युतीकरणको व्यवस्था मिलाइने,
∙सञ्चार सुविधाको विस्तार गरिने,
∙ नेपालको पानी जनताको लगानीको नारालाई जनस्तरसम्म कार्यक्रम बनाई लागू गरिने,
∙ एल.पी. ग्यासको आयात प्रतिस्थापन गर्न र जनतामा विद्युतको उपभोग बढाउन स्थानीय सरकारद्वारा प्रत्येक घरधुरीलाई विद्युतीय चुलो निःशुल्क उपलब्ध गराउन विशेष पहल गरिने,

(७) पर्यटन तथा उद्योग
.प्रर्यटन प्रवद्र्धनका लागि किच्चकगढीलाई व्यापक प्रचारप्रसार गरिने, साथै प्रदेश तथा संघीय सरकारसँग विशेष पहल गरिने,
. प्रत्येक बैशाख १४ गतेलाई किच्चकगढी महोत्सवको रुपमा मनाइने,
. अन्य ग्रामथानहरुको स्तरवृद्धि गरिने,

(८) महिला सशक्तिकरण
. हरेक प्रकारका महिला हिंसा, घरेलु हिंसा, लैङ्गिक भेदभावलाई न्यूनीकरण गर्नका लागि महिला स्वरोजगार कार्यक्रम चलाइने,
. प्रत्येक घरलाई घरेलु तथा महिला हिंसारहित घर बनाउने ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक