स्थानीय तह
गठबन्धनको प्रक्रिया जारी नै छः कांग्रेस, माओवादी संयुक्त गठबन्धन सुन्दरहरैंचा
विराटचोकः स्थानीय तहको आसन्न निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने भनिए पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । उम्मेद्वारी फिर्ता गर्ने दिनसम्म पनि गठबन्धनका पक्षधरबीच कुरा नमिल्दा कुनै पनि उम्मेद्वारले आफ्नो मनोनयन फिर्ता गरेनन् ।
गठबन्धनको विषयमा प्रष्ट धारणा नआएको भन्दै आज नेपाली कांग्रेसको सचिवालयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी गठबन्धन औचित्य प्रकाश पारेको छ ।
पार्टीको केन्द्रीय नीतिअनुसार नै सुन्दरहरैंचामा पनि गठबन्धन गरिएको नेकपा माओवादी केन्द्रका नेता गोपी अछामीले बताए । वडा तहमा अझै गठबन्धनको पक्षमा सत्तारुढ सबै दल रहेका हुनाले एकीकृत समाजवादीलगायतका दलसँग गठबन्धन हुन सक्ने उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव ललित श्रेष्ठले पार्टीको केन्द्रीय समितिको निर्देशन तथा प्रदेश, जिल्ला र नगर समितिको निर्णयअनुसार गठबन्धन गरिएको बताए । आवश्यकताका आधारमा गठबन्धन हुने प्रष्ट्याउँदै आवश्यक परे अझै पनि गठबन्धन गर्न सकिने बताए ।
केपी शर्मा ओली संविधानको मर्म विपरीत चलेकाले गठबन्धन गर्नुपरेको नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले बताए । प्रधानमन्त्री भएपछि कसैको कुरा नसुन्ने प्रवृत्ति ओलीमा देखिएकाले त्यसको विरोधमा गठबन्धन गरिएको र पछिसम्म यो गठबन्धन कायमै रहने उनले औँल्याए । एमालेका उम्मेद्वारलाई जित्नै नदिने निर्णय भएको हुनाले एमालेले कुनै वडा जित्ने सम्भावना देखिएमा गठबन्धनको जुन दलको पकड बढी हुन्छ सो दलका उम्मेद्वारलाई सघाउने नीति रहेको उनले प्रष्ट्याए ।
उपमेयर पदमा नेपाली कांग्रेसले ईशवरवती माझीलाई उपमेयरको टिकट दिएको भए पनि गठबन्धन हुने भएमा टिकट फिर्ता लिने भन्ने शर्तमा टिकट दिइएकाले गठबन्धन हुने भएपछि उम्मेद्वारी नपरेको उनले जानकारी दिए । राष्ट्रियता र संघीयता जोगाउन अर्काे चुनावसम्म नै गठबन्धन हुन सक्ने बताउँदै एकीकृत समाजवादीसँग पनि अझै गठबन्धन हुन सक्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद लोकप्रसाद संग्रौलाले भोलिदेखि नै संयुक्त रुपमा घरदैलो कार्यक्रम हुने बताए ।
नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुष्यन्त भट्टराईले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेता सुनिल शर्माको पनि उपस्थिति थियो । गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेद्वार उपस्थित भए पनि उनीहरुले आफ्नो भनाइ राखेनन् ।
कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट विभिन्न पदका उम्मेद्वार तथा नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
Facebook Comment
Banner
कुकुरले सुँघेर पत्ता लगाएपछि धरानमा लागूऔषधसहित समातिए युवा
धरान-१७ मा एक युवा लागूऔषधसहित पक्राउ परेका छन् ।
बसका सवार रहेका यात्रुकलाई कुकुरले सुघने क्रममा नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० का २५ वर्षीय सञ्जय राना मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान’ अन्तरगत चाड पर्वलक्षित सुरक्षा योजनाअनुसार परिचालन भएको प्रहरी कुकुरसहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा उनी पक्राउ परेका हुन् ।
धरानबाट उदयपुर जाँदै गरेको को१ख ५४४० नम्बरको बसमा सवार रहेका राना मगरलाई नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले चाडपर्वमा लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाइका साथ चेकजाँच गर्दै आएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले चेकजाँचको क्रममा इटहरी–६ का ३६ वर्षीय कृष्णप्रसाद प्रसाई र ३३ वर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगरसहित, भोक्राहा नरसिंह–४ का २२ वर्षीय रोस्तम अन्सारी र २२ वर्षीय इम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी–१६ का २० वर्षीय अमन चौधरी र इटहरी–१७ का २० वर्षीय रञ्जित चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित र इनरुवा नगरपालिका–५ का २५ प्रेम कुमार खंग र इनरुवा–३ का २८ बर्षीय शंकरकुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
(koshikhabar.com)
Banner
आज – १२ कार्तिक २०८१ सोमवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी पनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार समेत पाउनेछन् ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सफल यात्राको योग छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले पनि राम्रै फाइदा दिनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । नयाँ कमको अवसर फेला पर्ने छन् । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम पनि सम्पन्न हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य सम्पादनमा समस्या आउला । आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ । -ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल
Banner
पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ
पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ
मिसेस पुर्बेली आइकन’को बिजेता रेनुका, फर्स्ट रनरअप मुना बन्दा दिपिका बनिन् सेकेण्ड रनरअप
इटहरीकि रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आईकन’
इटहरी/ पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।
प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।
यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।
ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login