स्थानीय तह
मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान
विराटनगरः नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचारप्रसार अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उमेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचारप्रसार अभियानलाई अघि बढाएका हुन् ।
भारतीय सीमावर्ती पालिकाहरुमा अधिकांश मधेशी आदिवासी समुदायको बसोवास छ । कटहरी, जहदा गाउँपालिका तथा सुनवर्षी, रंगेली र रतुवामाई नगरपालिकामा पहाडी, मधेसी, आदिवासी जनजातिलगायत समुदायको मिश्रित बसोबास छ ।

निर्वाचनमा आफनो पक्षमा माहोल ल्याउन नेपाली कांग्रेसका उम्मेदवारहरुले विभिन्न एजेन्डा लिएर घरदैलो गरिरहेका छन । नेपाली कांग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल चुनावमा होमिएका छन् ।
नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षका साथै वडाध्यक्ष पदमा उम्मेदवारी दिएकाहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना उम्मेदावारलाई जिताउन बाजागाजासहित मतदाता समेत उत्साहका साथ निर्वाचनमा होमिएका छन् । पाँच वर्षपछि हुन लागेको निर्वाचनमा आफनो पक्षमा जीत लिन उम्मेद्वारले ध्यान केन्द्रित गरेका छन् । विकासका एजेन्डा लिएर मतदाताका घरघरमा पुगेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य रोजगार जस्ता एजेन्डालाई अघि सारेका छन् ।

रंगेली नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका मोदराज घिमिरेले निर्वाचनको मुख्य एजेन्डा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा खोलानालामा तटबन्ध रहेको बताए । आफू निर्वाचित भए मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेलीलाई स्मार्ट र ग्रीनसिटीको रुपमा विकास गर्न पहल गर्ने घिमिरेले सुनाए । गरिब र दलित समुदायका लागि स्वरोजगार तथा आयमूलक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
पूर्वी मोरङमा रहेको बक्राहा खोलाले सुनवर्षी र रतुवामाई नगरपालिकाकाका स्थानीयलाई बर्सेनि पिरोल्ने गरको छ । बाढीका कारण तटीय क्षेत्रका बासिन्दाहरुको उठिबास हुने गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा विकास निमार्णसँगै सुनवर्षी नगरपालिकाको मेयर पदमा उमेदवार दिएका कांग्रेस उम्मेद्वार यज्ञ कार्कीले बक्राहा खोलाको तटबन्धलाई पनि निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् ।
त्यस्तै, धनपालथान गाउँपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । भारतीय सीमासँग जोडिएको सो पालिकामा यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका थिए । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी सो पालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । अध्यक्ष पदमा कांग्रेसको तर्फवाट जीवछ गच्छदारले उम्मेद्वारी दिएका छन् । कृषिमा आमुल परिवर्तन आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य पूर्वाधार र तटबन्धनको काम अघि बढाउने योजना सुनाए ।

यता, जहदा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका जितेन्द्रप्रसाद साह जितुले गाउँपालिकामा गुणस्तरीय अस्पतालको निर्माण र व्यावहारिक शिक्षाको विकासमा काम गर्ने बताए । कृषि क्षेत्रको विकास गर्न सहुलियतमा मलखादको व्यवस्था गराउन आफूले पहल गर्ने उनले सुनाए ।
जहदा गाउँपालिकामा सन्थाललगायत सबै समुदायको बसोबास रहेकाले उनीहरुको विकास र जीवनस्तर सुधार गर्न आय आर्यजनका कार्यक्रमसमेत अघि बढाउने बताए । नेपाली कांग्रेसले रंगेली नगरपालिकमा मेयर र उपमेयर पदमा जसपासँग तालमेल गरेको छ ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login