Connect with us
Advertisement

मोरङका पूर्वीदक्षिणी पालिकामा बाजागाजासहित कांग्रेसको चुनावी अभियान

Published

on

विराटनगरः नेपाली कांग्रेसले मोरङ जिल्लाभर प्रचारप्रसार अभियानलाई तीव्रता दिएको जनाएको छ । जिल्लाका एक महानगरपालिकासहित १७ वटै पालिकामा नेपाली कांग्रेसका उमेदवारहरुले घरदैलो तथा कोणसभा गरेर प्रचारप्रसार अभियानलाई अघि बढाएका हुन् ।

भारतीय सीमावर्ती पालिकाहरुमा अधिकांश मधेशी आदिवासी समुदायको बसोवास छ । कटहरी, जहदा गाउँपालिका तथा सुनवर्षी, रंगेली र रतुवामाई नगरपालिकामा पहाडी, मधेसी, आदिवासी जनजातिलगायत समुदायको मिश्रित बसोबास छ ।

निर्वाचनमा आफनो पक्षमा माहोल ल्याउन नेपाली कांग्रेसका उम्मेदवारहरुले विभिन्न एजेन्डा लिएर घरदैलो गरिरहेका छन । नेपाली कांग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दल चुनावमा होमिएका छन् ।

नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षका साथै वडाध्यक्ष पदमा उम्मेदवारी दिएकाहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्ना उम्मेदावारलाई जिताउन बाजागाजासहित मतदाता समेत उत्साहका साथ निर्वाचनमा होमिएका छन् । पाँच वर्षपछि हुन लागेको निर्वाचनमा आफनो पक्षमा जीत लिन उम्मेद्वारले ध्यान केन्द्रित गरेका छन् । विकासका एजेन्डा लिएर मतदाताका घरघरमा पुगेका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले विकास निर्माणदेखि शिक्षा, स्वास्थ्य रोजगार जस्ता एजेन्डालाई अघि सारेका छन् ।

रंगेली नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका मोदराज घिमिरेले निर्वाचनको मुख्य एजेन्डा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा खोलानालामा तटबन्ध रहेको बताए । आफू निर्वाचित भए मोरङ जिल्लाका पुरानो सदरमुकाम रंगेलीलाई स्मार्ट र ग्रीनसिटीको रुपमा विकास गर्न पहल गर्ने घिमिरेले सुनाए । गरिब र दलित समुदायका लागि स्वरोजगार तथा आयमूलक कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

पूर्वी मोरङमा रहेको बक्राहा खोलाले सुनवर्षी र रतुवामाई नगरपालिकाकाका स्थानीयलाई बर्सेनि पिरोल्ने गरको छ । बाढीका कारण तटीय क्षेत्रका बासिन्दाहरुको उठिबास हुने गरेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा विकास निमार्णसँगै सुनवर्षी नगरपालिकाको मेयर पदमा उमेदवार दिएका कांग्रेस उम्मेद्वार यज्ञ कार्कीले बक्राहा खोलाको तटबन्धलाई पनि निर्वाचनको मुख्य एजेन्डा बनाएका छन् ।

त्यस्तै, धनपालथान गाउँपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । भारतीय सीमासँग जोडिएको सो पालिकामा यसअघिको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका थिए । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी सो पालिकामा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । अध्यक्ष पदमा कांग्रेसको तर्फवाट जीवछ गच्छदारले उम्मेद्वारी दिएका छन् । कृषिमा आमुल परिवर्तन आवश्यक रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य पूर्वाधार र तटबन्धनको काम अघि बढाउने योजना सुनाए ।

यता, जहदा गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दिएका जितेन्द्रप्रसाद साह जितुले गाउँपालिकामा गुणस्तरीय अस्पतालको निर्माण र व्यावहारिक शिक्षाको विकासमा काम गर्ने बताए । कृषि क्षेत्रको विकास गर्न सहुलियतमा मलखादको व्यवस्था गराउन आफूले पहल गर्ने उनले सुनाए ।

जहदा गाउँपालिकामा सन्थाललगायत सबै समुदायको बसोबास रहेकाले उनीहरुको विकास र जीवनस्तर सुधार गर्न आय आर्यजनका कार्यक्रमसमेत अघि बढाउने बताए । नेपाली कांग्रेसले रंगेली नगरपालिकमा मेयर र उपमेयर पदमा जसपासँग तालमेल गरेको छ ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक