स्थानीय तह
गछिया जेसीजले आयोजना गरेको ककस कार्यक्रममा यसरी प्रस्तुत भए वडाध्यक्ष पदका उम्मेद्वारहरु
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका विभिन्न दलका उम्मेद्वारबीच सार्वजनकि बहस (ककस) कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
गछिया चोकको खुला चौरमा भएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ मा विभिन्न दलबाट वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका व्यक्तिबीच सार्वजनिक बहस भएको हो । कार्यक्रममा आफ्नो भनाइ राख्ने अधिकांश उम्मेद्वारले वडाको विकासमा आफूले गर्ने कामको बारेमा उपस्थित मतदातालाई जानकारी गराएका थिए ।
यस्ता थिए वडाध्यक्ष पदका उम्मेद्वारका प्रतिबद्धताहरुः
सन्तोष लिङ्देन, वडा नम्बर ६ नेपाली कांग्रेस
– भ्रष्टाचार गदिँन,
– राज्यबाट दिइने कुनै पनि सेवा सुविधा लिन्नँ
– एक व्यक्ति, एक कार्यकालको मान्यता राख्छु, फेरि उम्मेद्वार हुन्नँ ।
चैतन्यप्रसाद सिटौला, वडा नम्बर ७, नेपाली कांग्रेस
– बायो इन्जिनियरिङ र सिभिल इन्जिनियरिङमार्फत् गछिया खोलाको तटबन्ध गर्छु र वृक्षरोपण गर्छु,
– आवश्यकताका आधारमा सबै सडकहरुको स्तरोन्नति गर्छु,
– भोकालाई भोजन होइन आयआर्जनको लागि आवश्यक सीप प्रदान गर्छु,
– वडाभित्रकै बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउँछु,
– वर्षमा २ पटक ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्छु ।
भुवनसिंह मगर, वडा नम्बर ७, स्वतन्त्र
– शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राख्छु,
– ठडिया आधारभूत विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्छु,
– ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था सरकारमार्फत् उपलब्ध गराउँछु, सरकारबाट सम्भव नभए निजी खर्चमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँछु,
– सामुदायिक विद्यालयका विद्यार्थीलाई १ जोडी विद्यालय पोशाक निजी खर्चमा उपलब्ध गराउँछु,
– वडाभित्रका सबै बाटोको नाम र नम्बरिङ गरी गुगल म्यापमा जोड्नेछु ।
पोष्टकुमार श्रेष्ठ, वडा नम्बर ७, नेकपा एमाले
– गछिया खोला कटान नियन्त्रणका लागि तत्काल अस्थायी तटबन्ध निर्माण गर्नेछु,
– गछिया खोलाबाट सङ्कलित ४० प्रतिशत राजस्व गछिया खोलाको तटबन्धनको लागि विनियोजन गर्ने व्यवस्था मिलाउँछु,
– समाजसेवी मनको भएको हुनाले समाजका हरेक समस्याको निराकरणमा सहयोग गर्नेछु,
– वडावासीले भनेअनुसारको काम गर्न सकिनँ भने तत्काल राजीनामा दिनेछु ।
लीलाप्रसाद पोखरेल, वडा नम्बर ७, विवेकशील साझा
– विकृत राजनीतिविरुद्ध आवाज उठाउन भूमिका निर्वाह गर्नेछु,
– निर्वाचित हुनासाथ सर्वदलीय विशेषज्ञ समूह निर्माण गरी सल्लाह र सुझाव लिनेछु,
– वडा सदस्यहरु हप्तामा १ पटक टोलटोलमा गएर वडावासीका समस्या बुझ्ने व्यवस्था गर्नेछु,
– १२ कक्षासम्म निःशुल्क शिक्षाका लागि पहल गर्नेछु ।
मिलन लुइँटेल, वडा नम्बर ७, नेकपा माओवादी केन्द्र
– कृषि र सहकारी क्षेत्रमा प्राप्त गरेको अनुभवको आधारमा ती क्षेत्रको उत्थानमा विशेष पहल गर्नेछु,
– युवाको मर्म र भावनाअनुरुप काम गर्नेछु,
– हरेक वर्ष ३० जनालाई जेटीए र ३० जनालाई भेटेनरीको निःशुल्क तालीमको व्यवस्था गर्नेछु,
– ५ वर्षभित्रमा गछिया खोलाको ८० प्रतिशत तटबन्धको काम पूरा गर्नेछु,
– कृत्रिम गर्भाधान निःशुल्क गर्ने व्यवस्था गर्नेछु,
– हरेक वर्ष कम्तीमा ५ सय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउनेछु ।
– ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउनेछु,
– मातृ शिशु आहार कार्यक्रम शुरु गर्नेछु ।
Facebook Comment
Banner
संघीय संसद् अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा दुवै सदनको बैठक बस्ने गरी अधिवेशन बोलाइएको हो।
यो निर्णय नेपाल सरकार, मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा गरिएको जनाइएको छ।

Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login