Connect with us
Advertisement

शिक्षामा पहुँच बढाएर तामाङ जातिमा चेतना जगाउनुपर्ने घेदुङको प्रदेश अधिवेशनका वक्ताको भनाइ

Published

on

विराटचोकः नेपाल तामाङ घेदुङको पहिलो अधिवेशनमा सहभागी भएका वक्ताले तामाङ जातिमा चेतना जगाउन शिक्षामा जोड दिनुपर्नेमा वक्ताले जोड दिएका छन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने क्रममा प्रदेश अध्यक्ष मित्रसेन योञ्जनले अरुलाई गाली गर्नुभन्दा पनि आफू शिक्षित भएर सक्षम हुनुपर्नेमा जोड दिए ।

भाषा साहित्य प्रमुख काजीमान थिङले तामाङ जाति नाचगानमा बढी सक्रिय हुने तर शिक्षा लिने क्रममा पछि पर्ने हुनाले समाजमा पछि परेको बताए । तामाङ जाति पछि परेकै कारण र प्रतिवाद गर्न नसकेकै कारण तामाङ जातिको चाड ल्होसारमा दिने बिदा पनि नेपाल सरकारले कटौती गरेको उनले बताए ।

घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले जनसङ्ख्यामा पाँचौँ स्थानमा रहेको तामाङ जाति शिक्षामा भने ५८ औं स्थानमा रहेको उल्लेख गरे । सबै वक्ताले तामाङ जातिमा शिक्षाको पहुँच बढाउनुपर्ने बताए ।

घेदुङका प्रदेश सहसचिव विपिन स्याङ्बोले गणतन्त्र ल्याउन बलिदानी दिने तामाङ जातिलाई अहिले सरकारले उपेक्षा गरेको बताए ।

सुन्दरहरैंचाका नगरप्रमुख शिवप्रसाद ढकालले आदिवासी जनजातिको हक हितका लागि सहयोग गर्न स्थानीय सरकार सदैव लागिपर्ने बताए । त्यस्तै, लक्ष्मण तामाङले प्रदेशको नाम जातीय पहिचानको आधारमा राखिनुपर्ने बताए ।

प्रदेश सांसद राजकुमार ओझाले प्रदेश विधेयक बनेपछि सबै भाषाभाषीको सम्मान हुने उल्लेख गरे । संसद क्षेत्र विकास पूर्वाधार कोषमार्फत् १० लाख रुपैयाँ विराटचोकमा बन्ने रिन्छेन छ्योलिङ बौद्ध गुम्बाको लागि विनियोजन गर्ने बताए ।

सांसद लोकप्रसाद सङ्ग्रौलाले तामाङ जातिमा राष्ट्रियताको भावना उच्च रहेको उल्लेख गरे । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा सुकुना तेक्वान्दो डोजाङका प्रशिक्षार्थीले खेलकौशल प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुमा बोम्बो (झाँक्री) नाच प्रस्तुत गरिएको थियो । त्यस्तै, तामाङ सेलोलगायतका सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएका थिए ।

आज हुने घेदुङको बन्द सत्रले प्रदेशको नयाँ कार्यसमिति चयन गर्नेछ ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री राई भन्छन्, ‘एउटा नारा र नीतिले मात्रै देश विकास हुँदैन’

नेपाल तामाङ घेदुङको पहिलो प्रदेश सम्मेलन पुस १ र २ गते हुने

 

Continue Reading

Facebook Comment

17 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने

Published

on

नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।

निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।

देउवा समूहको शनिबार सानेपामा बसेको बैठकले आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवादसँगै कानुनी उपचारका लागि सर्वोच्चमा जाने निर्णय गरेको थियो । कांग्रेसको देउवा समूहलाई वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायतले कानुनी परामर्श दिइरहेका छन् ।

गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Continue Reading

Banner

रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने

Published

on

प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।

नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।

Continue Reading

Banner

आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय

Published

on

विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।​​​​​​

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक