स्थानीय तह
सुन्दरहरैंचाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका डा. प्रकाश भट्टराईले यस्ता सुझाव दिए भावी मेयरलाई
विराटचोकः विश्वका नामी विश्वविद्यालयमा द्वन्द्व व्यवस्थापन विषयमा अध्ययन गरेका डा. प्रकाश भट्टराई सुन्दरहरैंचाको मेयर पदमा उम्मेद्वार रहेका थिए । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार विजयको नजिक हुँदा सुन्दरहरैंचामा भने डा. भट्टराईलगायतका उम्मेद्वारले अपेक्षाकृत मत ल्याउन सकेनन् ।
सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम आउन लागेको समयमा आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा. भट्टराईले सुन्दरहरैंचाका भावी मेयरलाई जननिर्वाचित प्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका विभिन्न १० सुझाव दिएका छन् ।
यस्ता छन् डा. भट्टराईले दिएका १० सुझावः
१ सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुको सम्पत्ति बिवरण तथा हाल आबद्ध रहेका पेशा तथा ब्यबसायहरुको बारेमा सार्बजनिक गर्नुपर्ने। आफ्नो पेशा व्यवसायलाई फाइदा पुर्याउने गरी कुनै पनि नीतिगत निर्णय गरिने छैन भनी सार्बजनिक रुपमा प्रतिबद्धता जनाउनु पर्ने।
२ नगरपालिकाको हालको आर्थिक, प्रशासनिक तथा अन्य अबस्थाको बारेमा ३० दिन भित्र स्वेतपत्र जारी गर्नुपर्ने र त्यो संगसंगै आगामी दिनमा सुधार गर्नुपर्ने मुख्य क्षेत्रहरुको बारेमा आफ्नो प्रतिबद्धता सहित पारदर्शी ढंगले नागरिक माझ प्रस्तुत गर्ने।
३ दलगत स्वार्थबाट माथि उठेर समग्र नगरबासीको हितका लागि स्थानीय सरकारको सफल र प्रभावकारी रुपमा संचालन गर्छु भन्ने ब्यबहारिक प्रतिबद्धता जनाउनु पर्ने। सुन्दरहरैचा स्थानीय सरकार लाई जनताको सरकार तथा सेवक सरकारको रुपमा सबै स्थानीयबासीहरुले अनुभूत हुनेगरी संचालन र ब्यबस्थापन गर्ने।
४ सुन्दरहरैचा नगरपालिका भित्र उपलब्ध प्रशासनिक ( वडा तथा मुख्य कार्यालयहरु बाट प्रदान गरिने सेवा) तथा विकासमुखी (स्वास्थ, शिक्षा, कृषि, रोजगारी, एबं पूर्वाधार केन्द्रित) सेवा प्रबाहलाई हरेक नागरिकको सहज पहुचमा पुग्ने बातावरणको सिर्जना गर्ने। सेवा लिनको लागि कुनै दलको मान्छे या बिचौलियाको सहयोग लिनैपर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने।
५ उपभोक्ता समितिको पारदर्शी ढंगले गठन गर्न, यसको खर्च प्रक्रियालाई पारदर्शी ढंगबाट संचालन गर्न, तथा नगरपालिका कार्यालयले उपभोक्ता समितिको बिल फर्स्यौट गर्दा पाउने सास्तीको अन्त्य गर्न कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्न प्रतिबद्धता जनाउनु पर्ने।
६ सुन्दरहरैचाबासी युवा, महिला, जेस्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, तथा सामाजिक तथा आर्थिक रुपमा पछाडी पारिएका दलित तथा अल्पसंख्यक समुदायहरुको अधिकतम हितमा प्रयोग गर्नका लागि सार्बजनिक प्रतिबद्धता गर्नु पर्ने।स्थानीय नागरिकको प्रत्यक्ष र अर्थपूर्ण सहभागितामा नीति तथा योजना निर्माण गर्न तथा हरेक विकास निर्माणका कार्यहरु सोही बमोजिम संचालन गर्ने बातावरण तयार पार्न प्रतिबद्धता जनाउनु पर्ने।
७ स्थानीय र राष्ट्रिय रुपमा ख्यातिप्राप्त बिषयगत बिज्ञहरुको प्रत्यक्ष सुझाब सल्लाहमा सुन्दरहरैचा स्थानीय सरकारलाई संचालन गर्न प्रतिबद्धता जनाउनु पर्ने।
८ तथ्यांक र अनुसन्धानमा आधारित नीति तथा योजना निर्माण प्रक्रियालाई ब्यबहारत लागु गर्न र त्यसको प्रतिफल नगरबासी लाई प्रदान गर्न प्रतिबद्धता गर्नु पर्ने। सामाजिक, आर्थिक, तथा पूर्वाधार विकासलाई समान किसिमले लिदै यी तिनै क्षेत्रहरुमा समानुपातिक ढंगले बजेट बाडफाड गरी हरेक क्षेत्रमा ५ बर्ष भित्र नगरबासीले अनुभूत गर्ने गरी अब्बल नतिजा हासिल गर्नका लागि प्रतिबद्धता गर्नुपर्ने।
९ सुन्दरहरैचा स्थानीय सरकारको शासन प्रणालीलाई ब्यबहारिक रुपमा नै जवाफदेही, पारदर्शी र सुशासन युक्त बनाउने कार्यको लागि प्रतिबद्धता जनाउनु पर्ने।
१० हिंसा तथा अपराधहरुको न्यूनीकरण, बातावरण मैत्री बिकास पूर्वाधारको निर्माण, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ सेवाको सुनिस्चितता, दिगो आर्थिक बिकासका गतिविधिहरु, तथा हरेक नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति मार्फत सुन्दर हरैचालाई हरेक दृस्टीकोण बाट बस्नयोग्य र गर्बगर्न लायक नगरको रुपमा ५ बर्ष भित्र विकास गर्न प्रतिबद्धता ब्यक्त गर्नुपर्ने।
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login