स्थानीय तह
सुन्दरहरैंचाको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका डा. प्रकाश भट्टराईले यस्ता सुझाव दिए भावी मेयरलाई
विराटचोकः विश्वका नामी विश्वविद्यालयमा द्वन्द्व व्यवस्थापन विषयमा अध्ययन गरेका डा. प्रकाश भट्टराई सुन्दरहरैंचाको मेयर पदमा उम्मेद्वार रहेका थिए । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार विजयको नजिक हुँदा सुन्दरहरैंचामा भने डा. भट्टराईलगायतका उम्मेद्वारले अपेक्षाकृत मत ल्याउन सकेनन् ।
सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम आउन लागेको समयमा आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै डा. भट्टराईले सुन्दरहरैंचाका भावी मेयरलाई जननिर्वाचित प्रतिनिधिको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेलगायतका विभिन्न १० सुझाव दिएका छन् ।
यस्ता छन् डा. भट्टराईले दिएका १० सुझावः
१ सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुको सम्पत्ति बिवरण तथा हाल आबद्ध रहेका पेशा तथा ब्यबसायहरुको बारेमा सार्बजनिक गर्नुपर्ने। आफ्नो पेशा व्यवसायलाई फाइदा पुर्याउने गरी कुनै पनि नीतिगत निर्णय गरिने छैन भनी सार्बजनिक रुपमा प्रतिबद्धता जनाउनु पर्ने।
२ नगरपालिकाको हालको आर्थिक, प्रशासनिक तथा अन्य अबस्थाको बारेमा ३० दिन भित्र स्वेतपत्र जारी गर्नुपर्ने र त्यो संगसंगै आगामी दिनमा सुधार गर्नुपर्ने मुख्य क्षेत्रहरुको बारेमा आफ्नो प्रतिबद्धता सहित पारदर्शी ढंगले नागरिक माझ प्रस्तुत गर्ने।
३ दलगत स्वार्थबाट माथि उठेर समग्र नगरबासीको हितका लागि स्थानीय सरकारको सफल र प्रभावकारी रुपमा संचालन गर्छु भन्ने ब्यबहारिक प्रतिबद्धता जनाउनु पर्ने। सुन्दरहरैचा स्थानीय सरकार लाई जनताको सरकार तथा सेवक सरकारको रुपमा सबै स्थानीयबासीहरुले अनुभूत हुनेगरी संचालन र ब्यबस्थापन गर्ने।
४ सुन्दरहरैचा नगरपालिका भित्र उपलब्ध प्रशासनिक ( वडा तथा मुख्य कार्यालयहरु बाट प्रदान गरिने सेवा) तथा विकासमुखी (स्वास्थ, शिक्षा, कृषि, रोजगारी, एबं पूर्वाधार केन्द्रित) सेवा प्रबाहलाई हरेक नागरिकको सहज पहुचमा पुग्ने बातावरणको सिर्जना गर्ने। सेवा लिनको लागि कुनै दलको मान्छे या बिचौलियाको सहयोग लिनैपर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने।
५ उपभोक्ता समितिको पारदर्शी ढंगले गठन गर्न, यसको खर्च प्रक्रियालाई पारदर्शी ढंगबाट संचालन गर्न, तथा नगरपालिका कार्यालयले उपभोक्ता समितिको बिल फर्स्यौट गर्दा पाउने सास्तीको अन्त्य गर्न कानुनी तथा नीतिगत सुधारका लागि पहल गर्न प्रतिबद्धता जनाउनु पर्ने।
६ सुन्दरहरैचाबासी युवा, महिला, जेस्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु, तथा सामाजिक तथा आर्थिक रुपमा पछाडी पारिएका दलित तथा अल्पसंख्यक समुदायहरुको अधिकतम हितमा प्रयोग गर्नका लागि सार्बजनिक प्रतिबद्धता गर्नु पर्ने।स्थानीय नागरिकको प्रत्यक्ष र अर्थपूर्ण सहभागितामा नीति तथा योजना निर्माण गर्न तथा हरेक विकास निर्माणका कार्यहरु सोही बमोजिम संचालन गर्ने बातावरण तयार पार्न प्रतिबद्धता जनाउनु पर्ने।
७ स्थानीय र राष्ट्रिय रुपमा ख्यातिप्राप्त बिषयगत बिज्ञहरुको प्रत्यक्ष सुझाब सल्लाहमा सुन्दरहरैचा स्थानीय सरकारलाई संचालन गर्न प्रतिबद्धता जनाउनु पर्ने।
८ तथ्यांक र अनुसन्धानमा आधारित नीति तथा योजना निर्माण प्रक्रियालाई ब्यबहारत लागु गर्न र त्यसको प्रतिफल नगरबासी लाई प्रदान गर्न प्रतिबद्धता गर्नु पर्ने। सामाजिक, आर्थिक, तथा पूर्वाधार विकासलाई समान किसिमले लिदै यी तिनै क्षेत्रहरुमा समानुपातिक ढंगले बजेट बाडफाड गरी हरेक क्षेत्रमा ५ बर्ष भित्र नगरबासीले अनुभूत गर्ने गरी अब्बल नतिजा हासिल गर्नका लागि प्रतिबद्धता गर्नुपर्ने।
९ सुन्दरहरैचा स्थानीय सरकारको शासन प्रणालीलाई ब्यबहारिक रुपमा नै जवाफदेही, पारदर्शी र सुशासन युक्त बनाउने कार्यको लागि प्रतिबद्धता जनाउनु पर्ने।
१० हिंसा तथा अपराधहरुको न्यूनीकरण, बातावरण मैत्री बिकास पूर्वाधारको निर्माण, निशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ सेवाको सुनिस्चितता, दिगो आर्थिक बिकासका गतिविधिहरु, तथा हरेक नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति मार्फत सुन्दर हरैचालाई हरेक दृस्टीकोण बाट बस्नयोग्य र गर्बगर्न लायक नगरको रुपमा ५ बर्ष भित्र विकास गर्न प्रतिबद्धता ब्यक्त गर्नुपर्ने।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login