स्थानीय तह
सुन्दरहरैंचा ७ मा २८ मतान्तरसहित स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर विजयी
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगर विजयी भएका छन् । उनले २८ मतान्तरले नेकपा एमालेका उम्मेद्वार पोष्टकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।
खरायो चुनाव चिह्न लिएर चुनाव लडेका निवर्तमान वडा सदस्य मगरले १४२६ मत ल्याउँदा नेकपा एमालेका पोष्टकुमार श्रेष्ठले १३९८ मत ल्याएका थिए । नेपाली कांग्रेसले टिकट नदिएपछि मगरले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेसले प्यानलै जितेको वडा नम्बर ७ मा यस पटक कांग्रेसबाट वडाध्यक्ष पदमा खडा भएका उम्मेद्वार निवर्तमान वडाध्यक्ष चैतन्यप्रसाद सिटौला तेस्रो भएका छन् । उनले ६४६ मत पाएका छन् ।
यस्तो छ वडाध्यक्ष पदका अन्य उम्मेद्वारले पाएको अन्तिम मतः
स्वतन्त्र उम्मेद्वार भुवन सिंह मगरका ‘४ भ’ मा आधारित प्रतिबद्धता
वडा सदस्य भुवनसिंह मगरले दिए सुन्दरहरैंचा–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी
Facebook Comment
Banner
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।
Banner
आज विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
Banner
साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा
साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login