Connect with us
Advertisement

यी हुन् सुन्दरहरैंचाका ६२ जना नयाँ जनप्रतिनिधिहरु

Published

on

विराटचोकः देश संघीयतामा गएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनअन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय सुन्दरहरैंचाका अनुसार मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । वडा नम्बर १ र २ मा नेपाली कांग्रेसले प्यानलै जितेको छ । वडा नम्बर ३, ५, ८, १० र १२ मा नेकपा एमालेले प्यानलै जितेको छ ।

वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वारले वडाध्यक्ष जित्दा बाँकी पद नेकपा एमालेका उम्मेद्वारले जितेका छन् । वडा नम्बर ४, ६ र ९ मा नेपाली कांग्रेसले वडाध्यक्ष मात्रै जितेको छ । बाँकी पदमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

वडा नम्बर ११ मा वडाध्यक्ष र ४ जना सदस्य नेकपा एमालेले जितेको छ भने १ जना सदस्य कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

यी हुन् सुन्दरहरैंचामा निर्वाचित ६२ जना जनप्रतिनिधिहरु

नगरप्रमुख केदारप्रसाद गुरागाई नेकपा एमाले
नगर उपप्रमुख अकली चौधरी नेकपा एमाले

वडा नम्बर १
अध्यक्ष राम बिश्वास खवास नेपाली काङ्ग्रेस
सदस्य तारा प्रसाद श्रेष्ठ नेपाली काङ्ग्रेस
सदस्य भगवान साह नेपाली काङ्ग्रेस
महिला सदस्य धारणा खनाल नेपाली काङ्ग्रेस
दलित महिला सदस्य लक्ष्मी विश्वकर्मा नेपाली काङ्ग्रेस

वडा नम्बर २
अध्यक्ष बिवश प्रधान नेपाली काङ्ग्रेस
सदस्य ओम नारायण चौधरी नेपाली काङ्ग्रेस
सदस्य नन्द नारायण गच्छदार नेपाली काङ्ग्रेस
महिला सदस्य सित कुमारी खवास नेपाली काङ्ग्रेस
दलित महिला सदस्य प्रमिला कुमारी बिश्वकर्मा नेपाली काङ्ग्रेस

वडा नम्बर ३
वडाअध्यक्ष विदुरप्रसाद ढुङ्गाना नेकपा एमाले
सदस्य निलम अधिकारी नेकपा एमाले
सदस्य नारायण प्रसाद भट्टराई नेकपा एमाले
महिला सदस्य पूर्ण माया लिम्बु नेकपा एमाले
दलित महिला सदस्य पवित्रा दमाई नेकपा एमाले

वडा नम्बर ४
वडाअध्यक्ष कैलाश बस्नेत नेपाली काङ्ग्रेस
सदस्य गणेश प्रसाद गुरागाई नेकपा एमाले
सदस्य शान्ती चौधरी नेकपा एमाले
महिला सदस्य दुर्गा पोखरेल नेकपा एमाले
दलित महिला सदस्य राज कुमारी विश्वकर्मा नेकपा एमाले

वडा नम्बर ५
वडाअध्यक्ष गणेश चौधरी नेकपा एमाले
सदस्य घन श्याम घले गुरुङ्ग नेकपा एमाले
सदस्य श्याम खनाल नेकपा एमाले
महिला सदस्य इन्दिरा देवी चापागाई नेकपा एमाले
दलित महिला सदस्य रोशनी परियार नेकपा एमाले

वडा नम्बर ६
वडाअध्यक्ष सन्तोष लिङ्देन नेपाली काङ्ग्रेस
सदस्य तेज वहादुर प्रधान नेकपा एमाले
सदस्य शिव राज चौधरी नेकपा एमाले
महिला सदस्य गिता मिश्र नेकपा एमाले
दलित महिला सदस्य टुना कुमारी विश्वकर्मा नेकपा एमाले

वडा नम्बर ७

वडा अध्यक्ष भुवन सिंह मगर स्वतन्त्र
सदस्य खुशीलाल चौधरी नेकपा एमाले
सदस्य मीनबहादुर गुरुङ नेकपा एमाले
महिला सदस्य सीता देवी अधिकारी नेकपा एमाले
दलित महिला शारदा विश्वकर्मा कामी नेकपा एमाले

वडा नम्बर ८

वडा अध्यक्ष खेम प्रसाद न्यौपाने नेकपा एमाले
सदस्य भोज बहादुर राई नेकपा एमाले
सदस्य रोशन नाथ उप्रेती नेकपा एमाले
महिला सदस्य कुमा देवी दाहाल नेकपा एमाले
दलित महिला सदस्य तुलसा दर्जी नेकपा एमाले

वडा नम्बर ९
वडा अध्यक्ष प्रकाश श्रेष्ठ नेपाली काङ्ग्रेस
वडा सदस्य कयेस मिया नेकपा एमाले
वडा सदस्य राज नारायण खवास नेकपा एमाले
महिला सदस्य रुकमणी घिमिरे नेकपा एमाले
दलित महिला सदस्य सारदा विश्वकर्मा नेकपा एमाले

वडा नम्बर १०
वडा अध्यक्ष राज कुमार राई नेकपा एमाले
वडा सदस्य ओम प्रसाद थपलिया नेकपा एमाले
वडा सदस्य रमेश गौतम नेकपा एमाले
महिला सदस्य वविता खापुङ नेकपा एमाले
दलित महिला सदस्य गंगा माया विक नेकपा एमाले

वडा नम्बर ११
वडा अध्यक्ष विशन लाल चौधरी, माझी नेकपा एमाले
वडा सदस्य विशाल लिम्बु नेपाली काङ्ग्रेस
वडा सदस्य जिव नाथ ढकाल नेकपा एमाले
महिला सदस्य सुष्मा चौधरी दनुवार नेकपा एमाले
दलित महिला सदस्ज्ञाय ज्ञानु माया सार्की नेकपा एमाले

वडा नम्बर १२
वडा अध्यक्ष रोशन प्रसाद ढकाल नेकपा एमाले
वडा सदस्य दिलिप प्रसाद दाहाल नेकपा एमाले
वडा सदस्य कमला श्रेष्ठ नेकपा एमाले
महिला सदस्य निलम थापा नेकपा एमाले
दलित महिला सदस्य प्रमीला आछामे सार्की नेकपा एमाले

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading

Banner

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।

Continue Reading

Banner

मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य

Published

on

बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।

करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।

मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक