शिक्षा / स्वास्थ्य
नेपाल कम्प्युटर सेन्टर सुन्दरहरैंचाको आयोजनामा हुने विभिन्न प्रतियोगितात्मक कार्यक्रमको उद्घाटन
विराटचोकः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको नेपाल कम्प्युटर सेन्टर (एनसीसी) ले आगामी ३ महिनासम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । कम्प्युटर सेन्टरका प्रशिक्षार्थीबीच हुने प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

ज्ञानज्योति इङ्लिस स्कुल सुन्दरहरैंचा–७ गोठगाउँको सभाहलमा भएको उद्घाटन कार्यक्रम सोही विद्यालयका प्रिन्सिपल देवी सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले एसईई दिएर कम्प्युटर सिक्दै गरेका विद्यार्थीहरुलाई आगामी शैक्षिक मार्ग, सिक्नुपर्ने सीप, संस्कार र प्रविधिको बारेमा उत्प्रेरणात्मक भनाइ राखेका थिए । कम्प्युटर सेन्टरलाई आगामी दिनमा साथ र सहयोगको प्रतिबद्घता समेत व्यक्त गरेका थिए ।

सीबी कलेजका सञ्चालक सदस्य एवम् कार्यक्रमका विशेष अतिथि बास्तोलाले कम्प्युटर सेन्टरले विभिन्न कार्यहरुमा साथ र सहयोग गरिरहेको बताए । एसईई पास भएर माथिल्लो कक्षामा पढ्ने विद्यार्थीहरु कम्प्युटर सेन्टरले आयोजना गर्ने विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई सीबी कलेजमा अध्ययनको लागि ५० प्रतिशतसम्म छात्रवृत्ति दिइने समेत उनले घोषणा गरे ।
त्यसैगरी, अतिथिहरुमा सीबी कलेजका शिक्षकहरु खगेन्द्र घिमिरे र रोशन कार्की रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य ज्ञानज्योति स्कुलका शैक्षिक संयोजक जयन्द्र भट्टराईले राखेका थिए । कार्यक्रमको सञ्चालन माधव घिमिरेले गरेका थिए । कम्प्युटर सेन्टरका प्रमुख शम्भु राईको सभापतिपत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
सभापति राईले आगामी दिनमा विद्यार्थीहरुसँग रहेका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विद्यार्थीहरुलाई छात्रवृत्तिसहित पुरस्कारको व्यवस्था रहने जानकारी दिएका थिए ।
कम्प्युटर सेन्टरले आगामी दिनमा बेस्ट टाइपिस्ट, बेस्ट मेल रनर, बेस्ट फिमेल रनर, क्वीज कम्पिटिसन, मिस एनसीसी, मिस्टर एनसीसी, एनसीसी टिकटक स्टारलगायतका प्रतियोगिता हुने राईले जानकारी दिए । प्रशिक्षार्थीलाई कलेज भ्रमणमा लानुको साथै पर्यटकीय क्षेत्रको भ्रमणमा पनि लगिने उनले जानकारी दिए ।

सो औपचारिक कार्यक्रमपछि सीबी कलेजका कम्प्युटर शिक्षक रोशन कार्कीले करीब २ घण्टा विशेष कम्प्युटर कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई कम्प्युटरको उपयोगिताको बारेमा जानकारी गराएका थिए ।

Facebook Comment
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
Banner
रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।
रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login