Connect with us
Advertisement

नेपाल कम्प्युटर सेन्टर सुन्दरहरैंचाको आयोजनामा हुने विभिन्न प्रतियोगितात्मक कार्यक्रमको उद्घाटन

Published

on

विराटचोकः सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको नेपाल कम्प्युटर सेन्टर (एनसीसी) ले आगामी ३ महिनासम्म विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने भएको छ । कम्प्युटर सेन्टरका प्रशिक्षार्थीबीच हुने प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।

ज्ञानज्योति इङ्लिस स्कुल सुन्दरहरैंचा–७ गोठगाउँको सभाहलमा भएको उद्घाटन कार्यक्रम सोही विद्यालयका प्रिन्सिपल देवी सिटौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले एसईई दिएर कम्प्युटर सिक्दै गरेका विद्यार्थीहरुलाई आगामी शैक्षिक मार्ग, सिक्नुपर्ने सीप, संस्कार र प्रविधिको बारेमा उत्प्रेरणात्मक भनाइ राखेका थिए । कम्प्युटर सेन्टरलाई आगामी दिनमा साथ र सहयोगको प्रतिबद्घता समेत व्यक्त गरेका थिए ।

सीबी कलेजका सञ्चालक सदस्य एवम् कार्यक्रमका विशेष अतिथि बास्तोलाले कम्प्युटर सेन्टरले विभिन्न कार्यहरुमा साथ र सहयोग गरिरहेको बताए । एसईई पास भएर माथिल्लो कक्षामा पढ्ने विद्यार्थीहरु कम्प्युटर सेन्टरले आयोजना गर्ने विभिन्न प्रतियोगितामा विजयी हुने विद्यार्थीलाई  सीबी कलेजमा अध्ययनको लागि ५० प्रतिशतसम्म छात्रवृत्ति  दिइने समेत उनले घोषणा गरे ।

त्यसैगरी, अतिथिहरुमा सीबी कलेजका शिक्षकहरु खगेन्द्र घिमिरे र रोशन कार्की रहेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य ज्ञानज्योति स्कुलका शैक्षिक संयोजक जयन्द्र भट्टराईले राखेका थिए । कार्यक्रमको सञ्चालन माधव घिमिरेले गरेका थिए । कम्प्युटर सेन्टरका प्रमुख शम्भु राईको सभापतिपत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सभापति राईले आगामी दिनमा विद्यार्थीहरुसँग रहेका प्रतिभाहरुलाई प्रष्फुटन गर्ने कार्यक्रमहरु सञ्चालन गर्नुका साथै विद्यार्थीहरुलाई छात्रवृत्तिसहित पुरस्कारको व्यवस्था रहने जानकारी दिएका थिए ।

कम्प्युटर सेन्टरले आगामी दिनमा बेस्ट टाइपिस्ट, बेस्ट मेल रनर, बेस्ट फिमेल रनर, क्वीज कम्पिटिसन, मिस एनसीसी, मिस्टर एनसीसी, एनसीसी टिकटक स्टारलगायतका प्रतियोगिता हुने राईले जानकारी दिए । प्रशिक्षार्थीलाई कलेज भ्रमणमा लानुको साथै पर्यटकीय क्षेत्रको भ्रमणमा पनि लगिने उनले जानकारी दिए ।

सो औपचारिक कार्यक्रमपछि सीबी कलेजका कम्प्युटर शिक्षक रोशन कार्कीले करीब २ घण्टा विशेष कम्प्युटर कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई कम्प्युटरको उपयोगिताको बारेमा जानकारी गराएका थिए ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक