Connect with us
Advertisement

वाणिज्य बैंकको शेयरभाउ २०० रुपैयाँभन्दा तल, लगातार सातौँ दिन घट्यो शेयर बजार

Published

on

विराटचोकः आज लगातार सातौँ दिन शेयर बजारमा गिरावट आएको छ । आजको गिरावटसँगै एउटा वाणिज्य बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा पनि तल आएको छ । अन्य केही वाणिज्य बैंकको शेयर मूल्य २ सय रुपैयाँभन्दा थोरै माथि छ ।

सेन्चुरी कमर्सियल बैंकको शेयरभाउ बैंकहरुमा सबैभन्दा सस्तो भएर २ सय रुपैयाँभन्दा पनि तल झरेको हो । सो बैंकको शेयरमूल्य आज १९६ रुपैयाँ ९० पैसामा बन्द भएको छ । इन्ट्रा डे कारोबार (अर्थात् आज दिनभरीको कारोबार) मा सो कम्पनीको शेयर मूल्य १९५ रुपैयाँ २० पैसासम्म झरेको थियो । आज सो कम्पनीको शेयर मूल्य २ सय २ रुपैयाँसम्मको उच्च मूल्यमा कारोबार भएको थियो । हिजो कम्पनीको शेयरमूल्य २ सय रुपैयाँ रहेको थियो ।

उता, सिभिल बैंकको शेयरमूल्य आज ४ रुपैयाँ २० पैसा घटेर २ सय रुपैयाँमा आएको छ । आज सो कम्पनीको शेयरमूल्य २ सय ३ रुपैयाँ ५० पैसासम्म पुगेको थियो । तथापि बजार बन्द हुने समयमा २ सय रुपैयाँमा कारोबार भएको थियो । सो कारोबार नै आजको न्यून बिन्दु रहेको छ ।

त्यस्तै, कुमारी बैंकको शेयर मूल्यमा प्रति कित्ता २ रुपैयाँ ५० पैसा गिरावट आई २ सय १ रुपैयाँ ५० पैसा कायम भएको छ । एनसीसी बैंकको शेयरमूल्य आज प्रति कित्ता ७ रुपैयाँ झरेर २ सय ३ रुपैयाँमा बन्द भएको छ । सिटिजन्स बैंकको शेयर मूल्य प्रति कित्ता २१७ रुपैयाँ रहेको छ ।

बैकहरुमा सबैभन्दा बढी मूल्य नबिल बैंकको रहेको छ । सो बैंकको शेयरमूल्य ८३१ रुपैयाँ ५० पैसा रहेको छ । एनआईसी एशिया बैंकको शेयर मूल्य ७०८ रुपैयाँ ९० पैसा रहेको छ । एभरेस्ट बैंकको शेयरमूल्य ४५१ रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य प्रति कित्ता ४०१ रुपैयाँ रहेको छ ।

आज शेयर बजार मापक नेप्से परिसूचक ४५ दशमलव ५९ अंक घटेर २०२० दशमलव २३ अंकमा बन्द भएको छ । कारोबारमा आएका सबै समूहको सूचकमा रातो पोतिएको छ । बैंक, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रशोधन समूहलगायतका समूहको सूचक बढी घटेको छ ।

बजार घटे पनि उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरभाउ सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । हिमालयन बैंकको शेयरभाउ सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओमानमाथि नेपाल ‘ए’ को सानदार जित

Published

on

नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।

२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।

त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो

Published

on

सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।

सुनको भाउ आज तोलामा २ हजार २००  रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Continue Reading

Banner

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै

Published

on

नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।

दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।

पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक