खेलकुद
ओलम्पिक डे को अवसरमा स्पोर्ट्स फर अल कमिसनको १३ दिने बृहत खेल महोत्सव हुने

विराटचोकः नेपाल ओलम्पिक कमिटी अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन प्रदेश नं. १ समितिले ओलम्पिक डे को अवसरमा यही जेठ २८ गतेदेखि असार ९ गतेसम्म विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।
उत्कृष्टता, सम्मान र मित्रता तीन मूल्य र मान्यतामा रही विश्वव्यापी ओलम्पिक अभियानको बारेमा खेलकुदप्रेमीहरूदेखि सर्वसाधारणले खेलकुद क्रियाकलापहरुको माध्यमबाट जनचेतना, जानकारी, उत्प्रेरणा र सशक्तिकरण गराउने उद्देश्यका साथ बृहत खेलकुद क्रियाकलाप आयोजना हुने भएको हो ।
सीमान्तकृत र प्रतिभाशाली खेलाडी तथा खेलको प्रवद्र्धन, उत्थान, सभ्य समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने आयोजकको उद्देश्य रहेको बताइएको छ ।
कार्यक्रममा मोरङ जिल्लाका विद्यालय, क्लब तथा खेलकुदसँग सरोकार राख्ने संघसंस्थाहरूको सहभागितामा शारीरिक सुगठन (जीम) विधाका प्रतियोगिता हुने भएका छन् । त्यस्तै, ब्याडमिन्टन, फुटसल, बक्सिङ, जिम्न्यास्टिक, बास्केटबल, तेक्वान्दो, छोटो दूरीका दौड, कराते, टेबलटेनिस, लगायतका प्रतियोगिताहरू सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कार्यक्रमको अन्तिम दिन जिल्ला र नगरभरिका खेलाडी, खेलकुद संस्थाहरू, क्लब, विभिन्न सामाजिक संघसंस्था, सुरक्षा संगठनहरू लगायतका सामाजिक व्यक्तित्वहरूको वृहत सहभागितामा विराटचोकदेखि सलकपुर चोकसम्म प्रभातफेरीका साथ सम्पन्न गर्ने स्पोर्ट्स फर अल कमिसन प्रदेश १ समितिका उप–संयोजक रञ्जन ओझाले बताए ।
सो खेल महोत्सव कार्यक्रमका सहयोगी संस्थाहरूमा बीपी अध्ययन प्रतिष्ठानको मोरङ र सुन्दरहरैंचा समिति, नेपाल म्युजिक फेस्टिबल, नेपाल स्कुल अफ अन्ट्रप्रनर्शिप, स्टे«न्थ जीम तथा फिटनेस सेन्टर, विराट इन्जिनियरिङ सोलुसन्स प्रा.लि र कफी क्लब रहेको स्पोर्ट्स फर अल कमिसन मोरङ जिल्ला संयोजक दीपक गुरुङले बताए ।
ओलम्पिक डे को अवसर पारेर नेपाल ओलम्पिक कमिटी प्रदेश नं. १ ले पहिलो पटक वृहत रुपमा आयोजना गरेको कार्यक्रम भव्य र सभ्य रुपमा सफलतापूर्वक सम्पन्न हुनेमा आशावादी रहेको प्रदेश सदस्य (पूर्वाधार विज्ञ) ई. मनोज अधिकारीले बताए ।
Banner
सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
Banner
आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री शुरु

विराटचोकः हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
सो कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँड भएको थियो । बाँकी ६ लाख १८ हजार २ सय ५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Banner
आज राष्ट्रिय धान दिवस

विराटचोकः असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै छ । नेपाली समाजमा आजको दिनलाई दही चिउरा खाने पर्वका रुपमा पनि चिनिन्छ ।
वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजको दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login