खेलकुद
ओलम्पिक डे को अवसरमा स्पोर्ट्स फर अल कमिसनको १३ दिने बृहत खेल महोत्सव हुने
विराटचोकः नेपाल ओलम्पिक कमिटी अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन प्रदेश नं. १ समितिले ओलम्पिक डे को अवसरमा यही जेठ २८ गतेदेखि असार ९ गतेसम्म विविध खेलकुद कार्यक्रम गर्ने भएको छ ।
उत्कृष्टता, सम्मान र मित्रता तीन मूल्य र मान्यतामा रही विश्वव्यापी ओलम्पिक अभियानको बारेमा खेलकुदप्रेमीहरूदेखि सर्वसाधारणले खेलकुद क्रियाकलापहरुको माध्यमबाट जनचेतना, जानकारी, उत्प्रेरणा र सशक्तिकरण गराउने उद्देश्यका साथ बृहत खेलकुद क्रियाकलाप आयोजना हुने भएको हो ।
सीमान्तकृत र प्रतिभाशाली खेलाडी तथा खेलको प्रवद्र्धन, उत्थान, सभ्य समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने आयोजकको उद्देश्य रहेको बताइएको छ ।
कार्यक्रममा मोरङ जिल्लाका विद्यालय, क्लब तथा खेलकुदसँग सरोकार राख्ने संघसंस्थाहरूको सहभागितामा शारीरिक सुगठन (जीम) विधाका प्रतियोगिता हुने भएका छन् । त्यस्तै, ब्याडमिन्टन, फुटसल, बक्सिङ, जिम्न्यास्टिक, बास्केटबल, तेक्वान्दो, छोटो दूरीका दौड, कराते, टेबलटेनिस, लगायतका प्रतियोगिताहरू सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
कार्यक्रमको अन्तिम दिन जिल्ला र नगरभरिका खेलाडी, खेलकुद संस्थाहरू, क्लब, विभिन्न सामाजिक संघसंस्था, सुरक्षा संगठनहरू लगायतका सामाजिक व्यक्तित्वहरूको वृहत सहभागितामा विराटचोकदेखि सलकपुर चोकसम्म प्रभातफेरीका साथ सम्पन्न गर्ने स्पोर्ट्स फर अल कमिसन प्रदेश १ समितिका उप–संयोजक रञ्जन ओझाले बताए ।
सो खेल महोत्सव कार्यक्रमका सहयोगी संस्थाहरूमा बीपी अध्ययन प्रतिष्ठानको मोरङ र सुन्दरहरैंचा समिति, नेपाल म्युजिक फेस्टिबल, नेपाल स्कुल अफ अन्ट्रप्रनर्शिप, स्टे«न्थ जीम तथा फिटनेस सेन्टर, विराट इन्जिनियरिङ सोलुसन्स प्रा.लि र कफी क्लब रहेको स्पोर्ट्स फर अल कमिसन मोरङ जिल्ला संयोजक दीपक गुरुङले बताए ।
ओलम्पिक डे को अवसर पारेर नेपाल ओलम्पिक कमिटी प्रदेश नं. १ ले पहिलो पटक वृहत रुपमा आयोजना गरेको कार्यक्रम भव्य र सभ्य रुपमा सफलतापूर्वक सम्पन्न हुनेमा आशावादी रहेको प्रदेश सदस्य (पूर्वाधार विज्ञ) ई. मनोज अधिकारीले बताए ।

Facebook Comment
Banner
ओमानमाथि नेपाल ‘ए’ को सानदार जित
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।
त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।
सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Banner
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।
दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।
पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login