समाचार
आजदेखि मतदाता नामावली संकलन शुरु

विराटचोकः आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि लक्षित गरेर निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन शुरु गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ७७ वटै जिल्लामा नामावली संकलन कार्य शुरु भएको हो । ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य हुने भएको हो ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन । स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने आयोगले जनाएको छ ।
Banner
सुन्दरहरैंचा १२ को सार्वजनिक सुनुवाइ सम्पन्न

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका साथै वडाले सेवा दिने अन्य विषयमा आधारित रहेर सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकायबीच सार्वजनिक सुनुवाइ भएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले पुरानो पैनी संरक्षणमा काम हुन थाले पनि बस्ती बसिसकेको र बाटो पिच भइसकेको ठाउँमा समस्या हुँदा वडावासीले डुबानको समस्या खेप्नुपरेको बताए । त्यस्तै, प्रक्रियागत ढिलाइले कहिलेकाहीँ औषधी खरीदमा ढिलाइ हुँदा केही औषधी नपाइने गरे पनि ज्येष्ठ नागरिकले पाउने सबै प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गर्न लागिएको जनाए ।
बिजुलीको कम भोल्टेजको समस्या सबैले उठाउने गरेको तर आफ्नो घर अगाडि ट्रान्सफर्मर राख्न कसैले नदिने परिपाटी रहेकाले समस्या जस्ताको तस्तै देखिएको हुँदा ट्रान्सफर्मर राख्ने विषयमा अवरोध गर्न नहुने उनको भनाइ थियो । १० लाखसम्मको लागतका योजना अब वडामै सम्झौता हुने र वडाले नै अनुगमन गर्ने हुनाले योजनासम्बन्धी धेरै समस्याको समाधान हुने विश्वास लिएको उनको भनाइ थियो ।
कार्यक्रममा वडा सदस्यहरु दिलीपप्रसाद दाहाल, नीलम थापा, कमला मास्के, वडा सचिव कृष्णबहादुर दाहाल, ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहाल, युवा संघका नगर सचिव आनन्द बस्नेत, सुकुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठ, विभिन्न दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी र वडावासी सेवाग्राहीको सहभागिता रहेको थियो ।
Banner
सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
Banner
आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री शुरु

विराटचोकः हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
सो कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँड भएको थियो । बाँकी ६ लाख १८ हजार २ सय ५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login