समाचार
सुन्दरहरैंचामा जेठ मसान्तसम्म ३१ करोड १७ लाख २६ हजार घाटा बजेट

विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा ३१ करोड १७ लाख २६ हजार रुपैयाँ घाटा बजेट भएको छ । यसलाई नगरपालिकाले ठूलो चुनौतीको रुपमा लिएको बताइएको छ ।
नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालका अनुसार प्रक्रियाबिना नियुक्त कर्मचारी, दरबन्दीबिना हमतिमा थपिएका कर्मचारीका कारण नगरलाई ठूलो व्ययभार परेको हो । चुनावी वर्षको बजेट रहेकाले अन्धाधुन्ध खर्च गरी अप्रत्याशित दायित्व सिर्जना भएको ढकालको भनाइ छ ।
ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएअनुसार नयाँ जनप्रतिनिधि नगरको अप्रत्याशित रुपमा सिर्जित दायित्वबाट पछि नहट्ने भए पनि घाटा बजेटलाई साथमै लिएर जानुपर्ने हुँदा चुनावी प्रतिबद्धता पूरा गर्न असहज हुने देखिएको छ । घाटा बजेटले सिर्जना गरेको विषम परिस्थितिमा घोषणापत्रमा उल्लेखित उद्देश्य पूरा गर्न अपेक्षाअनुकूल बजेट विनियोजन गर्न नसके पनि चालु खर्चलाई कटौती गरी अपेक्षाअनुरुप नै सेवा प्रवाह वितरण गर्ने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ आज नगरपालिकाले जारी गरेको विज्ञप्तिः
Banner
इटहरीका विद्यालय पनि आजदेखि ३ दिन बिदा, रामधुनीमा आज बिदा

इटहरीः अविरल वर्षका कारण जनजीवन प्रभावित भएपछि इटहरी उपमहानगरपालिकाले आजदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार रातिदेखि निरन्तर भएको वर्षाका कारण इटहरी उपमहानगरपालिका भित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।
उपमहानगरपालिकाको शिक्षा शाखाको निर्णयअनुसार इटहरी क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु असार १७ गतेसम्म बन्द हुने भएका हुन् । बाढीबाट विद्यालय जाने बालबालिकामाथि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले तीन दिन विद्यालय बन्द गरिएको जनाइएको छ । बाढीबाट विस्थापित भई समस्यामा परेका नागरिकलाई अल्पकालीन रुपमा विद्यालयमै आवासको व्यवस्था गर्नुपर्ने भएकाले पूर्वतयारीस्वरुप विद्यालयमा पठनपाठन बन्द गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।
उता, सुनसरीको रामधुनी नगरपालिकाले आज १ दिनका लागि विद्यालय बन्द गरेको छ । विराटनगर महानगरपालिकाले हिजो एक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय असार १७ गतेसम्म बन्द गर्ने निर्णय गरको थियो ।
अविरल वर्षाको असरः विराटनगरका विद्यालयमा ३ दिन बिदा
Banner
सुन्दरहरैंचा १२ को सार्वजनिक सुनुवाइ सम्पन्न

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका साथै वडाले सेवा दिने अन्य विषयमा आधारित रहेर सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकायबीच सार्वजनिक सुनुवाइ भएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले पुरानो पैनी संरक्षणमा काम हुन थाले पनि बस्ती बसिसकेको र बाटो पिच भइसकेको ठाउँमा समस्या हुँदा वडावासीले डुबानको समस्या खेप्नुपरेको बताए । त्यस्तै, प्रक्रियागत ढिलाइले कहिलेकाहीँ औषधी खरीदमा ढिलाइ हुँदा केही औषधी नपाइने गरे पनि ज्येष्ठ नागरिकले पाउने सबै प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गर्न लागिएको जनाए ।
बिजुलीको कम भोल्टेजको समस्या सबैले उठाउने गरेको तर आफ्नो घर अगाडि ट्रान्सफर्मर राख्न कसैले नदिने परिपाटी रहेकाले समस्या जस्ताको तस्तै देखिएको हुँदा ट्रान्सफर्मर राख्ने विषयमा अवरोध गर्न नहुने उनको भनाइ थियो । १० लाखसम्मको लागतका योजना अब वडामै सम्झौता हुने र वडाले नै अनुगमन गर्ने हुनाले योजनासम्बन्धी धेरै समस्याको समाधान हुने विश्वास लिएको उनको भनाइ थियो ।
कार्यक्रममा वडा सदस्यहरु दिलीपप्रसाद दाहाल, नीलम थापा, कमला मास्के, वडा सचिव कृष्णबहादुर दाहाल, ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहाल, युवा संघका नगर सचिव आनन्द बस्नेत, सुकुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठ, विभिन्न दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी र वडावासी सेवाग्राहीको सहभागिता रहेको थियो ।
Banner
सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login