Connect with us
Advertisement

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाइते

Published

on

बेलबारीः मोरङको बेलबारी–११ स्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

आज दिउँसो सवा १२ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमाल र मोटरसाइकलमा सवार मोरङको पथरीशनिश्चरे .–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा कुसुमलाललाई डाक्टरले मृत घोषणा गरेका थिए ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भ्रष्टाचार र आगोले सकियो देश नत जनता भ्रष्टाचारका विरुद्ध एक हुन्छ्न नत सरकार प्रशासन गृहमन्त्री जंगलमा लागेको आगो निभाउने प्रयास गर्छ ।

Published

on

भ्रष्टाचार र आगोले सकियो देश नत जनता भ्रष्टाचारका विरुद्ध एक हुन्छ्न नत सरकार प्रशासन गृहमन्त्री जंगलमा लागेको आगो निभाउने प्रयास गर्छ ।

Continue Reading

Banner

सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै

Published

on

मोरङ
सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको सोहि कार्यक्रम अनुसार आज टोलमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियोे उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत को उपस्थिति रहेको थियो ।  साथै स्थानिय बुद्धिजीवी समाजसेवी र स्थानीय बासिन्दाहरुको उपस्थितिमा टोल सरसफाइ कार्यक्रम गरिएको छ। टोललाई नमुना टोल बनाएर अगाडि बढाउनका लागि नवनिर्वाचित टोल विकास संस्थाकि अध्यक्ष भिमा राई कार्की ज्यूले महत्त्वपूर्ण भुमिका खेल्नुभएको छ। उहाँ भन्नुहुन्छ “स्वास्थ्य रहनु हामी सबैको कर्तव्य हो टोललाई समृद्ध बनाई यस टोलका बालबालिका देखि वृद्ध सम्म कुनै पनि फोहोरजन्य वस्तुको प्रदुषणबाट गुज्रिएर बस्न नपरोस् भनेर हामीले प्रत्येक महिना टोलका हरेक बाटो नहरहरुमा सरसफाइ कार्यक्रम सुरु गर्न थालेको कुरा जानकारी दिनुभएको छ।”
साथै अन्य धेरै कार्यक्रमहरुलाई अगाडि बढाउदै आईरहेको कुरा पनि उहाँले बताउनुभयो ।

Continue Reading

Banner

टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ

Published

on

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा छ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।

वेस्ट इन्डिज ‘ए’ ले यसअघि नै श्रृङ्खला ३–१ ले जितिसकेको छ । आजको अन्तिम खेलपछि नेपाली टोली भोलि फ्लोरिडा जानेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक