Connect with us
Advertisement
Advertisement

जय पृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषित

Published

on

विराटचोकः बझाङ्गी राजा जय पृथ्वीबहादुर सिंहलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सोसम्बन्धी जानकारी दिएका हुन् ।

नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको उनले जानकारी दिए । नेपालका राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

सिंहले १९५८ सालमा गोरखापत्र प्रकाशनमा ल्याएका थिए । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामको पुस्तक पनि लेखेका थिए । विसं १९९७ असोज १ गते उनको निधन भएको थियो ।

मन्त्रिपरिषद्का निर्णय :

१. संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने।
२. सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने।
३. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने।
४. नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने।
५. नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने।
६. कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने।
७. राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

वर्षाले संखुवासभाका २ स्थानमा कोशी राजमार्ग बन्द

Published

on

फाइल तस्बिर

खाँदबारीः निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गत सङ्खुवासभाको सम्मटार र वरुण खोलामा सडक बन्द भएको छ । यी स्थान विराटनगर– किमाथाङ्का सडकमा पर्छन् ।

देशभर पहिरोले राष्ट्रिय राजमार्ग अन्तर्गतका सडकको ४५ ठाउँमा अवरोध भएको सडक विभागले जनाएको छ । मुख्य राजमार्गबाहेक सिन्धुली, दार्चुला, मोरङ, बाग्लुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, नवलपरासी (पूर्व), धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न ठाउँमा पहिरो जाँदा सडक बन्द भएको विभागले जनाएको छ ।

Continue Reading

Banner

इटहरीका विद्यालय पनि आजदेखि ३ दिन बिदा, रामधुनीमा आज बिदा

Published

on

इटहरीः अविरल वर्षका कारण जनजीवन प्रभावित भएपछि इटहरी उपमहानगरपालिकाले आजदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार रातिदेखि निरन्तर भएको वर्षाका कारण इटहरी उपमहानगरपालिका भित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

उपमहानगरपालिकाको शिक्षा शाखाको निर्णयअनुसार इटहरी क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु असार १७ गतेसम्म बन्द हुने भएका हुन् । बाढीबाट विद्यालय जाने बालबालिकामाथि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले तीन दिन विद्यालय बन्द गरिएको जनाइएको छ । बाढीबाट विस्थापित भई समस्यामा परेका नागरिकलाई अल्पकालीन रुपमा विद्यालयमै आवासको व्यवस्था गर्नुपर्ने भएकाले पूर्वतयारीस्वरुप विद्यालयमा पठनपाठन बन्द गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।

उता, सुनसरीको रामधुनी नगरपालिकाले आज १ दिनका लागि विद्यालय बन्द गरेको छ । विराटनगर महानगरपालिकाले हिजो एक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय असार १७ गतेसम्म बन्द गर्ने निर्णय गरको थियो ।

अविरल वर्षाको असरः विराटनगरका विद्यालयमा ३ दिन बिदा

 

Continue Reading

Banner

सुन्दरहरैंचा १२ को सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका साथै वडाले सेवा दिने अन्य विषयमा आधारित रहेर सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकायबीच सार्वजनिक सुनुवाइ भएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले पुरानो पैनी संरक्षणमा काम हुन थाले पनि बस्ती बसिसकेको र बाटो पिच भइसकेको ठाउँमा समस्या हुँदा वडावासीले डुबानको समस्या खेप्नुपरेको बताए । त्यस्तै, प्रक्रियागत ढिलाइले कहिलेकाहीँ औषधी खरीदमा ढिलाइ हुँदा केही औषधी नपाइने गरे पनि ज्येष्ठ नागरिकले पाउने सबै प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गर्न लागिएको जनाए ।

बिजुलीको कम भोल्टेजको समस्या सबैले उठाउने गरेको तर आफ्नो घर अगाडि ट्रान्सफर्मर राख्न कसैले नदिने परिपाटी रहेकाले समस्या जस्ताको तस्तै देखिएको हुँदा ट्रान्सफर्मर राख्ने विषयमा अवरोध गर्न नहुने उनको भनाइ थियो । १० लाखसम्मको लागतका योजना अब वडामै सम्झौता हुने र वडाले नै अनुगमन गर्ने हुनाले योजनासम्बन्धी धेरै समस्याको समाधान हुने विश्वास लिएको उनको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्यहरु दिलीपप्रसाद दाहाल, नीलम थापा, कमला मास्के, वडा सचिव कृष्णबहादुर दाहाल, ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहाल, युवा संघका नगर सचिव आनन्द बस्नेत, सुकुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठ, विभिन्न दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी र वडावासी सेवाग्राहीको सहभागिता रहेको थियो ।

सुन्दरहरैंचा २ को सार्वजनिक सुनुवाइ सम्पन्न, हिमाल चोकलाई पहिलेकै अवस्थामा फर्काइने वडाध्यक्षको उद्घोष

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक