Connect with us
Advertisement
Advertisement

शेयर बजार सुस्त, ८५ करोडको पनि भएन कारोबार

Published

on

विराटचोकः हिजो झण्डै ४० अंकले बढेको शेयर बजारमा आज फेरि गिरावट आएको छ । लगानीकर्ता हतास बन्दै गएका छन् भने कारोबार पनि न्यून मात्रामा हुने गरेको छ । आज ४ घण्टाको कारोबारमा ८५ करोड रुपैयाँको पनि शेयर कारोबार भएन । १ वर्ष अघि एकै दिन २० अर्बसम्मको कारोबार भएको थियो ।

आज २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर २० हजार ४ सय २० पटक किनबेच भएको छ । आज जम्मा ८४ करोड ३७ लाख ७३ हजार ४ सय ५९ रुपैयाँको शेयर किनबेच भएको छ । ३१ दशमलव २१ अंक घटेर १८९३ दशमलव ५३ बिन्दुमा बन्द भएको बजार जम्मा १ दशमलव ६२ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा सूचीकृत सबै समूहको सूचकमा रातो पोतिएको छ । १३ वटै समूहको सूचक १ प्रतिशतदेखि पौने ३ प्रतिशतसम्म घटेको छ । घटेको बजारमा आज २५ कम्पनीको शेयरभाउ भने बढेको छ । ग्लोबल आईएमई समुन्नत स्किम र आँधीखोला लघुवित्तको शेयर भाउ १० प्रतिशतले बढेको छ । युनाइटेड इदी मादी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी र सिन्धु विकास बैंक उच्च मूल्य घट्ने ५ कम्पनीमा परेका छन् ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इटहरीका विद्यालय पनि आजदेखि ३ दिन बिदा, रामधुनीमा आज बिदा

Published

on

इटहरीः अविरल वर्षका कारण जनजीवन प्रभावित भएपछि इटहरी उपमहानगरपालिकाले आजदेखि ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार रातिदेखि निरन्तर भएको वर्षाका कारण इटहरी उपमहानगरपालिका भित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले यस्तो निर्णय गरेको हो ।

उपमहानगरपालिकाको शिक्षा शाखाको निर्णयअनुसार इटहरी क्षेत्रका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरु असार १७ गतेसम्म बन्द हुने भएका हुन् । बाढीबाट विद्यालय जाने बालबालिकामाथि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले तीन दिन विद्यालय बन्द गरिएको जनाइएको छ । बाढीबाट विस्थापित भई समस्यामा परेका नागरिकलाई अल्पकालीन रुपमा विद्यालयमै आवासको व्यवस्था गर्नुपर्ने भएकाले पूर्वतयारीस्वरुप विद्यालयमा पठनपाठन बन्द गरिएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।

उता, सुनसरीको रामधुनी नगरपालिकाले आज १ दिनका लागि विद्यालय बन्द गरेको छ । विराटनगर महानगरपालिकाले हिजो एक सूचना जारी गरी महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालय असार १७ गतेसम्म बन्द गर्ने निर्णय गरको थियो ।

अविरल वर्षाको असरः विराटनगरका विद्यालयमा ३ दिन बिदा

 

Continue Reading

Banner

सुन्दरहरैंचा १२ को सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १२ को सार्वजनिक सुनुवाइ मंगलबार सम्पन्न भएको छ । वडा कार्यालयले चालु आर्थिक वर्षमा गरेका विकास निर्माण तथा सामाजिक विकाससम्बन्धी कामका साथै वडाले सेवा दिने अन्य विषयमा आधारित रहेर सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवाला निकायबीच सार्वजनिक सुनुवाइ भएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रोशनप्रसाद ढकालले पुरानो पैनी संरक्षणमा काम हुन थाले पनि बस्ती बसिसकेको र बाटो पिच भइसकेको ठाउँमा समस्या हुँदा वडावासीले डुबानको समस्या खेप्नुपरेको बताए । त्यस्तै, प्रक्रियागत ढिलाइले कहिलेकाहीँ औषधी खरीदमा ढिलाइ हुँदा केही औषधी नपाइने गरे पनि ज्येष्ठ नागरिकले पाउने सबै प्रकारका औषधी निःशुल्क दिने व्यवस्था गर्न लागिएको जनाए ।

बिजुलीको कम भोल्टेजको समस्या सबैले उठाउने गरेको तर आफ्नो घर अगाडि ट्रान्सफर्मर राख्न कसैले नदिने परिपाटी रहेकाले समस्या जस्ताको तस्तै देखिएको हुँदा ट्रान्सफर्मर राख्ने विषयमा अवरोध गर्न नहुने उनको भनाइ थियो । १० लाखसम्मको लागतका योजना अब वडामै सम्झौता हुने र वडाले नै अनुगमन गर्ने हुनाले योजनासम्बन्धी धेरै समस्याको समाधान हुने विश्वास लिएको उनको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्यहरु दिलीपप्रसाद दाहाल, नीलम थापा, कमला मास्के, वडा सचिव कृष्णबहादुर दाहाल, ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचा १२ का अध्यक्ष शिवप्रसाद दाहाल, युवा संघका नगर सचिव आनन्द बस्नेत, सुकुना माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठ, विभिन्न दलका प्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी, सञ्चारकर्मी र वडावासी सेवाग्राहीको सहभागिता रहेको थियो ।

सुन्दरहरैंचा २ को सार्वजनिक सुनुवाइ सम्पन्न, हिमाल चोकलाई पहिलेकै अवस्थामा फर्काइने वडाध्यक्षको उद्घोष

Continue Reading

Banner

सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

Published

on

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक