स्थानीय तह
सुन्दरहरैंचाको नगरसभाः उत्कृष्ट ३ कर्मचारी पुरस्कृत, प्रक्रिया नपुर्याई भर्ना भएका २ दर्जन कर्मचारी ‘बर्खास्त’
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको दशौँ नगरसभा बिहीबार सम्पन्न भएको छ । सभामा उपप्रमुख अकली चौधरीले १ अर्ब ८१ करोड ५३ लाख ६२ हजार ७ सय ३४ रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् ।
बजेट प्रस्तुत भइसकेपछि सो नगरसभाले विभिन्न ८ वटा निर्णय पास गरेको छ । जसमा कर्मचारीलाई पुरस्कृत गर्नेदेखि कर्मचारीलाई सेवबाट हटाउनेसम्मका निर्णय रहेका छन् ।
नगर प्रमुख केदारप्रसाद गुरागाईँले जनही ५० हजार रुपैयाँ राशीको उत्कृष्ट कर्मचारी पुरस्कार वासुदेव सुवेदी र टीकाराम जमरकट्टेललाई दिने प्रस्ताव राखेका थिए । त्यस्तै, २ लाख रुपैयाँ राशीको सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार आठौं तहका अधिकृत जीवन चापागाईँलाई दिने प्रस्ताव राखेका थिए । सो प्रस्ताव नगरसभाले पारित गरेको हो । चापागाई २६ वर्ष १ महिना १३ दिन काम गरी आजदेखि सेवानिवृत्त हुँदैछन् ।
नगरसभाले प्रक्रिया नपुर्याई भर्ना भएका करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको छ । सो निर्णयका कारण २ दर्जन हाराहारी कर्मचारीको करार अवधि सकिने नगरपालिका स्रोतको भनाइ छ ।
Facebook Comment
Banner
थप ५ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको अलजजिराले जनाएको छ ।
ती पाँच वटा देशहरुमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया रहेका छन् । अमेरिका प्रवेशमा थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो पछिल्लो कदम थ्यांक्स गिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि आएको हो ।
प्रशासनले सुरक्षा जोखिमको कारण देखाउँदै आप्रवासन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरेको जनाएको छ । साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ ।
यसअघि जुन महिनामा ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गर्नुभएको थियो ।
Banner
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि शुरू हुँदै
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान शुरू हुने भएको छ । हिजो बेलुकादेखि नै शुरू हुने भनिएको मतदान स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेपछि मात्रै मतदान थाल्ने तयारी छ । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा समेत बसेका थिए । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको पोखरेलले बताउनुभयो ।
उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान शुरू गर्न ढिलाइ भएको हो । मतदानको लागि ८० वटा मेसिन विद्युतीय तयार गरिएको छ । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि झन्डै ६ सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ ।
Banner
आजको राशिफल — २०८२ साल पुस २ गते
आज २०८२ साल पुस २ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर १७ तारिख । पौष कृष्ण पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
मेष : दिन सामान्य छ । दैनिक काम बन्नेछ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । साथीभाइसँग परामर्श लिनु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ ।
वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ । लगानी गर्नुभएको भए फाइदा हुनेछ । उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ । बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ । राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।
कर्कट : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । रोगले सताउने जोखिम छ । परिवारमा भने मिष्ठान्न भोजन मिल्नेछ ।
सिंह : दिन सामान्य राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।
कन्या : दिन राम्रो छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । सामान्य सोच्नुभएका व्यक्तिबाट धोका हुनेछ । रोगबाट मुक्ति मिल्नेछ । उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।
वृश्चिक : दिन राम्रो छ । धन कमाउने अवसर स्वदेशमा देखिने छन् । मन खुशी हुने दिन छ । स्वास्थ्यमा सुधार हुने देखिन्छ । धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ ।
धनु : बोल्दा सचेत हुनुपर्ने दिन छ । दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास गर्ने बानीले धोका हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ ।
मकर : दिन सहज छ । तपाईंको प्रशंसा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइसँग भेट हुने योग छ । राजनीतिमा भने सचेत बन्नुपर्नेछ । व्यापारमा मिहिनेत गरे फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य राम्रो छ । हराएको धन भेटिनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ । लगानी गर्दा साथीसँग सहकार्य गरेमा फाइदा हाेला ।
मीन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले उपचारमा ध्यान दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login