विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । ज्येष्ठ नागरिक समाजको २ नम्बर वडा कार्यालयमा भएको भवनमा वडावासी सेवाग्राहीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष विवश प्रधानले दिएका थिए ।
सेवाग्राहीले राखेका जिज्ञासाको जवाफ दिँदै वडाध्यक्ष प्रधानले वडाको पर्यटकीय स्थलको रुपमा विकास भएको हिमाल चोकको दुर्दशा अब धेरै दिन नरहने बताए । ‘हिमाल चोकलाई पहिलेकै जस्तो रमणीय स्थल बनाइनेछ’, उनले भने ।
‘हिमाल चोकमा रहेको सीसी क्यामेरा बिग्रिएकाले त्यसलाई मर्मत गरिनेछ,’ प्रधानले भने, ‘त्यहाँ पहिले झिलिमिली बत्ती बल्थ्यो, पानीको फोहरा झथ्र्याे, अहिले त्यो सबै बिग्रिएको छ । तर, पहिलेको त्यो सौन्दर्यलाई फर्काइनेछ ।’ हिमालचोकमा रहेको पार्कमा रहेको मृगको मूर्ति हराएकोमा त्यो फेला परिसकेको र त्यसलाई ल्याएर स्थापना गर्न मात्र बाँकी रहेको उनको भनाइ थियो ।
हिमाल चोकबाट हरैंचा जाने बाटोको स्तरोन्नति गरिने पनि उनले बताए । बजार व्यवस्थापनअन्तर्गत प्रत्येक शनिबार वडाको सरसफाइ गर्ने, उच्च कोटीको सीसी क्यामेरा जडान गर्ने, प्रत्येक पसलमा डस्बिन राखिने र वडामा जनचेतनामूलक जिङ्गल
वडा सचिव गुणनिधि दाहालले चालु आर्थिक वर्षको हालसम्मको पञ्जीकरण विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार चालु आर्थिक वर्षमा ६ सय ८१ जनाको जन्मदर्ता र ६४ जनाको मृत्यु दर्ता भएको छ । १ सय १० जोडीको विवाह दर्ता, ४ जोडीको सम्बन्ध विच्छेद दर्ता र १ सय ५ परिवारको बसाइँसराइँ दर्ता भएको छ । वडा सचिव दाहालले चालु आर्थिक वर्षमा भएका सामाजिक विकास र पूर्वाधार विकासतर्फका कामको पनि जानकारी गराएका थिए ।
सेवाग्राही उमाकान्त चौलागाईँले फौदारे पैनीमा मरेका कुखुरा, कुकुरलगायतका जनावरको सिनो बगरे आउने गरेकोमा त्यस्तो वस्तु फ्याँक्नेलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।
कार्यक्रममा मध्यनारायण चौधरी, शरण डाँगी, लीलानाथ गच्छदार, खगेन्द्रकुमार तिम्सिना, देवेन्द्र ढुङ्गाना, हर्कमान लिम्बू, मनोज घिमिरे, राजेन्द्र कटुवाल, संगम खत्री, शिवनारायण चौधरीलगायतले जिज्ञासा राखेका थिए । उनीहरुका जिज्ञासाको वडाध्यक्ष प्रधानले जवाफ दिएका थिए ।
You must be logged in to post a comment Login