Connect with us
Advertisement

कनकलक्ष्मी सहकारीको ३१ लाख रुपैयाँ हिनामिना, घटनामा संलग्न कर्मचारी २ महिनामा रकम तिर्न सहमत

Published

on

विराटचोकः २ वर्ष अघि ८ वटा सहकारी मर्ज भएर बनेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको बचत रकम हिनामिना भएको छ । झण्डै ३१ लाख रुपैयाँ हिनामिना भएको पाइएको संस्थाले जनाएको छ ।

संस्थाको सेवा केन्द्र गोठगाउँमा कार्यरत कर्मचारी विवेक खवासले संस्थालाई थाहा नदिई सदस्यको कीर्ते हस्ताक्षर गरी बचत रकम झिक्ने गरेका थिए । त्यस क्रममा उनले संस्थामा नियमित रुपमा कारोबार गर्न नआउने व्यक्तिको खाताको प्रयोग गर्ने गरेका थिए । चिनजानका व्यक्तिले रेमिट्यान्सबाट पठाएको पैसा निकालेर खातामा राख्न अह्राउँदा उनले सो पैसा आफैँ लग्ने गरेको पाइएको संस्थाले जनाएको छ । संस्थाको सफ्टवेयरबाट रसिद काटिए पनि सो रसिद सफ्टवेयरबाट हटाउने (रिजेक्ट गर्ने) जस्ता कार्य गर्दै आएकोे पाइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत शेखर भट्टराईले बताए । शुक्रबार पैसा गणना गर्दा पूरा रकम नभएपछि सम्बन्धित कर्मचारीलाई सोधपुछ गर्दा हिनामिना भएको पाइएको संस्थाले जनाएको छ ।

रकम हिनामिना भएको पाइएपछि प्रहरी चौकी गछियामा लगेर १ दिन राखी सोधपुछ गर्दा तथा हिसाब हेर्दा करीब ३१ लाख बराबरको रकम हिनामिना गरेको पाइएको सञ्चालक समिति अध्यक्ष अर्जुनराज अधिकारीले बताए ।

त्यसपछि वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आले मगर र वडा नम्बर ३ का वडाध्यक्ष विदुर ढुंगानासहित संस्थाका प्रतिनिधि बसेर कर्मचारीले हिनामिना गरेको रकम असुल उपर गर्ने गरी लिखित कागज भएको अध्यक्ष अधिकारीले बताए ।

अधिकारीका अनुसार ती कर्मचारीले ९ लाख ९५ हजार रुपैयाँको चेक संस्थालाई दिएका छन् । बाँकी २१ लाख रुपैयाँ भदौ १० गतेसम्ममा तिर्ने शर्तमा उनलाई छाडिएको छ ।

अधिकारीका अनुसार हिनामिना गर्ने व्यक्ति आर्थिक अवस्था कमजोर भएका व्यक्ति भएका हुनाले उनले सो रकम कतै लगानीमा लगाएको होला भन्ने केही शेयर सदस्यले बताएपछि २ महिनाको समय दिइएको हो । संस्थाका सदस्यलाई मार पर्ने गरी गरिएको यो बदमासीमाथि थप छानबिन गरी कारवाही हुने संस्थाका अध्यक्ष अधिकारी बताउँछन् । अध्यक्ष अधिकारीले संस्थाले नगरपालिका तथा प्रदेश रजिष्टार कार्यालयलाई घटनाको विषयमा जानकारी गराइसकेको बताए ।

रकम हिनामिना गर्ने कर्मचारी गोठगाउँमा रहेको सेवा केन्द्रको काउन्टरमा बस्ने गरेका थिए । केन्द्रका प्रमुख बिदामा बस्दा सेवालाई सहज होस् भनेर उनलाई एड्मिन आइडी दिइने गरेको थियो । सोही क्रममा उनले सो आइडीको दुरुपयोग गरी हिसाब हिनामिना गर्ने गरेको पाइएको संस्थाले जनाएको छ ।

सो संस्थाका ६ वटा सेवा केन्द्रहरु रहेका छन् । ती सेवा केन्द्रमार्फत् झण्डै ८ हजार शेयर सदस्य र बचतकर्ताको रकम सङ्कलन हुने गरेको छ ।

संस्थाका शेयर सदस्यले रकम हिनामिना गर्ने कर्मचारीलाई कानुनी कार्वाही गर्नुपर्ने बताउँदै आएका छन् । प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई किन छाडियो भन्ने विषय गम्भीर रहेको र कतै सञ्चालकको पनि मिलेमतो त छैन भन्ने शंका उब्जिएको शेयर सदस्य रामकृष्ण खड्का बताउँछन् । तर, अध्यक्ष अधिकारीका अनुसार २४ घण्टाभन्दा बढी प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले उनलाई छाडिएको बताउँछन् । ती कर्मचारीलाई सेवाबाट निलम्बन गरिएको र यस सम्बन्धमा संस्थाले सार्वजनिक रुपमा जानकारी गराउने अधिकारीले जानकारी दिए ।

सुन्दरहरैंचामा कार्यक्षेत्र भएका ८ वटा सहकारी संस्था २ वर्ष अघि २०७७ साल असार २९ गते गोठगाउँमा एक कार्यक्रम गरी मर्ज भएका थिए । मर्जपछि कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार भएको थियो । सुन्दरपुर बचत तथा ऋण सहकारी संस्था, गछिया बचत तथा ऋण सहकारी संस्था, गुराँस बचत तथा ऋण सहकारी संस्था, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था, न्यू नमुना बचत तथा ऋण सहकारी संस्था, पिण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था, घरआँगन बचत तथा ऋण सहकारी संस्था र प्रारम्भ बचत तथा ऋण सहकारी संस्था एकापसमा गाभिएर कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था बनेको थियो ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक