स्थानीय तह
विपद् व्यवस्थापनमा खटिन जनप्रतिनिधिलाई सुन्दरहरैंचा नगरप्रमुखको आग्रह
विराटचोकः अविरल वर्षाले गर्दा सुन्दरहरैंचाका केही क्षेत्रमा डुबान र कटान हुनुका साथै एक जनाको ज्यान गएको छ । आज बिहान बसेको नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधिलाई विपद् व्यवस्थापनमा खटिन अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा बसेको बैठकले नगरभित्र तत्काल राहत र उद्धारको क्षेत्र पहिचान गरी आवश्यक कार्यहरू गर्ने निर्णय गरेको छ । विपदको सामना गरिरहेका नगरवासीहरूलाई सम्बन्धित वडाको वडाअध्यक्ष र सदस्यहरूसँग सम्पर्क गरी विपद तथा क्षतिको विवरण जानकारी गराउन पनि अनुरोध गर्ने निर्णय भएको छ ।
नगर क्षेत्रका सबै वडामा बाढी र डुबानले सिर्जना गरेका समस्याहरू समाधान गर्नका लागि पानीको प्राकृतिक बहाब रोक्ने र छेक्ने किसिमका अवरोधहरू हटाउन जरूरी भएको बैठकले निष्कर्ष निकालेको नगरप्रमुख गुरागाईँले बताए ।
सो कार्यका लागि विपदको समयमा उद्धार र विपद व्यवस्थापनमा खटिन सबै जनप्रतिनिधिहरू, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, सुरक्षा निकायहरू र कर्मचारीहरूलाई निर्देशन दिइसकिएको बताइएको छ । विपद व्यवस्थापन, उद्धार र राहतमा खटिन नगरमा रहेका राजनीतिक दलहरू, सामाजिक संघसंस्था लगायत सबै सरोकारवाला व्यक्ति÷पक्षहरूलाई नगरपालिकाले अनुरोध गरेको छ ।
आज साँझ नगरप्रमुख गुरागाईँले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेका हुन् ।
यस्तो छ सूचनाको पूर्ण पाठः
आदरणीय नगरबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी एवम् सरोकारवाला महानुभावहरू,
यस वर्षको मनसुन सुरु भएसँगै गएरातिदेखि परेको अविरल वर्षाले नगरका १२ वटै वडाहरू डुबानमा परेका साथै नगर क्षेत्र भएर बहने खोलाहरूको बहाव बढी खोला किनारामा बसोबास गर्ने नागरिकहरू विपदको जोखिममा परेको अवस्था छ । विपदको अवस्थामा सचेत भई बसिदिनु हुन सम्पूर्ण नगरबासी महानुभावहरूमा हार्दिक अनुरोध छ ।
यस्तो विपदको विषम परिस्थितिबाट हुनसक्ने जनधनको क्षति रोक्नका साथै विपदमा परेका नगरवासीहरूको जोखिम न्यूनीकरणका लागि आज बिहान ८ बजे बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको बैठकले यस नगरभित्र तत्काल राहत र उद्धारको क्षेत्र पहिचान गरी आवश्यक कार्यहरू गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदै विपदको सामना गरिरहनुभएका नगरवासीहरूलाई सम्बन्धित वडाको वडाअध्यक्ष र सदस्यहरूसँग सम्पर्क गरी विपद तथा क्षतिको विवरण जानकारी गराउन हुन अनुरोध छ ।
नगर क्षेत्रका सबै वडामा बाढी र डुबानले सिर्जना गरेका समस्याहरू समाधान गर्नका लागि पानीको प्राकृतिक बहाब रोक्ने र छेक्ने किसिमका अवरोधहरू हटाउन जरूरी भएको बैठकको निष्कर्ष रहेको छ । सो कार्यका लागि विपदको समयमा उद्धार र विपद व्यवस्थापनमा खटिन सबै जनप्रतिनिधिहरू, नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, सुरक्षा निकायहरू र कर्मचारीहरूलाई निर्देशन दिइसकिएको छ । विपद व्यवस्थापन, उद्धार र राहतमा खटिन नगरमा रहेका राजनीतिक दलहरू, सामाजिक संघसंस्था लगायत सबै सरोकारवाला व्यक्ति÷पक्षहरूलाई नगरपालिका हार्दिक अपिल गर्दछ ।
विपदको समयमा उद्धार, राहत, पुनःस्थापना तथा विपद व्यवस्थापनको दीर्घकालीन समाधानका लागि प्रदेश सरकार र संघीय सरकारसँग सहयोगका लागि अनुरोध छ । नदीतटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको सुरक्षाका लागि नगरस्तरीय उद्धार टोली गठन गरी आवश्यकताअनुसार उद्धार, राहत र व्यवस्थापन गर्न आवश्यक पहल गरिने व्यहोरा समेत सम्पूर्ण नगरबासीहरूमा अनुरोध गर्दछौं ।
साथै सुन्दरहरैँचा–६, सिसौघारी बस्ने वर्ष ५८ को रामबहादुर विश्वकर्माको आजै बिहान गछिया खोलाको बाढीले बगाई भएको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति नगरपालिका हार्दिक समवेदना प्रकट गर्दछ ।

Facebook Comment
Banner
सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login