Connect with us
Advertisement

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल नेपालको ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’

Published

on

काठमाडौंः ५ हजार १ सय ८० मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटेल बनेको छ । ‘वर्ल्ड बुक्स रेकर्डस्’ लन्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रूपमा सो होटलले प्रमाणपत्र पाएको छ ।

सोमबार बेलुका राजधानीमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डस्’ को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरूका लागि नै खुसी र गौरवको कुरा भएको बताए । उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रूपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनस्र्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको उनको भनाइ थियो । केही दिन भित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनर्स्थापित गर्ने एजेन्डाहरू घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले जनाए ।

‘वर्ल्ड बुक्स रेकर्डस्’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटलका प्रबन्ध निर्देशक लगायतलाई बधाई दिए । सन २००४ देखि होटल सञ्चालनमा आएको प्रबन्ध निर्देशक शेर्पाले बताए ।

कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा सञ्चारकर्मी फुर्वा शेर्पा, गायक निर्णय श्रेष्ठ, मिलन गुरुङ, अजय अधिकारी सुशील, फोटोग्राफर हरि गोपाल प्रधालगायतको उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

Published

on

छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे

२२ वर्षे छोरा त्रिलोकलाई जिउँदै इाटाभट्टामा हालेर मार्ने कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमसहितलाई सजायको माग गर्दै अनवरत अदालत धाएका श्रीनारायण सिंह (८३) ले खर्च धान्न ३ बिघा जमिनसमेत बेचे
Continue Reading

Banner

आज – १५ बैशाख २०८१ शनिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Published

on

स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिमहलको प्राङ्गण विराटचोकमा वृहत् खुल्ला रक्तदान कार्यक्रम भएको हाे ।

सञ्चालन : केपी घिमिरे
सभापति : दीपक गुरुङ (स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक)
प्रमुख अतिथि : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल
विशिष्ट अतिथि : समाजसेवी ललितबहादुर श्रेष्ठ
विशिष्ट अतिथि : साहित्यकार पुरन राई
विशिष्ट अतिथिहरू क्रमशः नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू: मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे,विशाल पौडेल
अतिथिहरू क्रमश: सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समिति अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा,खगेन्द्र रिजाल, बलु विष्ट, पत्रकार खेमचन्द्र अधिकारी (शिखरबास अनलाइन), कृष्णचन्द्र सुवेदी ( पूर्वी अनलाइन) लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी अतिथिको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य : जिम सञ्चालक कृष्ण दाहाल।

कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए।

विराटचोक ,मोरङ

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक