Connect with us
Advertisement

भानु जयन्तीको अवसरमा ‘आदिकविप्रति सम्झना र समर्पण’ कार्यक्रम सम्पन्न

Published

on

विराटचोकः आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीको अवसर पारेर भानु साझा पुस्तकालय सुन्दरहरैंचा र सुन्दरहरैंचा कला साहित्य विकास समितिले रचना वाचन कार्यक्रम सम्पन्न गरेका छन् । नझरेका फूलहरुको सहआयोजनामा भएको आदिकविप्रति सम्झना र समर्पण कार्यक्रमको प्रमुख अतिथि साहित्यकार मनु मञ्जिल रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्जिलले भाषिक एकता कायम गर्ने आदिकवि भानुभक्त आचार्यजस्ता साहित्यकारको शालिक तोडिनु दुर्भाग्यपूर्ण भएको बताए । नेपालमा भन्दा भारतको सिक्कम र दार्जिलिङमा भानुभक्तको सम्मानमा धेरै कार्यक्रम हुने गरेको उनले स्मरण गरे ।

कार्यक्रममा सुन्दरहरैंचाका साथै इटहरी, विराटनगर, केराबारीलगायतका स्थानबाट आएका साहित्यकारले आफ्ना तथा भानुभक्तका रचना वाचन गरेका थिए ।

कार्यक्रममा प्रमोद ढकाल ‘प्रिन्स’, फणिन्द्र घिमिरे, रमेशप्रसाद धमला, रुपनारायण श्रेष्ठ, श्रीप्रसाद पोखरेल, निर्मला ढकाल, बालकृष्ण सिग्देल, सीता खतिवडा, विशाल गुरागाई, जीवन राई, खेमराज आचार्य, टेकबहादुर मोक्तान, अस्मिता भट्टराई, जेबी थुलुङ, राजेन्द्र सर्वहारा, तारा पराजुली र भैरव सापकोटाले रचना वाचन गरेका थिए ।

भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राईको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दरहरैंचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रम पुस्तकालयका साहित्यक सचिव गीतप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक