कोशी प्रदेश
मुख्यमन्त्री राईले यसरी जोडे फोटो पत्रकारितालाई नेपाल भ्रमण वर्षसँग
विराटनगरः फोटो पत्रकारितालाई नेपाल भ्रमण वर्षसँग जोड्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिलाई सफल बनाउन फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
विराटनगरमा शुरु नेपाल फोटो पत्रकार महासङ्घको प्रथम महाधिवेशनको आज उद्घाटन गर्दै उनले फोटो पत्रकारले देशलाई सही बाटोमा ल्याउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ठूलो भूमिका खेलेको स्मरण गरे । मुख्यमन्त्री राईले प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रचारका लागि फोटो पत्रकारलाई भ्रमणमा सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारकर्मीले मन्त्री तथा नेताको कमीकमजोरी तथ्यसहित समाचार सम्प्रेषण गरेमा मुलुकमा सुशासन कायम हुने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यावसायिक पत्रकारको जीवनयापनका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष नीति ल्याउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव रमेश विष्टले फोटो पत्रकारलाई प्राविधिक दक्षता प्रदान गर्न महासङ्घले आवश्यक तालीमको आयोजना गरिरहेको बताए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की, फोटो पत्रकार महासङ्घका केन्द्रीय सभापति ध्रुव आले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मोरङ अध्यक्ष ऋषि पोखरेल, नेपाली काङ्ग्रेस मोरङ सचिव मोदराज घिमिरे, फोटो पत्रकार महासङ्घका महासचिव हरि रेग्मी, प्रदेश प्रमुख वेदराज पौडेल, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेललगायतले आफ्नो भनाइ राखेका थिए ।
सो अवसरमा मुख्यमन्त्री राईले प्रदेशको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेवापत पत्रकार मोहन भण्डारी र हर्ष सुब्बालाई रु २१ हजार १ सयसहित दोसल्ला ओढाएर सम्मान गरे ।

Facebook Comment
Banner
अमेरिका र इरानबीचको तनाव चर्कियो
मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले इरानको हर्मुज जलमार्गमा रहेको क्युशिम टापुमा ‘आत्मरक्षाका लागि’ सैन्य कारबाही गरेको जनाएको छ ।
कतारी सञ्चारमाध्यम अलजजीराका अनुसार इरानले कुवेत र बहराइनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको छ । कुवेतको वायु प्रतिरक्षा प्रणालीले आकाशमै ती आक्रमण निष्क्रिय पारेको र बहराइनमा पनि अमेरिकी तथा बहराइनी सुरक्षा संयन्त्रले मिसाइलहरू अवरोध गरेको अमेरिकाको दाबी छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफ स्वरूप ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले होर्मुज जलमार्ग नजिकै रहेको एक इरानी तेल ट्याङ्कर तथा केश्म टापुको दक्षिणी क्षेत्रमा रहेको सञ्चार टावरमा प्रहार गरेको थियो ।
आईआरजीसीले त्यसपछि अमेरिकी तथा इजरायली हितका जहाज र क्षेत्रीय सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमणका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
Banner
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै
प्रतिनिधिसभाको बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदैछ । सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत गरेको बजेटमाथि आजदेखि दफाबार छलफल शुरू हुने संघीय संसद् सचिवालयले जनाएको छ ।
यसैबीच प्रतिनिधिसभा नियमावली, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको हिजोको बैठकबाट नियमावली पारित भएको हो ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ को नियम २ देखि २६३ सम्म र अनुसूची १ देखि ७ सम्म नियमावलीको अङ्ग बनेको घोषणा गर्नुभयो । बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति पराजुलीले जवाफ दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत गरेको थियो ।
Banner
आज पनि सुनचाँदीको भाउ घट्यो
आज सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा ५ हजार ५०० रुपैयाँ घटेर २ लाख ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा २ लाख ९० हजार ५०० मा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि २१५ रुपैयाँ घटेको छ । आज चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login