स्थानीय तह
सुन्दरहरैंचाको वडा नम्बर १० मा बसाइँ सरी आउनेको आकर्षण, यस्तो छ तीन आर्थिक वर्षको तथ्याङ्क
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट बसाइँ सरी जानेको भन्दा बसाइँ सरी आउनेको सङ्ख्या उच्च रहेको छ । त्यसमा पनि वडा नम्बर १० बसाइँ सरी आउनेको रोजाइमा पर्ने गरेको छ । सुन्दरहरैंचामा बसाइँ सरी आउनेमध्ये विगत ३ आर्थिक वर्षमा सबैभन्दा धेरै वडा नम्बर १० मा नै बसाइँ सरी आउने गरेको तथ्याङ्कले देखाउँछ ।
सुनसरीको इटहरी उपमहानगरपालिकासँग जोडिएको यो पालिकामा विशेषगरी पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, पाँचथर, इलाम, सङ्खुवासभा लगायतका साथै तराईका केही क्षेत्रबाट बसाइँ सरी आउनेको सङ्ख्या उल्लेख्य छ । शहरीकरणतर्फ उन्मुख हुँदै गरेको यो नगर सुन्दर, शान्त र बसोबासका लागि उपयुक्त भएकाले पनि नागरिकको आकर्षण बढेको हो । ग्रामीण क्षेत्रको जनसङ्ख्या क्रमशः घट्दै गइरहेको बेला यस क्षेत्रमा भने जनसङ्ख्या बढ्दो क्रममा रहेको छ ।
नगरपालिकाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६\०७७ मा बसाइँ सरी आउनेको सङ्ख्या २ हजार ५२ रहेको छ भने बसाइँ सरेर जानेको सङ्ख्या ४ सय ८० रहेको छ । सो आर्थिक वर्षमा ५४४ परिवार बसाइँ सरी आएका छन् भने १४३ परिवार बसाइँ सरी गएका छन् । सबैभन्दा धेरै वडा नम्बर १० मा ७९ परिवारका ३०० जना बसाइँ आएका छन् भने सबैभन्दा धेरै वडा नम्बर ११ बाट ११ परिवारका ३७ जना बसाइँ सरी गएका छन् । सबैभन्दा कम वडा नम्बर २ मा २४ परिवारका ७० जना बसाइँ सरी आएका छन् भने सबैभन्दा कम वडा नम्बर वडा नम्बर ३ र १० बाट १९\१९ जना बसाइँ सरी गएका छन् ।

आर्थिक वर्ष २०७७\०७८ मा बसाइँ सरी आउने २ हजार ७ सय ४८ जना रहेका भने बसाइँ सरी जानेको सङ्ख्या ९ सय रहेको छ । सो आर्थिक वर्षमा ७ सय ७४ परिवार बसाइँ सरी आउँदा २ सय ५७ परिवार बसाइँ सरी गएका छन् । यो आर्थिक वर्षमा पनि सबैभन्दा धेरै वडा नम्बर १० मा १२२ परिवारका ४४१ जना बसाइँ सरी आएका छन् । सबैभन्दा धेरै वडा नम्बर ११ बाट ३८ परिवारका १३७ जना बसाइँ सरी गएका छन् । सबैभन्दा कम वडा नम्बर १ मा १७ परिवारका ४९ जना बसाइँ सरी आएका छन् भने सबैभन्दा कम वडा नम्बर ८ बाट ८ परिवारका २१ जना बसाइँ सरी गएका छन् ।
आर्थिक वर्ष २०७८\०७९ मा आइपुग्दा यो दर बढेर बसाइँ सरी ६ हजार १ सय १६ जना आएका छन् भने बसाइँ जानेको सङ्ख्या १ हजार ६ सय ८५ जना रहेको छ । गत आर्थिक वर्षमा १ हजार ७ सय परिवार बसाइँ सरी आएका छन् भने ५ सय १३ परिवार बसाइँ सरी गएका छन् ।

गत आर्थिक वर्षमा पनि अघिल्ला २ आर्थिक वर्षको झैँ वडा नम्बर १० मा सबैभन्दा धेरै मानिस बसोबासका लागि बसाइँ सरी आएका छन् । सो वडामा गत आर्थिक वर्षमा २३९ परिवारका ८१९ जना मानिस बसाइँ सरी आएका छन् । त्यस्तै, वडा नम्बर ६ बाट धेरै बसाइँ सरी गएका छन् । सो वडाका ६२ परिवारका २०० जना बसाइँ सरी गएको नगरपालिकाको तथ्याङ्कले देखाउँछ । सबैभन्दा कम बसाइँ सरी जानेमा वडा नम्बर १२ रहेको छ । सो वडाबाट २६ परिवारका ७५ जना बसाइँ सरी गएका छन् भने सबैभन्दा कम वडा नम्बर १ मा २८ परिवारका ११४ जना बसाइँ सरी आएका छन् ।
१२ वटा वडा रहेको यो नगर बसोबासका लागि योग्य मानिन्छ । जनसङ्ख्या वृद्धि र शहरीकरणले शहरी क्षेत्रको स्रोत, साधन, सेवा सुविधा, भौतिक पूर्वाधार विकास, वातावरण र सुशासनमा समस्या ल्याउने देखिएको छ ।
शहरीकरणले जनसङ्ख्या वृद्धिसँग सेवा, सुविधा, सडक, विद्युत, खानेपानी आदिको व्यवस्थापन गर्न कठिन हुने छ । यसले गर्दा अत्यावश्यक पूर्वाधारहरु तथा सेवाहरुमा न्यून पहुँच हुन्छ । मापदण्ड बिना जग्गा प्लटिङ गर्ने, घर बनाउने कार्यले शहरी व्यवस्थपन र वातावरणीय समस्या सिर्जना भइरहेको छ । सडक विस्तार, ढल निकास, फोहरमैला व्यवस्थापन र आपतकालीन सेवा पु¥याउन चुनौती थपिएको नगरपालिकाको भनाइ छ ।
शहरीकरणले झैझगडा चोरी, डकैती, जस्ता आपराधिक क्रियाकलाप बढ्ने तथा शान्ति सुरक्षाका साथै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा समस्या सिर्जना हुने गरेको पाइन्छ । उता, बढ्दो बजारीकरणले व्यापर व्यवसायमा सहयोग पुग्ने गरेको छ ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login