Connect with us
Advertisement

करारका कर्मचारीको म्याद थप्न गाउँपालिका राष्ट्रिय महासंघको अनुरोध

Published

on

विराटचोकः देशका धेरै स्थानीय तहले करारका कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेका छन् । सो कार्यको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले विरोध गरेको छ । उसले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ ।

स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षकलगायतको करार अवधि नथपिएको हो । यसरी करार सेवाका अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका कामकारबाहीमा पनि असर पर्ने महासंघको भनाइ छ । लोक सेवा÷प्रदेश लोक सेवाबाट सिफारिस भई कर्मचारी नआएसम्मका लागि करार सेवाका कर्मचारीलाई नै निरन्तरता दिन महासंघले आग्रह गरेको छ ।

महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार गाउँ सभाबाट स्वीकृत दरबन्दीमा लोकसेवाबाट कर्मचारी आएपछि करारका कर्मचारीको अवधि स्वतः सकिने हुनाले करारका कर्मचारीलाई अन्याय नगर्न अनुरोध गरिएको छ ।

‘कार्यक्षमताको मूल्याङ्कन नगरी एकमुष्ट रूपमा करारका कर्मचारी हटाउने र पुन सोही पदमा करारमा नियुक्ति गरिनु न्यायिक तथा रोजगारी हकको दृष्टिकोणबाटसमेत उपयुक्त हुँदैन,’ महासंघले भनेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा करारका कर्मचारीको म्याद थप गरी स्थानीय सरकारको कार्यसम्पादनमा प्रभावकारिता ल्याउनेतर्फ केन्द्रित हुन महासंघले आग्रह गरेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading

Banner

सेयरबजारमा गिरावट, १७ अंकले घटेर साढे १४ अर्बको कारोबार

Published

on

बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज साताको अन्तिम दिन समग्र बजार दोहोरो अंकले घटे पनि हाइड्रोपावर समूहका शेयरमा भने लगानीकर्ताको उत्साह देखिएको छ ।

बिहीबार नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ३२० स्टकको १ लाख ३८ हजार ८८३ पटकको कारोबारमा १४ अर्ब ५६ करोड रुपैयाँबराबरको ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता शेयर खरिदबिक्री भएको छ। गत बुधबार ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको छ।

बिहीबार टप गेनरमा परेका स्टकहरु अधिकांश जलविद्युत समूहबाट परेका छन् । हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भएका छन् भने कालिका पावर, रावा इनर्जी, शुभम पावर, युनियन हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर टप गेनर कम्पनीमा परे त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेर घटे भने सान्भि इनर्जी, दरमखोला हाइड्रोपावर, एसवाई प्यानल नेपाल जस्ता कम्पनीहरु ९ प्रतिशत भन्दा बढीले घटेको छन् भने हिमस्टार ऊर्जा, ट्रेड टावर र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज ८ प्रतिशतले तथा विकास हाइड्रोपावरको शेयर मूल्य भने ७ प्रतिशत भन्दा बढीले घटेका छन् ।

कुल कारोबारमा जलविद्युत समूहका कम्पनीको कारोबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन कुल कारोबारमा ५८ प्रतिशत हुन आउँछ । टप गेनरमा हाइड्रोपावर कम्पनी आए पनि नेप्से परिसूचकलाई सकारात्मकतातिर डोर्याउन सकेन ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ भने लगानी समूह ०.०८ प्रतिशत र म्युचुएल फन्ड समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको छ । विकास बैंक समूह सबैभन्दा धेरै २.२३ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.१२ प्रतिशत, अन्य समूह १.१२ प्रतिशत, वित्त समूह १.७५ प्रतिशत र होटल तथा पर्यटन समूह १.२९ प्रतिशतले घटेको छ ।

Continue Reading

Banner

पुसमा गाडी दुर्घटनाः २ सय ३८ जनाले ज्यान गुमाए

Published

on

गएको पुस महिनामा गाडी दुर्घटनामा परेर देशभर २ सय ३८ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुसमा ४ हजार ५ सय ४९ वटा गाडी दुर्घटना हुँदा २ सय ३८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ सय ९२ जना पुरुष, ३१ जना महिला, १५ जना बालबालिका छन् ।

पुसमा गाडी दुर्घटनामा ६ सय ६३ जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५३ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।

पुस महिनामा सबैभन्दा धेरै २ हजार ३ सय ८२ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ७ सय ३६, बस १ सय ८०, टेम्पो २ सय ४७ वटा दुर्घटनामा परेका छन् । २ सय ८८ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।

सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् ।

गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु, चालकको असक्षमता, यात्रुले हतारमा बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले पुस महिनामा ८८ हजार ९ सय ६९ जना चालकलाई कारबाही गरेर ८ करोड ४ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक