अर्थ
साउन २१ भित्र वित्तीय विवरण प्रकाशित गर्न राष्ट्र बैंकको निर्देशन
विराटचोकः यसअघि साउन ३० भित्रमा गत आर्थिक वर्षको वित्तीय विवरण पेश गर्नुपर्ने नियम भए पनि अब भने साउन २१ गतेभित्रमा विवरण पेश गरिसक्नुपर्ने भएको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो व्यवस्था भएको हो । सो व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिएको २१ दिनभित्र चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) प्रकाशिन गर्नुपर्नेछ ।
प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमा राख्नुपर्ने र सोको व्यहोरा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी प्रकाशित वित्तीय विवरणको एक प्रति राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ ।
हालसम्म एनआईसी एशिया बैंकले मात्रै गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गरेको छ ।
गत आर्थिक वर्षको वित्तीय विवरण प्रस्तुत गर्ने पहिलो कम्पनी बन्यो आरएसडीसी लघुवित्त
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login