Connect with us
Advertisement

इनरुवामा पुस १५ गतेदेखि मनमोहन स्मृति क्रिकेट प्रतियोगिता हुने

Published

on

तस्बिरः राष्ट्रिय खेलकुद परिषद
इनरुवाः सुनसरीको इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा दोस्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेदेखि सुनसरीको इनरुवामा हुने भएको छ ।

इनरुवा रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टोली (आर्मी÷पुलिस÷एपीएफ), सातै प्रदेश, मलेसियाको राष्ट्रिय टिम र आयोजक गरी १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने बताइएको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने र समूहको शीर्ष टिम सोझै सेमीफाइनलमा पुग्ने जनाइएको छ ।

उपाधी विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार तथा सेमीफाइनलमा पराजित हुने टिमले समान ३० हजार नगद पुरस्कार पाउने भएका छन् । प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ३ हजार ५ सय नगद र ‘म्यान अफ द सिरिज’ लाई नगद ५५ हजार दिइने जनाइएको छ ।

प्रतियोगिताले इनरुवालाई चिनाउन अझ सहयोग पुग्ने विश्वास राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले पत्रकार सम्मेलनमा लिए । इनरुवा नगरपालिका मेयर राजन मेहताले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने बताए ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले पुरुष क्रिकेट आयोजना गर्दै आइरहेकोमा अब महिला क्रिकेट आयोजनामा पनि सेन्टरले ध्यान दिने बताए । प्रतियोगिता सञ्चालन गर्न १ करोड २५ लाख २ हजार ५ सय खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading

Banner

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

Published

on

फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक