कोशी प्रदेश
हरैँचामा रहेको वर्षा मापक केन्द्रमा ८५ वर्षका कर्मचारी

विराटचोकः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतमा रहेको जल तथा मौसम विज्ञान विभाग वर्षा मापक केन्द्र मोरङको सुन्दरहरैंचामा स्थापना भएको ६९ वर्ष पुगेको छ । बर्खाको समयमा विशेष गरी वर्षात् हँुदा पानीको मात्रा मापन गरेर जनतालाई सूचना दिने गरी सो केन्द्र स्थापना भएको हो ।
हरेक दिन बिहान ८ः४० बजे वर्षात्को अवस्था मापन गरेर काठमाडौँमा पठाइने गरेको छ । केही वर्ष यता भने क्षेत्रीय कार्यालय धरान सुनसरीमा जानकारी गराउने गरेको त्यहाँ कार्यरत लक्ष्मीकुमार मास्केले बताए । २०२० सालदेखि निरन्तर काम गर्दै आएका मास्के ८५ वर्षका भइसकेका छन् ।
भारत सरकारले २०१० सालमा यो केन्द्र राखेको थियो । पछि २०२४ सालमा नेपाल सरकारले केन्द्र खोलेपछि भारतले आफ्नो केन्द्र यहाँबाट हटाएको मास्के बताउँछन् । त्यो समयमा भारतले मासिक २० रुपैयाँमा काम लगाएको थियो । नेपालले सो केन्द्र खोलेपछि भारतले दिने तलब दिन्छु भनेपछि धेरै वर्ष मासिक २० रुपैयाँमा काम गरेको उनले बताए । अहिले उनी महिनाको ६ हजार रुपैयाँ बुझ्छन् ।
मास्के हुलाकबाट भारतलाई दिल्लीमा महिना दिनमा सूचना पठाएको अनुभव पनि सुनाउँछन् । पानीको सबैभन्दा धेरै मापन गत वर्ष कात्तिकमा मापन गरिएको उनले बताए । हरैँचाको हात्तीसारको करीव ३ कट्ठा जग्गा कम्पाउण्ड गरेर राखिएको छ । अहिले यहाँ एउटा भवन निर्माण गरी मास्के परिवार नै बस्दै आएको छ । ज्यालादारीमा दैनिक २ सयको दरले काम गर्दै आएका मास्के अहिले महँगीले बाँच्न समेत नसकिने अवस्था आएको बताउँछन् ।
यहाँ मानव सञ्चालित र स्वचालित यन्त्र जडान गरिएको छ ।
Facebook Comment
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login