स्थानीय तह
यस्तो छ विराटनगरका मेयरको सम्पत्ति

विराटनगरः केही दिनअघि पोखराका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण प्रस्तुत गरेका थिए । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको सम्पत्ति प्रस्तुत गरेका थिए ।
यता, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पनि आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले ४ बिघा जग्गा, ८० तोला सुन र ३ करोड रुपैयाँ मूल्यको कार आफ्नो सम्पत्तिका रुपमा देखाएका छन् ।
मेयर कोइरालाले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा आफ्नो जग्गा रहेको उल्लेख गरेका छन् । उनको नाममा विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्गमिटर अर्थात् ८५ कठ्ठा जग्गा छ । उक्त सबै जग्गा आफ्नो पैत्रिक सम्पत्ति रहेको उनले भरेको विवरणमा उल्लेख छ । यस्तै विराटनगर ११ मा पैत्रिक सम्पत्तिबाट पाएको ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उनले बताएका छन् । यद्यपि उक्त जग्गा भाइको नाममा रहेको कैफियतमा उल्लेख गरिएको छ ।
त्यस्तै, २० वर्षअगाडि खरिद गरेको ८० तोला सुन पनि आफूसँग रहेको बताएका छन् । त्यसबेला ८ लाख रुपैयाँमा सुन किनेको उनले उल्लेख गरेका छन् । सानिमा बैंकमा १० लाख रुपैयाँ नगद मौज्दात रहेको र सो पनि पैत्रिक सम्पत्तिबाटै आएको उनले उल्लेख गरेका छन् । आफ्नो नाममा टोयोटाको प्राडो १ थान रहेको बताएका छन् । जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
यसबाहेक अन्य सम्पत्ति र कुनै कम्पनीमा लगानी वा शेयर खरीदको बारेमा उनले केही पनि उल्लेख गरेका छैनन् ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा भोलिदेखि गोदावरी रिसोर्ट सञ्चालनमा आउने

नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो ।
रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा प्रकृति र मनोरञ्जनको उत्कृष्ट संयोजन रहेको हुनाले अतिथिलाई आरामदायी वातावरणमा अद्वितीय अनुभव दिने लक्ष्य राखेको रिसोर्ट सञ्चालक रमेश खड्काले जानकारी दिनुभयो ।
रिसोर्ट परिसरको रेष्टुरेन्टमा नेपाली तथा विदेशी परिकारको स्वाद लिन सकिने तथा लजमा आरामदायी कोठाहरु रहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा बाल उद्यान, बोटिङ तथा सेमिनार हल पनि उपलब्ध रहेका छन् ।
कोशी प्रदेश सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्न रिसोर्टले भूमिका खेल्ने सञ्चालकको भनाइ छ ।
Banner
पेप्सीकोला टाउनप्लानिङबाट ६० लाख लुटपाट, २० जना पक्राउ

३१ चैत, काठमाडौं । पेप्सीकोलास्थित टाउन प्लानिङबाट ६० लाख रुपैयाँ लुटपाट भएको छ । बुधबार राति करिब ९ बजेतिर एक व्यक्तिको दुई वटा झोलामा रहेको उक्त रकम लुटपाट भएको हो ।लुटपाटको आरोपमा प्रहरीले अहिलेसम्म २० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । लुटपाट घटना अनुसन्धान भइरहेको भन्दै प्रहरीले केही सार्वजनिक गरेको छैन । २० जना पक्राउ परेको भने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले पुष्टि गरे । प्रहरी स्रोतका अनुसार लुटपाट भएको बताउने व्यक्ति बौद्ध बस्ने रितेश लामा हुन् । रकम लुटिएपछि बुधबार राति नै उनी काँडाघारीस्थित प्रहरी प्रभागमा गएर घटनाबारे जानकारी गराएका थिए । उनले प्रहरीलाई बताए अनुसार जग्गाको बैना गर्न रकम लिएर आउनु भनेपछि आफू रकम लिएर गएको बताएका छन् । आफ्नो कारमा दुई वटा झोलामा ६० लाख रुपैयाँ लिएर गएको उनको दाबी छ । जग्गाको टाउन प्लानिङमा पुगेपछि जग्गाबारे एक जनासँग कुराकानी भइरहेका बेला ८–९ जनाको समूह आएको र गाडीमा रहेको दुई वटा झोलोको रकम लुटेको उनले बताएका छन् । त्यसपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सीसीटिभी फुटेजमा समेत लुटेर लगेको देखिएको थियो । रकम लुटेपछि केही परसम्म भने कारमार्फत लामाले पिछा गरेको पनि देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । लुटेरा समूह भने मोटरसाइकल र स्कुटरमा चढेर फरार हुन्छ ।पक्राउ परेका २० जनाबाट प्रहरीले ३० लाख रुपैयाँ बरामद समेत गरिसकेको छ । एउटा झोलामा रहेको २८ लाख ५० हजार एकमुस्ट भेटिएको छ । बाँकी रकम भने साँखु लगेर बाँडफाँड गरेको पक्राउ परेकाहरूले प्रहरीसमक्ष बताएका छन् । लुटिएको बताउने लामाले सुरुमा ६० लाख लुटिएको बताएका थिए । पछि हिसाब गर्दा ७६ लाख रहेको दाबी गरेको प्रहरीले बताएको छ । उक्त रकमबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यति ठूलो रकम किन उनले नगदै बोकेर हिँडे र रकमको स्रोत के हो भन्नेबार अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
Banner
रविले थुनामुक्त माग गर्दै दायर गरेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

३१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको मुद्दा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा पेशी परेको छ ।
हाल भैरहवा कारागारमा रहेका लामिछाने गत शुक्रबार मात्रै आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएका थिए । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् । उक्त निवेदनमाथिको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा परेको हो । ढुंगानाको इजलासको पहिलो नम्बरमा पेशी परेको छ । यसअघि सहकारी ठगी प्रकरणमा १३ माघ २०८१ मा बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए । सरकारी पक्षले धरौटीमा छाड्ने आदेश बदर गर्दै पुर्पक्षमा लागि थुनामै राख्नुपर्ने माग गरेको थियो भने रविले धरौटीको आदेश खारेज गर्दै साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका थिए । उच्च अदालत गएका यी दुवै पक्षको निवेदन एकसाथ राखेर सुनुवाइ भएको थियो । जसमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश गरे । अदालतको आदेशको सम्मान गर्दै शरीरमा रगत रहेसम्म लडाइँ जारी राख्ने लामिछानेले बताएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login