शेयर
वार्षिक साधारण सभाको लागि अपर तामाकोशी र राधी जलविद्युतले तोके मिति, दुवैको छैन लाभांश
विराटचोकः गत आर्थिक वर्षको प्रगति विवरणसहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेलगायतका कामका लागि अपर तामाकोशी हाइड्रोपावर र राधी जलविद्युत कम्पनीले मिति तय गरेका छन् ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले चौधौँ वार्षिक साधारणसभा भदौ ३ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बोलाएको छ ।
सभाले कम्पनीको पूँजीवृद्धिका लागि प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने बताइएको छ । प्रबन्धपत्रमा प्रस्तावित संशोधनहरुमा नियमन नियकाहरुको निर्देशनमा परिजमार्जन, हेरफेर तथा थपघट गर्न आवश्यक हुने भएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ ।
सर्वसाधारण समूहबाट एक महिलासहित ४ जना सञ्चालकको निर्वाचन, मनोनयन वा नियुक्ति गर्ने र आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्ने पनि साधारणसभाको कार्यतालिकामा छ ।
साउन १८ गते बुक क्लोज गर्ने भएकाले यही साउन १७ गतेसम्म सो कम्पनीको शेयर किन्ने लगानीकर्ताले साधारण सभामा भाग लिन पाउनेछन् ।
उता, राधी विद्युत कम्पनीले साउन ३० गते साधारण सभा गर्ने भएको छ । सो कम्पनीले पनि यसपटक लगानीकर्तालाई बोनस नदिने भएको छ । कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान अनुमोदन हुनुका साथै आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा रहने भएको छ ।
कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान साढे ११ बजे भर्चुअल माध्यमबाट हुने सभाका लागि कम्पनीले साउन २० गते बुक क्लोज गर्ने भएकाले सो कम्पनीको साधारण सभामा भाग लिन चाहनेले साउन १९ गतेभित्रमा शेयर किनिसक्नुपर्नेछ ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login