Connect with us
Advertisement

थारु आइकन २०७९ का लागि आवेदन खुला, विजेतालाई दुबई भ्रमण गराइने

Published

on

विराटचोकः थारु कला, संस्कृति, भेषभुषा, भाषा, खानपान तथा रीतिरिवाजलाई संरक्षण गर्न तथा थारु प्रतिभालाई उजागर गर्न मिस्टर एण्ड मिस थारु आइकन हुने भएको छ ।

थारु कला केन्द्रको आयोजनामा हुने नोबेल मिस्टर एण्ड मिस थारु आइकन २०७९ का लागि आवेदन खुल्ला गरिएको र थारु कला केन्द्रको वेब साइटबाट अनलाइन आवेदन गर्न सकिने केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष बिएन चौधरीका अनुसार पहिलो र दोस्रो संस्करण सफलतापूर्वक संम्पन्न गरेको केन्द्रले तेस्रो संस्करणमा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने गरी कार्यक्रम हुने जनाएको छ । साउन मसान्तसम्म फारम भरेपछि विराटनगर, गाईघाट, झुम्का, बिर्तामोड, दुहबी र नेताचोक लगायत ठाउँमा अडिसन हुने कार्यक्रम संयोजक सनराइज चौधरीले बताए ।

आयोजकका अनुसार एसएलसी तथा एसईई उत्तीर्ण, १६ वर्षदेखि २७ वर्षसम्मका अविवाहित थारु महिला तथा पुरुषले आवेदन दिन सक्नेछन् । यो संस्करणका विजेताले नगद पुरस्कार पाउनुका साथै दुबई भ्रमण गर्न पाउनेछन् । अध्ययनका लागि निःशुल्क छात्रवृत्ति, निःशुल्क बेसिक एण्ड मेकअप कोर्ष, म्युजिक भिडियोमा अवसर पाउने चौधरीले बताए ।

अन्य सौन्दर्य प्रतियोगिताभन्दा फरक यो प्रतियोगितामा थारु समुदायको सौन्दर्यता र प्रतिभालाई मात्र झल्काउने नभई थारुको कला संस्कृति, परम्परा, भेषभुषा र भाषालाई बचाउन र अन्तरराष्ट्रिय स्तरमा चिनाउने र अवसर मिल्ने केन्द्रका सल्लाहकार देवकृष्ण विश्वास बताउँछन् ।

अनलाइनका साथै सुनसरीमा जेयस कलेक्सन खनार, अफ्टर डार्क दुहबी, मेघा डिजिटल झुम्का, राइजिङ डान्स एण्ड जुम्बा सेन्टर झुम्काबाट पनि अडिसनको फर्म भर्न सकिनेछ ।

झापामा पर्पल किचेन एण्ड इन्टेरियर दमक र उदयपुरमा जे एण्ड फुडल्याण्ड एण्ड पार्टी प्यालेस गाईघाटबाट आवेदन फारम भर्न र बुझाउन सकिने केन्द्रले जनाएको छ ।

मोरङको निशिल पुस्तक नेताचोक, क्लासिक रेष्टुरेन्ट एण्ड बार नेताचोक, ए वान फोटो स्टुडियो झोराहाट, ह्याज ट्याग फुड एण्ड बार विराटनगर, आइफोन केयर विराटनगरमा आवेदन फारम भर्न र बुझाउन सकिने बताइएको छ ।

प्रतियोगिताको पहिलो संस्करणमा विजेता तेजेन्द्र विश्वास र सिवानी चौधरी भएका थिए । सो संस्करणमा फस्र्ट रनर अप सिजन चौधरी र सृजना चौधरी, सेकेन्ड रनर अप सुवास चौधरी र अंकिता चौधरी भएका थिए ।

दोस्रो संस्करणको विजेता अमन चौधरी र अंकिता विश्वास रहेका थिए । सो संस्करणमा करण माझी र रेसिका चौधरी फस्ट रनर अप तथा पारस चौधरी र सोनम चौधरी सेकेण्ड रनर अप भएका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक