समाचार
नवनियुक्त अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण
विराटचोकः बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताकोे आरोप लागेपछि असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।
संसदीय छानबिन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको भन्दै शर्मालाई सफाइ दिएको थियो । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । साँझ शपथ लिएलगत्तै अर्थ मन्त्रालयमा शर्माले पदभार ग्रहण गरेका हुन् ।
मन्त्रालयमा राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।
Facebook Comment
Banner
सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा पूर्ण सुनुवाइमा पठायो
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दुई अभियोगपत्र संशोधनका लागि महान्यायाधिवक्ताले गरेको निर्णय विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले चैत १ गते पेसी तोक्न आदेश गरेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा महान्यायाधिवक्ताको निर्णयलाई प्रथम दृष्टिमै गैरकानूनी, बदनियतपूर्ण र स्वेच्छाचारी भन्दै बदर गर्न माग गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन संहिताको दफा ११६ ले रोक लगाएको अवस्थामा दफा ३६ को आधारमा अभियोग संशोधन गर्नु कानूनको कपटपूर्ण प्रयोग भएको रिटको दाबी छ ।
यस्तो गम्भीर आर्थिक अपराधमा उन्मुक्ति दिँदा नेपाल अन्तर्राष्ट्रिय वित्तीय कारबाही कार्यदलको कालोसूचीमा पर्ने र हजारौं बचतकर्ताको न्याय पाउने अधिकार खोसिने रिटमा उल्लेख छ ।
Banner
राष्ट्रसङ्घद्वारा आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित
संयुक्त राष्ट्रसङ्घले आराेग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ । महासभाले आज प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा यो दिवस मनाइनेछ ।
राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख छ ।
राजदूत थापाका अनुसार आरोग्य दिवससम्बन्धी प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
यो प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताउनुभएको छ ।
Banner
मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, अनावश्यक बाहिर ननिस्कन आग्रह
उपत्यकामा केही दिनयता वायु प्रदूषण निकै बढेको छ । मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण पनि बढ्न थालेको हो ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले लामो समयसम्म पानी नपर्दा, मौसम धुम्मिँदा प्रदूषण बढेकोले प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
आज बिहान ७ बजे काठमाण्डौमा एक्यूआई १७७ रहेको छ । हिजो एक्यूआई २०० भन्दा माथि थियो । एक्यूआईको मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ । १०० देखि १५० ‘अस्वस्थ’ मानिन्छ जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्न सक्छ । १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ ।
हावा चलेमा, पानी परेमा मौसम सफा भएसँगै प्रदूषण कम हुन्छ । तर तत्काल धुम्म मौसम खुल्ने सम्भावना छैन । विभागका महानिर्देशक सुवेदीले वायु प्रदूषण बढ्दा आवश्यक सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login