कोशी प्रदेश
विराटचोकमा सामुदायिक वन उपभोक्ता महासंघले जलायो वन नियमावली
विराटचोकः सामुदायिक वन उपभोक्ता महासंघ मोरङको आयोजनामा सुन्दरहरैंचाको विराटचोकमा वन नियमावली २०७९ जलाइएको छ । महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिथ्यतामा भएको विरोध सभामा महासंघका मोरङ अध्यक्ष रामकृष्ण राईले नियमावली जलाएका हुन् ।

सो नियमावलीमा दलित, जनजाति र महिलाको अधिकार खोसिएकाले जलाउनुपरेको उनले बताए ।
प्रमुख अतिथि पाठकले संविधानले दिएको अधिकार सो नियमावलीले खोसेको बताइन् । सामुदायिक वन उपभोक्त समितिले वनको संरक्षण र उपभोग गर्ने काम गरिरहेकोमा अहिलेको ऐनले संरक्षणको जिम्मा मात्रै दिएको बताइन् । अब वन संरक्षणको क्रममा सङ्कलन भएका ढलापडा वन पैदावर समेत उपभोग गर्न नपाइने भएकाले विरोध गर्नुपरेको बताइन् ।
उपभोक्ता समितिमा अध्यक्ष र सचिवमध्ये एक जना महिला हुनुपर्ने प्रावधान संशोधन गर्दै उपाध्यक्ष र कोषाध्यक्षमध्ये एक जना हुनुपर्ने बनाइएको छ । महिला मुख्य पदमा हुँदा आर्थिक चलखेल गर्न अप्ठ्यारो भएकाले अध्यक्ष र सचिव पदमा महिला नल्याउने गरी नियमावली आएको उनले आरोप लगाइन् । यो नियमावली महिला, आदिवासी र जनजातिविरोधी भएको पाठकले बताइन् । ऐनले दिएको नियम नियमावलीले खोसिदिएको उनले बताइन् ।

संरक्षण गर्नेले वन पैदावर नपाए पनि ठूला निजी कम्पनीलाई भने ५० वर्षका लागि ३० हेक्टरसम्म जमिन भाडामा दिन सकिने गरी नियमावली आउनुमा पनि आर्थिक चलखेल नै कारक रहेको उनले आरोप लगाइन् । कबुलियती वनको स्वामित्व लिन पाउने समय पनि १० वर्षमा झारिनु यसैको अर्काे प्रमाण भएको उनले औँल्याइन् ।
कार्यक्रममा विभिन्न जिल्लाका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि तथा विभिन्न दलका प्रतिनिधिले आफ्नो भनाइ राखेका थिए । मोरङका धेरै सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता गरी १ हजारभन्दा बढी व्यक्ति विरोध सभामा सहभागी भएको अध्यक्ष राईले जानकारी दिए ।
महासंघ मोरङकी सचिव बालकुमारी कट्टेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव रुपेश खतिवडा, नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिवालय सदस्य महेश आचार्य, राप्रपाका शारदा निरौलालगायतका राजनीतिक दलका प्रतिनिधि उपस्थित थिए ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय कोषाध्यक्ष पार्वता गौतम, केन्द्रीय सदस्य विकास श्रेष्ठ, प्रदेश नम्बर १ का अध्यक्ष तुलसी संग्रौला, प्रदेश नम्बर १ का सचिव अग्नि पौडेल र राजेन्द्र खड्का, सचिवालय सदस्य रेणुका दाहाल, सदस्य अर्जुन तिम्सिना, झापा अध्यक्ष वेदप्रकाश भण्डारीलगायत उपस्थित थिए ।

कार्यक्रममा सुन्दरहरैंचा, बेलबारी र केराबारीका पालिका प्रमुखहरुलाई अतिथिको रुपमा निम्ता गरिएको भए पनि कुनै पनि पालिका प्रमुखहरु विरोध कार्यक्रममा सहभागी थिएनन् ।
सरकारले १६ असारमा ल्याएको वन नियमावलीको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश वक्ताले वन क्षेत्रको दोहन बढाउने उद्देश्यले यस्तो व्यवस्था गर्न खोजिएको भन्दै जनाउँदै विरोध गरेका हुन् ।
कार्यक्रममा बोल्दै महासंघका झापा अध्यक्ष वेदप्रकाश भण्डारीले नियमावलीले गरिबीको रेखामुनिका नागरिकले पाउने अधिकार खोसेको जनाए ।
महासंघका प्रदेश १ का सचिव अग्नि पौडेलले उपभोक्ता समूहको कार्यसमितिका पदाधिकारीमध्ये निर्णायक पदहरूमा महिला सहभागिताको अधिकार खोसिनु दुर्भाग्य भएको बताए ।
https://www.facebook.com/watch/?v=558473182689213

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login