शिक्षा / स्वास्थ्य
नेपाल कम्प्युटर सेन्टरले गर्याे सम्मान, पुरस्कार तथा प्रमाणपत्र वितरण र सांगीतिक कार्यक्रम
विराटचोकः ६ वर्ष अघि सुन्दरहरैंचा–७ गोठगाउँमा स्थापित नेपाल कम्प्युटर सेन्टरले विभिन्न क्षेत्रमा सक्रिय सहभागी हुने व्यक्तिलाई सम्मान गरेको छ । कम्प्युटर सेन्टरबाट विभिन्न तहको प्रशिक्षण पूरा गरेका प्रशिक्षार्थी र विभिन्न प्रतियोगितामा पुरस्कृत भएका प्रशिक्षार्थीलाई पनि सो कार्यक्रममा प्रमाणपत्र दिइएको थियो ।

शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कम्प्युटर सेन्टरले शिक्षासेवी ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल देवी सिटौला, पञ्चायत माविका पूर्व प्रधानाध्यापक टोमबहादुर श्रेष्ठ र चामुण्डा भगवती कलेजका सहायक प्राचार्य खेम बास्तोलालाई सम्मान गरेको थियो ।
पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै निष्पक्ष खबर डट कमका प्रधान सम्पादक खेमचन्द्र अधिकारी र रातो तारा डट कमका संवाददाता शिवप्रसाद भट्टराईलाई कम्प्युटर सेन्टरले सम्मान गरेको थियो ।
त्यस्तै, द भ्वाइस अफ नेपाल किड्स प्रतियोगितामा उत्कृष्ट १० भित्र पर्न सफल इटहरी निवासी संयोग घिमिरेलाई पनि सेन्टरले सम्मान गरेको थियो ।

कम्प्युटर सेन्टरले प्रशिक्षार्थीबीच आयोजना गरेको विभिन्न प्रतियोगितामा विजयी हुनेलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । सो सेन्टरले प्रशिक्षार्थीबीच हाजिरीजवाफ, महिला र पुरुषको अलगअलग दौड प्रतियोगिता, टिकटक प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । ती प्रतियोगितामा सहभागी भएर पहिलो, दोस्रो र तेस्रो भएका प्रशिक्षार्थीलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सेन्टरका प्रशिक्षार्थीले बीचबीचमा विभिन्न नृत्य, गायन र प्रहसनद्वारा सहभागीलाई मनोरञ्जन दिलाएका थिए ।
कम्प्युटर सेन्टरका संस्थापक शम्भु राईको सभापतित्वमा भएको कार्यक्रममा शिक्षासेवी टोमबहादुर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । समाजसेवी कालिदास कोइराला, हीरा श्रेष्ठ, जीवन घिमिरे, माधव घिमिरेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । सेन्टरका प्रशिक्षार्थी युनिक राई र प्रशान्ता न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login