Connect with us
Advertisement

देशभरका विमानस्थललाई स्तरोन्नतिका लागि बजेट विनियोजन

Published

on

विराटचोकः नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । टर्मिनल भवन निर्माणका लागि मात्र प्राधिकरणले एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।
कुन विमानस्थलका लागि कति बजेट ?

ताप्लेजुङको सुकेटार विमानस्थलमा धावनमार्ग विस्तारका लागि यस वर्ष ७० करोड बजेट छुट्याइएको छ ।

चन्द्रगढी विमानस्थलको डिभिओआर÷डिएमईसम्म (जहाजको स्थिति, ठाउँ र सञ्चार सुविधा) पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

विराटनगर विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी–वे सुधारका लागि तीन करोड रूपैयाँ छुट्याइएको छ ।

ताप्लेजुङको सुकेटार विमानस्थलका लागि दुई करोड रूपैयाँ विनियोजन भएको छ ।

उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि चार करोड १५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा ल्यान्ड–स्केपिङका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।

राजविराज विमानस्थलमा चेनलिंक फेन्स बनाउन एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

बझाङ विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख रूपैयाँ छुट्याइएको छ ।

मुगुको रारा विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्वपट्टी पहिरो नियन्त्रणका लागि नौ करोड ९६ लाख ४६ हजार रूपैयाँ विनियोजन भएको छ । रारा विमानस्थलमा स्लरी सिल गर्न दुई करोड बजेट विनियोजन भएको छ ।

दार्चुलाको गोकुलेश्वर विमानस्थललाई दुई करोड ६५ लाख रूपैयाँ छुट्याइएको छ ।

महेन्द्रनगर विमानस्थललाई २४ करोड ४२ लाख र कमलबजार विमानस्थललाई एक करोड रूपैयाँ सुदृढीकरणका निम्ति छुट्याइएको छ ।

बहुवर्षीय आयोजना अन्तर्गत भरतपुर विमानस्थलको धावनमार्ग विस्तारका लागि १२ करोड रूपैयाँ, अर्घाखाँची विमानस्थलको धावनमार्ग, ट्याक्सी–वे, एप्रोन, कालोपत्रे तथा फेन्सिङ ड्रेनेज बनाउन ६ करोड २२ लाख रूपैयाँ प्राधिकरणले छुट्याएको छ ।

बाजुरा विमानस्थलमा स्लरी सिलका लागि दुई करोड रूपैयाँ छुट्याइएको छ ।

हुम्लाको सिमकोट विमानस्थलमा एप्रोन (पार्किङ) विस्तार गर्न प्राधिकरणले ६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

दाङ विमानस्थल सुदृढीकरण तथा विस्तारका लागि एक करोड ९४ लाख रूपैयाँ विनियोजन भएको छ ।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड बनाउन १५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

कालिकोट विमानस्थलमा कालोपत्रे लगायत अन्य कामका लागि चार करोड २५ लाख रूपैयाँ विनियोजन भएको छ । कालिकोट विमानस्थलमा नै रिटेनिङ वाल तथा ड्रेन बनाउन ५० लाख रूपैयाँ छुट्याइएको छ ।

सिमरा विमानस्थलमा बाटो (पेरिफेरि र एक्सेस रोड), धावनमार्ग, ट्याक्सी–वे ओभर–लेका निर्माणका लागि आठ करोड रूपैयाँ छुट्याइएको छ ।

जोमसोम विमानस्थलमा नदी नियन्त्रण तथा विमानस्थल सुदृढीकरणका लागि चार करोड ४२ लाख रूपैयाँ विनियोजन भएको छ ।

डोल्पाको जुफाल विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि तीन करोड रूपैयाँ विनियोजन भएको छ ।

सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि ४ करोड ४२ लाख ४७ हजार रूपैयाँ बजेट विनियोजन भएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक