पर्यटन
देशभरका विमानस्थललाई स्तरोन्नतिका लागि बजेट विनियोजन
विराटचोकः नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । टर्मिनल भवन निर्माणका लागि मात्र प्राधिकरणले एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।
कुन विमानस्थलका लागि कति बजेट ?
ताप्लेजुङको सुकेटार विमानस्थलमा धावनमार्ग विस्तारका लागि यस वर्ष ७० करोड बजेट छुट्याइएको छ ।
चन्द्रगढी विमानस्थलको डिभिओआर÷डिएमईसम्म (जहाजको स्थिति, ठाउँ र सञ्चार सुविधा) पुग्ने बाटो तथा सवारी पार्किङ क्षेत्र विस्तारका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

विराटनगर विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी–वे सुधारका लागि तीन करोड रूपैयाँ छुट्याइएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलका लागि दुई करोड रूपैयाँ विनियोजन भएको छ ।
उदयपुरमा सगरमाथा विमानस्थल निर्माणका लागि चार करोड १५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा ल्यान्ड–स्केपिङका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको छ ।
राजविराज विमानस्थलमा चेनलिंक फेन्स बनाउन एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
बझाङ विमानस्थलमा चेनलिंक फेन्सका लागि एक करोड ३२ लाख रूपैयाँ छुट्याइएको छ ।
मुगुको रारा विमानस्थलमा एप्रोन तथा धावनमार्गको पूर्वपट्टी पहिरो नियन्त्रणका लागि नौ करोड ९६ लाख ४६ हजार रूपैयाँ विनियोजन भएको छ । रारा विमानस्थलमा स्लरी सिल गर्न दुई करोड बजेट विनियोजन भएको छ ।
दार्चुलाको गोकुलेश्वर विमानस्थललाई दुई करोड ६५ लाख रूपैयाँ छुट्याइएको छ ।
महेन्द्रनगर विमानस्थललाई २४ करोड ४२ लाख र कमलबजार विमानस्थललाई एक करोड रूपैयाँ सुदृढीकरणका निम्ति छुट्याइएको छ ।
बहुवर्षीय आयोजना अन्तर्गत भरतपुर विमानस्थलको धावनमार्ग विस्तारका लागि १२ करोड रूपैयाँ, अर्घाखाँची विमानस्थलको धावनमार्ग, ट्याक्सी–वे, एप्रोन, कालोपत्रे तथा फेन्सिङ ड्रेनेज बनाउन ६ करोड २२ लाख रूपैयाँ प्राधिकरणले छुट्याएको छ ।
बाजुरा विमानस्थलमा स्लरी सिलका लागि दुई करोड रूपैयाँ छुट्याइएको छ ।
हुम्लाको सिमकोट विमानस्थलमा एप्रोन (पार्किङ) विस्तार गर्न प्राधिकरणले ६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
दाङ विमानस्थल सुदृढीकरण तथा विस्तारका लागि एक करोड ९४ लाख रूपैयाँ विनियोजन भएको छ ।
भक्तपुरको नलिञ्चोकमा हेलिप्याड बनाउन १५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।
कालिकोट विमानस्थलमा कालोपत्रे लगायत अन्य कामका लागि चार करोड २५ लाख रूपैयाँ विनियोजन भएको छ । कालिकोट विमानस्थलमा नै रिटेनिङ वाल तथा ड्रेन बनाउन ५० लाख रूपैयाँ छुट्याइएको छ ।
सिमरा विमानस्थलमा बाटो (पेरिफेरि र एक्सेस रोड), धावनमार्ग, ट्याक्सी–वे ओभर–लेका निर्माणका लागि आठ करोड रूपैयाँ छुट्याइएको छ ।
जोमसोम विमानस्थलमा नदी नियन्त्रण तथा विमानस्थल सुदृढीकरणका लागि चार करोड ४२ लाख रूपैयाँ विनियोजन भएको छ ।
डोल्पाको जुफाल विमानस्थलको धावनमार्ग स्तरोन्नतिका लागि तीन करोड रूपैयाँ विनियोजन भएको छ ।
सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि ४ करोड ४२ लाख ४७ हजार रूपैयाँ बजेट विनियोजन भएको छ ।

Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login