विचार
आर्य–खस कामरेडहरु, एक नम्बर प्रदेशको नाम ‘किरात’ किन नहुने ?
निनाम लोवात्ती
हाल एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा तातो बहस र छलफल भइरहेको देखिन्छ । त्यसरी बहस र छलफल गर्ने क्रममा एक पक्षले ‘अरुण, वरुण, अरुण–कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने वकालत गर्ने गरेको देखिन्छ ।
अर्को पक्षले ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम रहनुपर्ने÷ राख्नुपर्ने भनी आवाज उठाइरहेका छन् । तर प्रदेश एकको नाम ‘किरात–लिम्बुवान’ वा ‘किरात–खम्बुवान’ अथवा ‘किरात–लिम्बुवान–कोचिला’ अझ ‘किरात’ हुनुपर्छ भनी आवाज उठाउनेहरूको स्वरचाहिँ साह्रै मसिनो र मधुरो स्वरमा सुनिने गरेको देखिन्छ । यस्तो हुनुमा नेपालका मूलधारका भनिने मिडियाहरूले यी नामहरूका सम्बन्धमा प्रचारप्रसार नगरिदिनु र साथ नदिनु नै हो । त्यसैले एक नम्बर प्रदेशको नाम के राख्ने ? भन्ने सम्बन्धमा हाल भइरहेको तातो बहस र छलफलका क्रममा ‘अरुण, वरुण, अरुण–कोशी, कोशी–किरात, किरात–कोशी, सगरमाथा–किरात, किरात–सगरमाथा, सुनकोशी–सगरमाथा, मेची–कोशी–सगरमाथा, सप्तकोशी, कनकाई, विराट, हनुमाननगर, पूर्वाञ्चल, पाथीभरा’ ‘विजयपुर’ आदि नाम राख्नुपर्ने भनी वकालत गर्नेहरूकै हाली मुहाली देखिन्छ । किनभने, मूलधारका भनिने मिडियाहरूले त्यही भर्सनलाई मात्रै महत्व दिइरहेका छन् ।
तर, उनीहरूले ल ठीकै छ, भिन्न मतलाई पनि ठाउँ दिऊँ महत्व दिऊँ ! भोलि के हो, के हो ? भनेर दूरदृष्टि राखेर ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ वा ‘किरात’ नाम हुनु पर्छ भन्नेहरूको पनि लेख रचना छापौँ, स्थान दिऊँ भनेर सोचे जस्तो लाग्दैन । हुन पनि हो, झट्ट सुन्दा र देख्दा, ‘लिम्बुवान’, ‘खम्बुवान’, ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ जातीय नाम जोडिएर आएको जस्तो लागेता पनि ‘किरात’ नाममा त नेपालका आर्य, खस समूहका बाहुन, क्षेत्री, ठकुरी, दशनामी–सन्न्यासी, रानाभाट, दलित आदि र आदिवासी जनजाति सहमत हुँदा के फरक पर्ला ? के बिग्रेला ? कि आकाशै खसिहाल्छ, धरती नै फाटिहाल्छ ?
त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात–लिम्बुवान’, ‘किरात–खम्बुवान’, ‘किरात–लिम्बुवान–कोचिला’ नाम राख्दा शुद्ध रूपमा जाति नाम जस्तो लागेर राख्न नसक्ने र, सबैले स्वीकार गर्न पनि अलि गाह्रै पर्ने हुनाले कम्तीमा ‘किरात’ नाम राख्न सकिन्छ, राख्नु पनि पर्छ । किनभने, ‘किरात’ भनेको केवल एक जाति नाम मात्रै नभएर इतिहास हो, सभ्यता हो, धर्म हो, भूगोल हो, भने किरात शब्द प्राचीन धर्मग्रन्थहरूमै पनि उल्लेख गरिएको छ । त्यसैले हामीले प्रदेश नम्बर एकको नाम ‘किरात’ राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नदेखिएर\ नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थ आदिलाई स्वीकारेको ठहर्छ । अझ किरातीहरु अहिले आएर एक जाति मात्रै नभएर महाजाति भइसकेका छन् । किनभने, किरात भनेर आफूलाई दाबी गर्ने जातिहरू अहिले दुई दर्जनभन्दा पनि बढी रहेका छन् । जस्तै आठपहरिया, कुलुङ, खालिङ, थामी, धिमाल, बान्तवा, बाहिङ, मेवाहाङ, याम्फु, जिरेल, हायु, लिम्बू, याक्खा, सुनुवार आदि छन्, जुन जातिहरूलाई किरात भनेर चिनिन्छ, अथवा उनीहरूले आफूलाई किराँती भनी चिनाउँछन् ।
हुन पनि ‘किरात सभ्यता’लाई प्रायः सबै इतिहासकार तथा लेखकहरूले विश्वकै सबैभन्दा पुरानो सभ्यता र व्यापक रूपमा फैलिएको सभ्यतामध्ये एक मान्ने गर्छन् । किरातीहरु हजारौँ वर्षअघि ब्रह्मपुत्र तथा गंगा नदी र यसका शाखा नदी आसपास विकास भएको मानिन्छ । किरातीहरुले सुरुमा एशिया महादेशको दक्षिण एशिया, दक्षिण पूर्व एशिया, मध्य एशियामा आवाद गरेका थिए । त्यस्तै कश्मीर पूर्व, कामरुप, भुटान हुँदै मानसरोवरको दक्षिण–पश्चिमसम्म, ब्रह्मपुत्र नदीको किनारदेखि सरयु नदीको किनारसम्म, मानसरोवरदेखि चीनसम्म, नवदेशदेखि महाचीनसम्म किरातहरू विस्तारित थिए भन्ने इतिहासकारहरूको भनाइ रहेको छ ।
किरातीहरुको ऐतिहासिकता तथा चर्चा–परिचर्चा संस्कृत साहित्यहरू जस्तै अथर्व वेद, वाल्मीकि रामायण र महाभारत (किराती राजाहरू र जनताहरूको) उल्लेख गरेको पाइन्छ । त्यस्तै प्राचीन संस्कृत साहित्यहरू ऋग्वेद, पुराण, स्मृति, काव्य, कथा, कविता, तथा विभिन्न खोज, अनुसन्धान र विभिन्न अभिलेखहरूमा पनि किरात जाति किरात सभ्यताको उल्लेख गरेको वा भनौँ उल्लेख रहेको पाइन्छ । त्यस्तै बौद्ध साहित्य, जैन साहित्य, इसाई धर्म, इस्लाम धर्म लगायत विभिन्न धर्म ग्रन्थहरू र प्राचीन वास्तुकला, शिल्पकला, लोक साहित्य, मिथक, लोककला, चित्रकलाहरूमा पनि किरात सभ्यताका बारेमा प्रशस्तै चर्चापरिचर्चा गरिएको पाइन्छ ।
त्यसैले एक नम्बर प्रदेशका किराती मूलका माननीयहरू मात्रै नभएर आदिवासी जनजाति मूलका माननीयहरूका साथै आर्य खस समूहका बाहुन, क्षेत्री, सन्न्यासी, दलितका साथै मधेसी आदि जातजातिका माननीय ज्युहरूले पनि ‘किरात’लाई केवल एक जाति नाम मात्रै नसम्झेर ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ आदि सम्झेर दुई तिहाइ मात्रै होइन प्रदेश नम्बर एकको सिङ्गो संसद्ले एक मतले पारित गर्नुहोस् । तपाईँहरूले यसो गर्नुभएमा ‘प्राचीन इतिहास, भूगोल, सभ्यता, धर्म, महाजाति’ सबैले तपाईँहरूलाई हार्दिक नमन गर्नेछ, हार्दिक धन्यवाद भन्नेछ ।
फेरि पनि किरात वा किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नुपर्दा गोपाल राजवंशावलीअनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावलीअनुसार २९ पुस्ता, भारतका प्रसिद्ध अनुसन्धानकर्ता तथा लेखक जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावलीअनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्यका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता एवम् भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरूले काठमाडौँ उपत्यकामा राज्य चलाएका थिए । भनिन्छ, यसबाहेक पनि एशियाका विभिन्न क्षेत्रहरूमा किरातीहरुले शासन चलाई आएका थिए ।
यसरी कुनै बेला एशियाको ठूलो भू–भागमा फैलिएका किरातीहरु पछि गएर बाह्य क्षेत्रबाट आएका मानिसहरूको हस्तक्षेप एवम् उपनिवेशीकरणका कारण किरातीहरु विस्थापित हुँदै र आफ्नो जिमी–भूमिको साथै आफ्नो जातीय स्वपहिचानसमेत गुमाउँदै सीमित भू–क्षेत्रमा मात्रै बाँकी रहेका छन् । निश्चय नै किरातभित्र ठूलो बगाल वा भनौँ समूह रहँदै आएको भए तापनि अहिले आएर दक्षिण एशियाको पनि सगरमाथा क्षेत्र हालको नेपालको पूर्वी भाग १ नम्बर प्रदेशका केही जिल्लामा मात्रै आफूलाई किरात भन्नेहरूको बसोबास रहेको छ ।
यसरी सानो भू–भागमा मात्रै आफूलाई प्रस्ट रूपमा किराती भनी चिनाउने जातिहरू बाँकी रहेका छन् । तर, उनीहरू पनि नेपालको भौगोलिक एकीकरण भएसँगै आफ्ना पिता पुर्खाहरूले स्थानीय स्तरमा शासन गर्न नियुक्त हुँदा पाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ पदवी वा पगरीलाई नै जाति मान्न थाले । सोही कारण आफू असलियतमा १६ खम्बुका सन्तान भएको वास्तविकता बिर्सिँदै उनीहरूले जानाजानी वा अरूको दबाब अथवा प्रभावमा परेर आफ्नो नाम वा समुदायलाई चिनाउँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ भनी लेखाउन÷भनाउन वा लेख्न÷भन्न थाले । त्यसो हुँदा ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ र ‘देवान’ आदि विभिन्न ‘करण’सँगै उनीहरूको असली किराती पहिचान नै ओझेलमा पर्न लागेको अवस्था छ । यसरी ‘करण !’ मा परेर आफ्नो जातीय स्वपहिचान र अस्तित्व सङ्कटमा परेका वा पर्न आँटेका किरातीहरुमा सबैभन्दा बढी १६ खम्बुका सन्तानहरू देखिन्छन् । यसरी ‘करण’मा परेका कुलुङलगायत खम्बुका सन्तानहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ । वास्तवमा १६ खम्बुका सन्तानहरू बढी नै ‘राई करण’को मारमा परेको भेटिन्छ \देखिन्छ ।
त्यसैले आशा गरौं, सन्निकट आउन लागेको प्रदेश नम्बर एकको हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशका सबै राजनीतिक दलका माननीयहरूले किरात प्रदेश नामका लागि एक ढिक्का भएर लाग्नु हुनेछ, एकमतले पारित गर्नु हुनेछ । यस कार्यका लागि विभिन्न राजनीतिक दलका हाइ कमान्डका नेताहरूले पनि एक नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न आफ्ना दलका माननीयहरूलाई एक मतले निर्देशन दिनुहोस् । किनभने, ‘किरात प्रदेश’ नाम राख्दा केवल एक जाति ‘किरात’लाई मात्रै स्वीकार गरेको नभएर इतिहास, सभ्यता, धर्म, भूगोल, प्राचीन धर्मग्रन्थमा उल्लेख भएका प्रसङ्ग आदिका साथै एक नम्बर प्रदेशको भूभागमा इतिहासको लामो कालखण्डदेखि बसोबास गर्दै आएका किराती महाजातिभित्रका साढे दुई दर्जन बढी जातिहरूको अपनत्वलाई पनि स्वीकारेको अर्थमा लिन सकिन्छ ।
त्यसैले फगत जाति नाम मात्रै नसम्झनुहोस् । ठूला राजनीतिक दलका ठूला नेताहरूका साथै आर्य खस समूहका घागडान तर, आदिवासी जनजाति समुदायप्रति अनुदारवादी रुझान राख्ने बुद्धिजीवी कामरेडहरु, छातीमा हात राखेर खुलस्तसँग भन्नुहोस्, ‘कोशी’ प्रदेश नाम हुने तर, कुनै हालतमा ‘किरात’ प्रदेश नाम नहुने के कारण छ ? – कपुरी न्युजबाट
Facebook Comment
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login