स्थानीय तह
वडा नम्बर ४ बाट सेवा दिन थालेको पहिलो दिन के के गरे नगरप्रमुख गुरागाईँले
विराटचोकः आजदेखि सुन्दरहरैंचा नगरपालिकाले वडा नम्बर ४ को कार्यालयबाट पनि मेयर केदारप्रसाद गुरागाईँ उपस्थित भएर सेवा प्रवाहलाई सहज बनाएका छन् । यसै क्रममा उनले आज वडा नम्बर ४ को कार्यालयबाट एउटा निर्णय र एउटा सिफारिशपत्रमा हस्ताक्षर गरेका छन् भने एउटा समूहले मेयरलाई भेटेर आफ्ना समस्या राखेको छ ।
मेयर गुरागाईँले आर्थिक वर्ष २०७९ –०८० को लागि नगरसभाबाट पारित बजेट पुस्तिका छपाइमा जानुभन्दा अगाडि हस्ताक्षर गर्ने काम वडा नम्बर ४ स्थित कार्यकक्षबाट गरेका हुन् । ‘अब यो बजेट पुस्तिका प्रेसमा जान्छ,’ हस्ताक्षर गर्दै गर्दा उनले भने, ‘पहिलो निर्णय यहाँ (वडा नम्बर ४ स्थित कार्यालय) बाट यही भयो ।’
त्यसपछि उनले स्थानीय एक सामुदायिक भवनका लागि तीन वटा सिलिङ पंखा उपलब्ध गराइदिने बेहोराको सिफारिश पत्रमा हस्ताक्षर गरे । सिफारिश पत्रको लागि निवेदन लिएर गएका सेवाग्राहीको निवेदनमा नियमानुसार काम अघि बढाइउनू भन्ने आशयको सिफारिश सम्बन्धित शाखालाई गरेका थिए ।
त्यसपछि मेयरलाई भेट्न पुगेको एउटा समूहले आफ्नो समस्या राख्यो । मेयरलाई आफ्ना समस्या सुनाउन अटो तथा ई रिक्सा व्यवसायी पुगेका थिए । ठेकेदारले पटके सवारी करको नाममा आफूहरुलाई दुःख दिएको उनीहरुको गुनासो थियो । ठेकेदारले वडा नम्बर ६ मा मात्रै पटके कर लिइरहेको र सो कर दिनमा एक पटकभन्दा बढी लिने गरेकाले थप समस्या परेको उनीहरुको भनाइ थियो ।
अपूर्ण व्यवस्थापन
वडा नम्बर ४ बाट सेवा दिने कार्यको थालनी हुने दिन ११ बजेको आसपासमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगरका विभिन्न शाखाका कर्मचारी वडा नम्बर ४ को कार्यालय पुगेका थिए । त्यहाँ रहेका विभिन्न शाखाको निरीक्षणपछि १२ बजेतिर नगरप्रमुख, उपप्रमुख, सुन्दरहरैंचाको वडा नम्बर ४, ५, ६ र ७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहितको बैठक बसेको थियो । खोला उत्खननको विषयमा केन्द्रित रहेर भएको वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) मा केन्द्रित बैठकपछि औपचारिक कार्यक्रम साढे १ बजे शुरु भएको थियो ।

वातावरणीय प्रभाव मूल्याङ्कनको लागि बैठक भइरहँदा नगरपालिकाका कर्मचारी भने नगरप्रमुखको नेमप्लेट राख्ने ठाउँ बनाउन व्यस्त थिए । नेम प्लेटको लागि बोर्ड राख्नुअघि इँटाले काँटी ठोक्ने काम कर्मचारीले गरेका थिए । हतौडा नभेटिएपछि इँटाले हतारहतार काँटी ठोकेर बोर्ड राखिएकाले कर्मचारी हतारमा थिए भन्ने जनाउँथ्यो ।
पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि जेसीज भवनमा २ बजे शुरु हुने कार्यक्रममा पुग्नुपर्ने जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी थप हतारमा देखिन्थे ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login