Connect with us
Advertisement

वडा नम्बर ४ बाट सेवा दिन थालेको पहिलो दिन के के गरे नगरप्रमुख गुरागाईँले

Published

on

विराटचोकः आजदेखि सुन्दरहरैंचा नगरपालिकाले वडा नम्बर ४ को कार्यालयबाट पनि मेयर केदारप्रसाद गुरागाईँ उपस्थित भएर सेवा प्रवाहलाई सहज बनाएका छन् । यसै क्रममा उनले आज वडा नम्बर ४ को कार्यालयबाट एउटा निर्णय र एउटा सिफारिशपत्रमा हस्ताक्षर गरेका छन् भने एउटा समूहले मेयरलाई भेटेर आफ्ना समस्या राखेको छ ।

मेयर गुरागाईँले आर्थिक वर्ष २०७९ –०८० को लागि नगरसभाबाट पारित बजेट पुस्तिका छपाइमा जानुभन्दा अगाडि हस्ताक्षर गर्ने काम वडा नम्बर ४ स्थित कार्यकक्षबाट गरेका हुन् । ‘अब यो बजेट पुस्तिका प्रेसमा जान्छ,’ हस्ताक्षर गर्दै गर्दा उनले भने, ‘पहिलो निर्णय यहाँ (वडा नम्बर ४ स्थित कार्यालय) बाट यही भयो ।’

त्यसपछि उनले स्थानीय एक सामुदायिक भवनका लागि तीन वटा सिलिङ पंखा उपलब्ध गराइदिने बेहोराको सिफारिश पत्रमा हस्ताक्षर गरे । सिफारिश पत्रको लागि निवेदन लिएर गएका सेवाग्राहीको निवेदनमा नियमानुसार काम अघि बढाइउनू भन्ने आशयको सिफारिश सम्बन्धित शाखालाई गरेका थिए ।

त्यसपछि मेयरलाई भेट्न पुगेको एउटा समूहले आफ्नो समस्या राख्यो । मेयरलाई आफ्ना समस्या सुनाउन अटो तथा ई रिक्सा व्यवसायी पुगेका थिए । ठेकेदारले पटके सवारी करको नाममा आफूहरुलाई दुःख दिएको उनीहरुको गुनासो थियो । ठेकेदारले वडा नम्बर ६ मा मात्रै पटके कर लिइरहेको र सो कर दिनमा एक पटकभन्दा बढी लिने गरेकाले थप समस्या परेको उनीहरुको भनाइ थियो ।

अपूर्ण व्यवस्थापन
वडा नम्बर ४ बाट सेवा दिने कार्यको थालनी हुने दिन ११ बजेको आसपासमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगरका विभिन्न शाखाका कर्मचारी वडा नम्बर ४ को कार्यालय पुगेका थिए । त्यहाँ रहेका विभिन्न शाखाको निरीक्षणपछि १२ बजेतिर नगरप्रमुख, उपप्रमुख, सुन्दरहरैंचाको वडा नम्बर ४, ५, ६ र ७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहितको बैठक बसेको थियो । खोला उत्खननको विषयमा केन्द्रित रहेर भएको वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) मा केन्द्रित बैठकपछि औपचारिक कार्यक्रम साढे १ बजे शुरु भएको थियो ।

वातावरणीय प्रभाव मूल्याङ्कनको लागि बैठक भइरहँदा नगरपालिकाका कर्मचारी भने नगरप्रमुखको नेमप्लेट राख्ने ठाउँ बनाउन व्यस्त थिए । नेम प्लेटको लागि बोर्ड राख्नुअघि इँटाले काँटी ठोक्ने काम कर्मचारीले गरेका थिए । हतौडा नभेटिएपछि इँटाले हतारहतार काँटी ठोकेर बोर्ड राखिएकाले कर्मचारी हतारमा थिए भन्ने जनाउँथ्यो ।

पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि जेसीज भवनमा २ बजे शुरु हुने कार्यक्रममा पुग्नुपर्ने जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी थप हतारमा देखिन्थे ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा सामान्य गिरावट

Published

on

बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।

जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।

११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Continue Reading

Banner

सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार,

Published

on

मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।

नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।

छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।

त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशपत्रका आधारमा पनि छुट सुविधा लिन सकिने जनाइएको छ ।

नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतनिधिबीच भएको सम्झौता भएको बताइएको छ ।

सो सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकली चौधरीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नवीन दाहालले हस्ताक्षर गर्नुभएको छ ।

Continue Reading

Banner

मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य

Published

on

आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।

सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।

काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।

ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।

ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।

पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक