Connect with us
Advertisement

जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादनमा सर्वोत्कृष्ट

Published

on

काठमाडौः गृह मन्त्रालयले देशका जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादनको आधारमा उत्कृष्ट जिल्ला घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षको कार्यसम्पादनमा तेस्रो नम्बरमा पर्न सफल भएको जिल्ला प्रशासन कार्यालय गुल्मी गत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट बन्न सफल भएको छ । गुल्मीले ९७ दशमलव ७५ प्रतिशत अङ्क ल्याएको हो ।

गृह मन्त्रालयले कार्यसम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकको आधारमा रहेर मूल्याङ्कन गरेको जनाएको छ ।

मूल्याङ्कन प्रतिवेदनअनुसार ९७ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो नम्बरमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँची, ९६ दशमलव ७५ अङ्क प्राप्त गर्दै तेस्रो नम्बरमा नवलपरासी पूर्व, ९६ प्रतिशत अङ्क प्राप्त गर्दै चौथो नम्बरमा रूकुम पश्चिम, ९५ प्रतिशत अङ्क प्राप्त गर्दै पाँचौ नम्बरमा डडेलधुरा र हुम्ला पर्न सफल भएका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव पुण्यविक्रम पौडेल रहेका छन् । दोस्रो नम्बरमा पर्न सफल अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी सहसचिव शशीधर घिमिरे छन् भने तेस्रोमा पर्न सफल नवलपरासी पूर्वको प्रमुख जिल्ला अधिकारी सहसचिव सुमन घिमिरे रहेका छन् । चौथोमा पर्न सफल रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारी उपसचिव तुलाराज सुनुवार रहेका छन् । पाँचौँमा पर्न सफल हुम्लाको प्रमुख जिल्ला अधिकारी उपसचिव सीता परियार र डडेल्धुराको प्रमुख जिल्ला अधिकारी उपसचिव मोहनराज जोशी रहेका छन् ।

पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारीले नेतृत्व गरेको हुम्ला जिल्ला कार्यसम्पादनमा पाँचौँमा पर्न सफल भएको छ । दलित समुदायको सम्भवत एक्ली उपसचिव सीता परियारले जिल्ला प्रशासन कार्यालय हुम्लाको विगत ६ महिनादेखि नेतृत्व गरिरहेकी छिन् । उनी यसअघि भक्तपुर जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिइन् ।

यस्तै चितवन, तनहुँ, सल्यान, बैतडी, नवलपरासी पश्चिम, पर्वत, जाजरकोट, मुस्ताङ, भक्तपुर, दाङ, संखुवासभा, तेह्रथुम, बारा, स्याङ्जा, दार्चुला, ओखलढुंगा, कास्की, दैलेख, पर्सा, बाँके, मनाङ, लमजुङ, ललितपुर, उदयपुर, मकवानपुर, मोरङ, रसुवा, सोलुखुम्बु, अछाम, बर्दिया, भोजपुर, इलाम, प्यूठान, रामेछाप, झापा, पाल्पा, सुनसरी, सुर्खेत, कपिलवस्तु र मुगुले ९० प्रतिशतभन्दा बढी अङ्क ल्याएर उत्कृष्ट स्थान हासिल गरेका छन् ।

डोटी, धादिङ, नुवाकोट, बझाङ, बागलुङ, रोल्पा, गोरखा, रौतहट, कन्चनपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, रूपन्देही, महोत्तरी, जुम्ला, रूकुम पुर्व, काठमाडौँ, सर्लाही, सिन्धुपाल्चोक, सिरहा, खोटांङ, म्याग्दी, पाँचथर, ताप्लेजुङ, बाजुरा, दोलखा, कालिकोट, धनकुटा, धनुषा, कैलाली गरी २९ वटा जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कनको स्तर ८० देखि ९० प्रतिशतको बीचमा देखिन्छ । सप्तरी र डोल्पा जिल्लाको ७७ दशमलव ५ अङ्क रहेको छ ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच गत आर्थिक वर्षमा भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था, मूल्याङ्कन गर्ने प्रयोजनका लागि गठित समितिले गृह सचिव टेकनारायण पाण्डेलाई बुझाएको मूल्याङ्कन प्रतिवेदनअनुसार यस्तो नतिजा भेटिएको हो । समितिका संयोजक तथा मन्त्रालयका नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा।भीष्मकुमार भूसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले उक्त मूल्याङ्कन प्रतिवेदन गृहसचिवलाई बुझाएका हुन् ।

गत आर्थिक वर्षमा मन्त्रालयबाट खटिई गएको टोलीले ४१ जिल्लाको स्थलगत अनुगमन गरी एकीकृत अनुगमन ढाँचाबमोजिम कार्यसम्पादनको अवस्था हेरी सुधारका उपाय सुझाएको थियो । अर्धवार्षिक मूल्याङ्कनको अवधिसम्म ६८ वटा जिल्लाको प्रगति ५० प्रतिशत भन्दा न्यून रहेको, ३७ वटा जिल्लाले ३० प्रतिशत अङ्कसमेत हासिल नगरेको र ८ जिल्लाले १० प्रतिशतभन्दा कम अङ्क प्राप्त गरेको अवस्थाबाट माथि उठेर आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ४६ जिल्लाले ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका छन् । यस्तै २९ जिल्लाले ८० प्रतिशत देखि ९० प्रतिशतको बीचको अङ्क प्राप्त गर्न सफल भएका छन् ।

बाँकी दुई जिल्लाले ७७ प्रतिशत अङ्क प्राप्त गरेका छन् । यसरी जिल्ला प्रशासन कार्यालयको औसत कार्यसम्पादन प्रगति ८९।८ प्रतिशत पुगेको हो । गृह मन्त्रालय र मातहतका निकायको वित्तीय प्रगतिसमेत खूद बजेट विनियोजनको ९७ प्रतिशतको हाराहारीमा रहेको छ ।

चालू आर्थिक वर्षका लागि कार्यसम्पादन परिसूचक तथा नतिजामुखी एवं वस्तुनिष्ठ बनाइएको र वार्षिक मूल्याङ्कन पद्धतिको स्थानमा प्रत्येक त्रैमासिक अवधिको अलगअलग र वार्षिक मूल्याङ्कनसमेत गर्ने गरी प्रणालीको विकास गरिएको समितिका संयोजक सहसचिव डा.भिष्मकुमार भुसालले जानकारी दिए । उनका अनुसार प्रमुख जिल्ला अधिकारीले आफ्नो कार्यसम्पादनको मूल्याङ्कनको अङ्क स्वचालित प्रणालीद्वारा आफै हेर्न सकिने गरी प्रणाली विकास गरिएकाले आर्थिक वर्षको बीचैमा सरुवा भै जाने प्रमुख जिल्ला अधिकारीले हस्तान्तरण नोटसाथ आफ्नो कार्यकालको कार्यसम्पादनस्तरको विवरणसमेत छोडेर जान सक्नेछन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक