Connect with us
Advertisement

एमालेले बिर्सिएको हर्कले समाएको लय

Published

on

गएको स्थानीय चुनावमा सुनसरीको धरान उपमहानगरपालिकामा हर्क साम्पाङ्ले अप्रत्यासित जित निकाले । नेकपा एमालेको गढ मानिएको धरानमा एमालेको यो पराजयले कार्यकर्ताहरुमा निराशा त ल्यायो नै, उम्मेदवार छनोट प्रक्रियाका विषयमा पनि प्रश्नचिन्ह उठायो । कमिटिगत प्रणालीमा चुनावको समिक्षा के कति भयो, त्यो बाहिर आएको छैन । तर, आम एमालेका नेता कार्यकर्ता यतिखेर पश्चतापमा छन् । मनमोहन अधिकारी जस्ता त्यागी र इमान्दार नेताले चुनाव जितेको धरान यतिखेर एमालेका लागि बेचैनीको केन्द्र बनेको छ । नयाँ पुस्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता र दलका नेताहरुप्रति आजित भएकाहरु खुसी छन् ।

मनमोहन मात्र होइन त्यहाँ मेयर जितेका ध्यानबहादुर राई र मनोज म्याङ्बोसम्म आइपुग्दा वामपन्थीहरुप्रतिको पकड उत्तिकै थियो । धरानमा सहभागितामूलक योजनाहरु सफल हुन्थे । धरान मात्र होइन, बाहिरतिर पनि उत्तिकै चर्चा हुन्थ्यो । एक लाख नगरपालिकाले हालेको काममा धरानेहरुले दोब्बर रकम हालेर काम गर्छन् भनेर भन्ने सन्देश थियो । सहभागितामूलक योजनाहरु सञ्चालन गर्न धरानलाई नमुना मानिन्थ्यो । त्यसको नेतृत्व एमालेले गरेको थियो । यस्ता अभियानका कामहरु तराई झर्दै जाँदा त्यति सफल थिएनन् ।

नेकपा एमालेको सरकारले २०५१ सालमै अघि सारेको आफ्नो गाउँ आफै बनाउ एउटा उत्कृष्ट मोडल थियो । जुन मोडलले अहिले धेरै फड्को मारेको छ । आफ्नो गाउँ आफै बनाउ भनेर एमालेले हरेक गाविसमा दिएको ३ लाखमा काम सुुरु गर्दा गाउँगाउँमा मान्छेहरु श्रमदानका लागि ताँती लागेर आउथे । वास्तवमा यो श्रमदानको लय जनतासँग जोड्ने ठुलो कसी थियो । यसैको बलमा एमालेले देशव्यापी रुपमा संगठन विस्तार गर्यो । दलहरुका लागि सबैभन्दा ठुलो कुरो विकासमा जनता जोड्नु हो । यही जोडाइले एमाले देशको ठुलो पार्टी बन्यो ।

एमालेका स्थायी समिति सदस्य गुरु बराल त्यतिखेरको सम्झना गर्दै भन्छन्, ‘एमालेको नेतृत्वामा ठुलाठुला श्रमदानहरु हुन्थे । तर, आज हामीले त्यसलाई बिर्सदा अरु कसैले समातेका छन् । जबजको एउटा पाटो जनतासँग जोडिनु पनि हो । त्यो हामीले बिर्सियौँ ।’यतिखेर धरानमा एमाले र मेयर हर्क साम्पाङबीच असझदारी देखिन्छ । यो कहाँ गएर टुंगिने हो थाहा छैन । तर, गुरु बरालले भने जस्तो एमाले भने जनतासँग जोडिरहनु पर्छ । यहि नजोडिँदा र युवा पंक्तिलाई नसमेट्दा एमाले अहिले घेराबन्दीमा छ । राजनीतिक रुपमा घेराबन्दी जस्तो देखिएपनि यदि एमालेले जनतासँग जोडिने र युवा पंक्तिलाई समेट्ने स्प्रिड लिएको भए अहिलेको घेराबन्दीले कुनै असर पर्ने थिएन् । बरु धरानको सन्दर्भमा कम्तिमा सय दिन मेयरका गतिविधिलाई एमालेले निस्फिक्री छोडिदिनु पथ्र्यो । त्यसो गरेको भए परिपक्क राजनीति देखिन्थ्यो । यसतर्फ एमालेको नेतृत्वको ध्यान जानु जरुरी छ ।

साथै एमालेले आफूले आफ्नो पुराने पृष्ठभूमिलाई बिर्सिएर त्यो लय अरुलाई पक्रन दिने होइन् । त्यसको जस आफूले लिने हो । यस्ता खालका जनतासँग जोडिने र श्रमदानको विषय कम्युनिस्टहरुको नीति हो ।

एमालेले आफूले जितेका पालिकामा नलजाइकन, अप्ठ्यारो नमानीकन, मैलो लाग्छ कि नभनीकन श्रमसँग जोडिएका अभियान गर्दै राम्रै हुन्छ । नीतिगत नेतृत्व गर्दै राम्रा राम्रा निर्णय गर्ने र जनतालाई जोड्ने विषयमा एमाले अब चुक्नु हुँदैन ।
– पूर्वेली प्रेस डट कमबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक