विचार
मतदान नगर्ने नागरिकलाई कुन देशमा के हुन्छ कारवाही
नेपालमा हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । देश संघीयतामा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको हो । त्यसैगरी, देश संघीयतामा गएपछि दोस्रो पटक प्रतिनिधि सभा र प्रदेश सभाको पनि निर्वाचन हुन लागेको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन हुँदैछ ।
मतदान गर्नु नागरिकको अधिकार भए पनि कतिपय देशमा यसलाई अनिवार्य गरिएको छ । धेरै देशमा भने मतदानका लागि उत्प्रेरित गर्ने गरिए पनि अनिवार्य मतदान गर्नैपर्ने बाध्यकारी व्यवस्था भने छैन ।
नेपालमा मतदानलाई अनिवार्य गरिएको छैन । त्यस्तै, अमेरिकामा पनि कुनै पनि स्थानीय वा राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न कानुनी रुपमा अनिवार्य गरिएको छैन । अमेरिकी कानुनले मतदानलाई नागरिकको विशेष अधिकारका रुपमा मान्यता दिएको छ । र, अनिवार्य मतदानको नियम लागू गर्नु भनेको उक्त मान्यताको विरुद्धमा जानु हो । यसको अर्थ, अमेरिकामा मतदान नगर्ने नागरिकलाई कुनै पनि कारवाही गरिँदैन ।
त्यतिमात्र होइन, कुन नागरिकले मतदान गर्यो र कुनले गरेन । मतदान नगर्नुको कारण लगायत कुनै पनि विषयमा छानबिन पनि गरिँदैन । मतदान गर्नु अनिवार्य नभए पनि राष्ट्रको भविष्य निर्धारण गर्ने विषय भएकाले हरेक योग्य व्यक्तिले मतदानमा सहभागी हुनु नै राम्रो मानिन्छ ।
तर, विश्मा हाल २७ वटा देशमा मतदानलाई कानुनी रुपमा अनिवार्य गरिएको छ । ती देशहरूमा हरेक योग्य नागरिक अनिवार्य रुपमा मतदानमा सहभागी बन्नुपर्छ । अर्जेन्टिना, अस्ट्रेलिया, अस्ट्रिया (केही क्षेत्रमा), बेल्जियम, बोलेभिया, बुल्गेरिया, ब्राजिल, प्रजातान्त्रिक गणतन्त्र कङगो, कोस्टारिका, इक्वेडोर, इजिप्ट र गाबोनमा अनिवार्य मतदानको प्रवधान छ ।
यस्तै, ग्रीस, होन्डुरस, लेबनान, लिस्टेन्स्टाइन, लक्जम्बर्ग, मेक्सिको, नाउरु, पानामा, पाराग्वे, पेरु, सिंगापुर, स्वीट्जरल्यान्ड (एक क्षेत्र), थाइल्यान्ड, टर्की र उरुग्वेका नागरिकले पनि अनिवार्य मतदानमा सहभागी हुनुपर्छ । कुनै समयमा अनिवार्य मतदानको प्रावधान लागू गरेका चिली, साइप्रस, इटाली, नेदरल्यान्ड र भनेजुयलाले भने हाल उक्त नियम हटाइसकेका छन् ।
अनिवार्य मतदान ठीक हो ?
अनिवार्य मतदानको प्रावधान ठीक हो कि होइन भन्ने विषय भने विवादास्पद नै रहेको छ । यसका पक्षधरहरूले अनिवार्य मतदानले नागरिकलाई राजनीतिक विषयमा जानकार बनाउने र सबै नागरिकको सहभागिताले प्रजातन्त्रलाई झन् सुदृढ बनाउने वकालत गर्दै आएका छन् । तर यसका विपक्षीले भने प्रजातन्त्रको मख्य खम्बाको रुपमा रहेको नागरिक स्वत्रन्त्रताको विरुद्धमा जाने भएकाले यसको विरोध गर्दै आएका छन् ।
मतदाताको उपस्थिति
‘इन्टरनेसनल आइडिया’ को एक अध्ययन अनुसार मतदानलाई अनिवार्य गरिएका देशहरूमा भन्दा अनिवार्य नगरिएका देशमा मतदाताको उपस्थिति औसतमा ७.३७५ कम रहेको छ । तर प्रतिशतमा यो सानो देखिने औसतले पनि ठूलो फरक पारेको छ ।
उदाहरणका लागि पीउ रिसर्ज सेन्टरले गरेको एक अध्ययन अनुसार मतदान अनिवार्य गरिएको बेल्जियमको सन् २०१४ को निर्वाचनमा ८७ प्रतिशत मतदाताको उपस्थिति थियो, तर अनिवार्य नगरिएको अमेरिकाको सन् २०१६ को निर्वाचनमा ५६ प्रतिशत हाराहारीमा मात्र मतदाता उपस्थित थिए ।
मतदान अनिवार्य गरिएका देशका नागरिक मतदानमा सहभागी नभए हरेक देशले फरकफरक ढंगको कारवाही गर्ने गरेका छन् । जस्तै, पाराग्वे, पेरु र लग्जम्बर्गमा ७० वा ७५ वर्ष भन्दा बढी उमेरका नागरिकले मतदान गर्न नचाहेमा छुट दिइएको छ ।
बेल्जियममा सन् १८९२ देखि मतदानलाई कानुनले नै अनिवार्य गरेको हो । यहाँ मतदानमा अनुपस्थित हुनेले चित्तबुझ्दो स्पष्टीकरण दिनुपर्छ । अन्यथा, ३० देखि ६० युरोसम्म जरिवानाको व्यस्था गरिएको छ । साथै, मतदान गर्न योग्य व्यक्तिले १५ वर्षको अन्तरालमा न्यूनतम ४ वटा निर्वाचनमा मतदान नगरेमा १० वर्षका लागि उसको मतदान गर्ने अधिकार खोसिने छ । यस्ता, व्यक्तिलाई बेल्जियममा सार्वजनिक क्षेत्रमा जागिर पाउन मुस्किल पर्छ ।
सन् २००० सम्म ग्रीसले भोट नगर्ने नागरिकलाई पासपोर्ट, सवारी चालक अनुमतिपत्रलगायत अन्य व्यावसायिक कार्डहरू दिने गरेको थिएन । बोलिभियामा मतदान गरेको प्रमाणस्वरुप सरकारले मतदातालाई कार्ड दिने गरेको छ । यदि निर्वाचन सकिएको ३ महिनाभित्र यस्तो भोटिङ कार्ड नदेखाएमा उसलाई बैंकबाट तलब निकाल्न रोक लगाइन्छ ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login