कला / साहित्य
मिस्टर एण्ड मिस थारुका लागि ५१ जना प्रतिस्पर्धामा
काठमाडौंः ‘मिस्टर एण्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धामा उत्रिएका छन् । शनिबार काठमाडौं, बुटवल र दाङमा अन्तिम अडिसन सम्पन्न भएको हो । काठमाडौँबाट १९, बुटवलबाट ५ र दाङबाट २ जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
यसअघि विराटनगरबाट ३, लहानबाट ३, टीकापुरबाट ३, झुम्काबाट ३, वीरगञ्जबाट ३, भरतपुरबाट ४ र नेपालगञ्जबाट ६ जना छनोट भएका थिए । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरुको विशेष प्रशिक्षण कार्यक्रम भदौं पहिलो साताबाटै काठमाडौँमा शुरु गरिने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरीले जानकारी दिए ।
उनीहरुलाई ग्राण्ड फिनालेको केही दिन अगाडिसम्म विभिन्न विषयमा महत्वपूर्ण प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणबाट निखारिएपछि ग्राण्ड फिनालेमा आफ्नो प्रतिभा देखाउँदै प्रतियोगिताको ताज पहरिने छन् । प्रतियोगिताका विजेताहरुले नगद, क्राउनलगायतका अन्य उपहारहरु पाउने छन् । यस्तै विशेष उपहारको समेत केही दिनमा घोषणा गर्ने तयारीमा आयोजक रहेको छ । यसपटकको ग्राण्ड फिनाले काठमाडौंँमा गर्ने आयोजकको तयारी छ ।
यसअघि सम्पन्न तेस्रो संस्करणको ग्राण्ड फिनाले चितवनमा भएको थियो ।
Facebook Comment
Banner
फिफाले गर्यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।
फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।
निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।
निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।
साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।
Banner
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने
रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।
Banner
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।
मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।
पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्यो ।
पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।
यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login