कोशी प्रदेश
केराबारीमा अन्तरपुस्ता संवादः उहिलेका खरीपाटी र अहिलेका स्मार्ट बोर्ड
केराबारीः जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले आफूले बाँसको खबटा, ढोड, सल्लाको खोटो र दाउरा बालेर पढ्नु परेको कुरा विद्यालयका बालबालिकालाई सुनाए । अहिलेको पुस्तालाई विगतको स्मरण गराउने उद्देश्यले सोमबार मोरङको केराबारीमा भएको अन्तरपुस्ता संवाद कार्यक्रममा उनले आफ्नो विगत सुनाएका हुन् ।

दशैंमा मात्रै नयाँ कपडा लगाएको, १० वर्षको उमेरदेखि मात्रै विद्यालय गएको, पाटीमा खरीले लेखेर पढेको, विराटनगरमा क्याम्पस पढ्दा १० पैसामा भक्का खाएको, महिनामा ५० रुपैयाँले खर्च पुर्याउनुपर्ने भएकाले महिनौ मासु खान नपाएको आफ्नो कहानी उनले सुनाएका थिए । त्यस्तै राजनीतिक आन्दोलनमा सहभागी हुँदा जनवादी गीतको प्रभावले कम्युनिष्टतर्फ लागेको समेत उनले सुनाएका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका राईले आफ्नो बाल्यकादेखिको कुरा स्मरण गराएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङले बाल्यकालको अवस्था सुनाउनुको साथै युवावस्थामा भएको वैदेशिक रोजगारको यात्रा फलदायी नभएको बताए । त्यो विभिन्न देश घुम्ने बाहेक कुनै प्रगति नभएको र विदेश जाने होइन नेपालमै काम गर्नुपर्छ भन्ने शिक्षा दिन सफल भएको बताए । उनले स्वदेशमै श्रम गर्न र श्रमको सम्मान गर्न विद्यार्थीलाई सुझाव दिएका थिए । काम गर्न लजाउने अवस्थाले समाज पछि परेको उनको भनाइ थियो ।

केही वर्ष विदेश बसे पनि समय आएपछि परिवार, समाज र देश निर्माणको जिम्मेवारी देखेर राजनीतिमा लागेको उनले सुनाए । ५ वर्षमा केराबारीको मुहार फेरेर देखाउने समेत उनले बताए । उनले गाउँपालिकाले दुर्व्यसनमा लाग्ने युवालाई लक्षित गरेर कार्यक्रम ल्याएर यसलाई नियन्त्रण गर्ने बताए । गाउँपालिकाले युवा लक्षित विभिन्न कार्यक्रम ल्याएको बताउँदै समृद्ध गाउँपालिका निर्माणमा आफू लागिपर्ने उनले बताए ।
कार्यक्रममा सहभागी अधिकांशले आफूले खेल्ने खेलमा परिवर्तन आएको बताएका थिए । पहिले भाले जुधाइ, कबड्डीका साथै मोजाको फुटबल बनाएर खेल्ने गरेको बताए । मोवाइल, टिभी, रेडियो समेत नहुने भएकाले अहिले जस्तो आधुनिक परिवेश नभएको उनीहरुले बताएका थिए । त्यो समय धेरै दुःख भएकाले पढ्ने अवसर नपाएको र गाईवस्तु हेर्न जानु परेको गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष शान्ति भुजेलले बताइन् । अहिले भने स्मार्ट जमना आएको उनको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगरले १४ वर्षमा विवाह गरेर १५ वर्षमा आमा बन्नुपर्दाको अप्ठ्यारो सुनाएकी थिइन् । ठूलो परिवार भएको तथा आफूले केही काम गर्न नजान्नु पर्दाको अप्ठ्यारको बारेमा आफ्नो अनुभव उनले सुनाएकी थिइन् । विवाह गर्नको लागि कानुनले तोकेको उमेर पूरा गरेर आफू आत्मनिर्भर भएपछि मात्रै विवाह गर्न उनले सुझाएकी थिइन् ।

कार्यक्रममा सहभागी बालबालिकाले पनि आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले पढाइको अवस्था, सानो उमेरमा खेलेका खेल र अहिलेको अवस्थाको बारेमा अनुभव सुनाएका थिए ।
मोरङको केराबारीमा ‘अन्तरपुस्ताको ऐक्यबद्धता सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको हो । केराबारी गाउँपालिका र राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मोरङको संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा विभिन्न विद्यालयका ३५ विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रम आयोजक राष्ट्रिय युवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको थियो ।

Facebook Comment
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login