कोशी प्रदेश
केराबारीमा अन्तरपुस्ता संवादः उहिलेका खरीपाटी र अहिलेका स्मार्ट बोर्ड
केराबारीः जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले आफूले बाँसको खबटा, ढोड, सल्लाको खोटो र दाउरा बालेर पढ्नु परेको कुरा विद्यालयका बालबालिकालाई सुनाए । अहिलेको पुस्तालाई विगतको स्मरण गराउने उद्देश्यले सोमबार मोरङको केराबारीमा भएको अन्तरपुस्ता संवाद कार्यक्रममा उनले आफ्नो विगत सुनाएका हुन् ।

दशैंमा मात्रै नयाँ कपडा लगाएको, १० वर्षको उमेरदेखि मात्रै विद्यालय गएको, पाटीमा खरीले लेखेर पढेको, विराटनगरमा क्याम्पस पढ्दा १० पैसामा भक्का खाएको, महिनामा ५० रुपैयाँले खर्च पुर्याउनुपर्ने भएकाले महिनौ मासु खान नपाएको आफ्नो कहानी उनले सुनाएका थिए । त्यस्तै राजनीतिक आन्दोलनमा सहभागी हुँदा जनवादी गीतको प्रभावले कम्युनिष्टतर्फ लागेको समेत उनले सुनाएका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका राईले आफ्नो बाल्यकादेखिको कुरा स्मरण गराएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङले बाल्यकालको अवस्था सुनाउनुको साथै युवावस्थामा भएको वैदेशिक रोजगारको यात्रा फलदायी नभएको बताए । त्यो विभिन्न देश घुम्ने बाहेक कुनै प्रगति नभएको र विदेश जाने होइन नेपालमै काम गर्नुपर्छ भन्ने शिक्षा दिन सफल भएको बताए । उनले स्वदेशमै श्रम गर्न र श्रमको सम्मान गर्न विद्यार्थीलाई सुझाव दिएका थिए । काम गर्न लजाउने अवस्थाले समाज पछि परेको उनको भनाइ थियो ।

केही वर्ष विदेश बसे पनि समय आएपछि परिवार, समाज र देश निर्माणको जिम्मेवारी देखेर राजनीतिमा लागेको उनले सुनाए । ५ वर्षमा केराबारीको मुहार फेरेर देखाउने समेत उनले बताए । उनले गाउँपालिकाले दुर्व्यसनमा लाग्ने युवालाई लक्षित गरेर कार्यक्रम ल्याएर यसलाई नियन्त्रण गर्ने बताए । गाउँपालिकाले युवा लक्षित विभिन्न कार्यक्रम ल्याएको बताउँदै समृद्ध गाउँपालिका निर्माणमा आफू लागिपर्ने उनले बताए ।
कार्यक्रममा सहभागी अधिकांशले आफूले खेल्ने खेलमा परिवर्तन आएको बताएका थिए । पहिले भाले जुधाइ, कबड्डीका साथै मोजाको फुटबल बनाएर खेल्ने गरेको बताए । मोवाइल, टिभी, रेडियो समेत नहुने भएकाले अहिले जस्तो आधुनिक परिवेश नभएको उनीहरुले बताएका थिए । त्यो समय धेरै दुःख भएकाले पढ्ने अवसर नपाएको र गाईवस्तु हेर्न जानु परेको गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष शान्ति भुजेलले बताइन् । अहिले भने स्मार्ट जमना आएको उनको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगरले १४ वर्षमा विवाह गरेर १५ वर्षमा आमा बन्नुपर्दाको अप्ठ्यारो सुनाएकी थिइन् । ठूलो परिवार भएको तथा आफूले केही काम गर्न नजान्नु पर्दाको अप्ठ्यारको बारेमा आफ्नो अनुभव उनले सुनाएकी थिइन् । विवाह गर्नको लागि कानुनले तोकेको उमेर पूरा गरेर आफू आत्मनिर्भर भएपछि मात्रै विवाह गर्न उनले सुझाएकी थिइन् ।

कार्यक्रममा सहभागी बालबालिकाले पनि आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले पढाइको अवस्था, सानो उमेरमा खेलेका खेल र अहिलेको अवस्थाको बारेमा अनुभव सुनाएका थिए ।
मोरङको केराबारीमा ‘अन्तरपुस्ताको ऐक्यबद्धता सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने नाराका साथ अन्तर पुस्ता संवाद कार्यक्रम सम्पन्न भएको हो । केराबारी गाउँपालिका र राष्ट्रिय युवा परिषद् नेपाल जिल्ला कार्यसमिति मोरङको संयुक्त आयोजनामा सोमबार भएको कार्यक्रममा विभिन्न विद्यालयका ३५ विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रम आयोजक राष्ट्रिय युवा परिषद् मोरङका अध्यक्ष सन्तोष घिमिरेको अध्यक्षतामा भएको थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login