राजनीति
२०१५ सालमा भएको नेपालको पहिलो आम निर्वाचनको एक झलक
इटहरीः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागू भएपछिको दोस्रो आम निर्वाचनको संघारमा छ नेपाल । नेपालमा पहिलो संसदीय निर्वाचन भएको ६४ वर्षपछि यो चुनाव हुँदैछ । यो सामग्रीमा नेपालको ६४ वर्ष अगाडिको पहिलो संसदीय चुनावको चर्चा गरिएको छ ।
नेपालको पहिलो संसदीय निर्वाचन ४५ दिन समय लगाएर २०१५ फागुन ७ मा शुरु भएको थियो । प्रजातन्त्र स्थापनाको आठौं वर्षगाँठको अवसरमा चुनाव भएको थियो । १०९ क्षेत्रको लागि भएको प्रत्यक्ष चुनावमा सात सय बढी उम्मेदवारहरु थिए । निर्वाचनमा २१ वर्षमाथिका मतदाताले भोट हाल्ने व्यवस्था गरिएको थियो ।
निर्वाचन आयोगको प्रकाशन ‘नेपालको निर्वाचन इतिहास’का अनुसार पहिलो आम निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ६८ मतदाता अर्थात् ४२.१८ प्रतिशत मतदाताले मत खसालेका थिए । मत परिणामको अन्तिम नतिजा २०१६ वैशाख २८ गते प्रकाशन गरिएको थियो । निर्वाचन आयोगको तथ्याङ्कअनुसार मतगणनाको पहिलो परिणाम क्षेत्र नम्बर ९२ (गुल्मी मध्यपूर्व)को आएको थियो । सबैभन्दा ढिलो क्षेत्र नम्बर ८७ (बाग्लुङ उत्तर क्षेत्र)को परिणाम आएको थियो ।
सबैभन्दा कम मत खसेको क्षेत्र नम्बर ६७ (बैतडी पूर्वदक्षिण) थियो । जहाँ २३ हजार ४ सय ६७ मत खसेको थियो । यस्तै सबैभन्दा धेरै क्षेत्र नम्बर १ काठमाडौं मत खसेको थियो । जहाँ २७ हजार ३ सय ९४ मत खसेको थियो ।
अहिले जस्तो जिल्लागत १, २, ३ नगरेर देशभर क्रमशः क्षेत्र सङ्ख्या राख्ने प्रथम आम निर्वाचनको रोचक पक्ष थियो ।
पहिलो आम निर्वाचनमा चुनावी सरकार प्रमुख सुवर्णशमशेर म्यान अफ दि इलेक्सन भएका थिए । उनले तीन क्षेत्रमा चुनाव जितेका थिए । उनले क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण–पश्चिम)मा जितेका थिए । गुल्मीमा त पाइलै नटेकी चुनाव जितेका थिए सुवर्णले ।
सुवर्णले क्षेत्र नम्बर ५३ लिएर दुई क्षेत्र छोडेका थिए । जसमा क्षेत्र नम्बर ५२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय गोरखा परिषदका मनमोहन मिश्रले जितेका थिए । क्षेत्र नम्बर ९१ मा कांग्रेसकै पुष्करनाथ पोखरेल उपनिर्वाचनमा विजयी भएका थिए ।
यस्तै दुई क्षेत्रबाट जित्ने अर्का उम्मेदवार थिए नेपाली कांग्रेसकै नेता शिवनाथ पन्त । उनले क्षेत्र नम्बर ७० (थलरा डोटी उत्तर)मा र क्षेत्र नम्बर ७१ (डोटी दक्षिण)मा जितेका थिए । उपनिर्वाचनमा पन्तले डा. केआई सिंहलाई हराएको क्षेत्र नम्बर ७१ लिएर ७० छोडेका थिए । उपनिर्वाचनमा नेपाली कांग्रेसकै नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।
२०१५ को आम निर्वाचनको परिणामअनुसार रुख चुनाव चिन्ह भएको नेपाली कांग्रेसले एक्लै दुईतिहाइ अर्थात ७४ सिट ल्याएको थियो । झुपडी चुनाव चिन्ह भएको राष्ट्रिय गोरखा परिषदले १९ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल बनेको थियो । पाँच सिट जितेर तेस्रो स्थानमा आएको संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला थियो ।
यस्तै चार सिट जितेर चौथो स्थानमा आएको नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तीन घोगा मकै र हँसिया थियो । नेपाल प्रजा परिषदको भद्रकाली मिश्र गुटको चुनाव चिन्ह हलोले दुई सिट जितेको थियो । प्रजा परिषद्कै धानको डालो चुनाव चिन्हबाट चुनाव लडेको टंकप्रसाद आचार्य गुटले एक सिट जितेको थियो । चुनावमा चार स्वतन्त्र उम्मेदवारसमेत विजयी भएका थिए । – नेपाल प्रेसबाट

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login