राजनीति
२०१५ सालमा भएको नेपालको पहिलो आम निर्वाचनको एक झलक
इटहरीः संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ लागू भएपछिको दोस्रो आम निर्वाचनको संघारमा छ नेपाल । नेपालमा पहिलो संसदीय निर्वाचन भएको ६४ वर्षपछि यो चुनाव हुँदैछ । यो सामग्रीमा नेपालको ६४ वर्ष अगाडिको पहिलो संसदीय चुनावको चर्चा गरिएको छ ।
नेपालको पहिलो संसदीय निर्वाचन ४५ दिन समय लगाएर २०१५ फागुन ७ मा शुरु भएको थियो । प्रजातन्त्र स्थापनाको आठौं वर्षगाँठको अवसरमा चुनाव भएको थियो । १०९ क्षेत्रको लागि भएको प्रत्यक्ष चुनावमा सात सय बढी उम्मेदवारहरु थिए । निर्वाचनमा २१ वर्षमाथिका मतदाताले भोट हाल्ने व्यवस्था गरिएको थियो ।
निर्वाचन आयोगको प्रकाशन ‘नेपालको निर्वाचन इतिहास’का अनुसार पहिलो आम निर्वाचनमा ४२ लाख ४६ हजार ४ सय ६८ मतदाता अर्थात् ४२.१८ प्रतिशत मतदाताले मत खसालेका थिए । मत परिणामको अन्तिम नतिजा २०१६ वैशाख २८ गते प्रकाशन गरिएको थियो । निर्वाचन आयोगको तथ्याङ्कअनुसार मतगणनाको पहिलो परिणाम क्षेत्र नम्बर ९२ (गुल्मी मध्यपूर्व)को आएको थियो । सबैभन्दा ढिलो क्षेत्र नम्बर ८७ (बाग्लुङ उत्तर क्षेत्र)को परिणाम आएको थियो ।
सबैभन्दा कम मत खसेको क्षेत्र नम्बर ६७ (बैतडी पूर्वदक्षिण) थियो । जहाँ २३ हजार ४ सय ६७ मत खसेको थियो । यस्तै सबैभन्दा धेरै क्षेत्र नम्बर १ काठमाडौं मत खसेको थियो । जहाँ २७ हजार ३ सय ९४ मत खसेको थियो ।
अहिले जस्तो जिल्लागत १, २, ३ नगरेर देशभर क्रमशः क्षेत्र सङ्ख्या राख्ने प्रथम आम निर्वाचनको रोचक पक्ष थियो ।
पहिलो आम निर्वाचनमा चुनावी सरकार प्रमुख सुवर्णशमशेर म्यान अफ दि इलेक्सन भएका थिए । उनले तीन क्षेत्रमा चुनाव जितेका थिए । उनले क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण–पश्चिम)मा जितेका थिए । गुल्मीमा त पाइलै नटेकी चुनाव जितेका थिए सुवर्णले ।
सुवर्णले क्षेत्र नम्बर ५३ लिएर दुई क्षेत्र छोडेका थिए । जसमा क्षेत्र नम्बर ५२ मा भएको उपनिर्वाचनमा राष्ट्रिय गोरखा परिषदका मनमोहन मिश्रले जितेका थिए । क्षेत्र नम्बर ९१ मा कांग्रेसकै पुष्करनाथ पोखरेल उपनिर्वाचनमा विजयी भएका थिए ।
यस्तै दुई क्षेत्रबाट जित्ने अर्का उम्मेदवार थिए नेपाली कांग्रेसकै नेता शिवनाथ पन्त । उनले क्षेत्र नम्बर ७० (थलरा डोटी उत्तर)मा र क्षेत्र नम्बर ७१ (डोटी दक्षिण)मा जितेका थिए । उपनिर्वाचनमा पन्तले डा. केआई सिंहलाई हराएको क्षेत्र नम्बर ७१ लिएर ७० छोडेका थिए । उपनिर्वाचनमा नेपाली कांग्रेसकै नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए ।
२०१५ को आम निर्वाचनको परिणामअनुसार रुख चुनाव चिन्ह भएको नेपाली कांग्रेसले एक्लै दुईतिहाइ अर्थात ७४ सिट ल्याएको थियो । झुपडी चुनाव चिन्ह भएको राष्ट्रिय गोरखा परिषदले १९ सिट ल्याएर प्रमुख प्रतिपक्षी दल बनेको थियो । पाँच सिट जितेर तेस्रो स्थानमा आएको संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला थियो ।
यस्तै चार सिट जितेर चौथो स्थानमा आएको नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तीन घोगा मकै र हँसिया थियो । नेपाल प्रजा परिषदको भद्रकाली मिश्र गुटको चुनाव चिन्ह हलोले दुई सिट जितेको थियो । प्रजा परिषद्कै धानको डालो चुनाव चिन्हबाट चुनाव लडेको टंकप्रसाद आचार्य गुटले एक सिट जितेको थियो । चुनावमा चार स्वतन्त्र उम्मेदवारसमेत विजयी भएका थिए । – नेपाल प्रेसबाट

Facebook Comment
Banner
नेप्सेमा सामान्य गिरावट
बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।
जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।
११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।
Banner
सुन्दरहरैंचावासीलाई नोबेलमा २० प्रतिशत छुटमा उपचार,
मोरङको सुन्दरहरैंचा नगरपालिकाका बासिन्दाले नोबेल मेडिकल कलेज विराटनगर, केएमसी भक्तपुर र सिनामंगलमा उपचार गर्दा छुट पाउने भएका छन् ।
नगरपालिका र अस्पताल प्रशासनबीच भएको सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज (केएमसी) भक्तपुरमा उपचार सेवामा ५० प्रतिशत, केएमसी सिनामङ्गल, काठमाडौंमा २५ प्रतिशत तथा नोबेल मेडिकल कलेज विराटनगरमा २० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।
छुट सुविधा लिन सुन्दरहरैँचा नगरपालिकाको स्थायी बासिन्दा खुल्ने आधिकारिक कागजात पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्रलगायतका कागजातबाट स्थायी ठेगाना पुष्टि गर्न सकिने जनाइएको छ ।
त्यस्तै, नगरपालिकाबाट जारी गरिएको आधिकारिक सिफारिशपत्रका आधारमा पनि छुट सुविधा लिन सकिने जनाइएको छ ।
नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित अस्पतालका प्रतनिधिबीच भएको सम्झौता भएको बताइएको छ ।
सो सम्झौतापत्रमा नगरपालिकाका तर्फबाट नगरप्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकली चौधरीले हस्ताक्षर गर्नुभएको छ । अस्पताल प्रशासनको तर्फबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरका महाप्रबन्धक दिपेश राई र जनसम्पर्क अधिकृत नवीन दाहालले हस्ताक्षर गर्नुभएको छ ।
Banner
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य
आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।
सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।
काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।
ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।
ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।
पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login