शेयर
बिहीबार बढ्यो शेयर बजार
विराटचोकः पछिल्लो समय स्थिरजस्तै बनेको नेपाली शेयर बजारमा बिहीबार हरियाली छाएको छ । प्राविधिक विश्लेषणहरुले बजार उकालो लाग्ने सङ्केत देखिएको विश्लेषकहरुको भनाइ छ ।
बिहीबार बजार २७.५६ अंकले बढेर नेप्से परिसूचक २०६८.२६ को विन्दुमा अडिएको छ । सबै उपसूचकमा हरियाली छाएको बजारमा विकास बैंक समूह सर्वाधिक ३.१७ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.०१ प्रतिशतले बढ्दा सबैभन्दा कम होटल तथा पर्यटन समूह ०.२८ प्रतिशत बढेको छ ।
नेप्सेमा सूचीकृतमध्ये २२० कम्पनीका ५१ लाख १ हजार २ सय ९० कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँमा किनबेच भएका छन् । रिडी पावरको सर्वाधिक १० करोड ४३ लाख ५८ हजार ८ सय ५५ रुपैयाँको शेयर किनबेच भएको छ । अपी पावर, शिवम सिमेन्ट्स, अरुण काबेली पावर र आईसीएफसी फाइनान्स उच्च कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।
बुधबारदेखि कारोबार शुरु भएका मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो र श्वेत–गंगा हाइड्रोपावर तथ केही दिन अघिदेखि दोस्रो बजारमा कारोबार शुरु भएको अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको प्रगति फण्ड र सपोर्ट माइक्रोफाइनान्सको शेयरभाउ ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण २९ खर्ब ६३ अर्ब ६५ करोड ८३ लाख ८९ हजार ९ सय २४ रुपैयाँ कायम भएको छ ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login